< मिका 7 >
1 हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन ।
Tsoka ine! Ndili ngati munthu wokunkha zipatso nthawi yachilimwe, pa nthawi yokolola mphesa; palibe phava lamphesa loti nʼkudya, palibe nkhuyu zoyambirira zimene ndimazilakalaka kwambiri.
2 भुमिबाट विश्वसनीय मानिसहरू बिलिन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ ।
Anthu opembedza atha mʼdziko; palibe wolungama ndi mmodzi yemwe amene watsala. Anthu onse akubisalirana kuti aphane; aliyense akusaka mʼbale wake ndi khoka.
3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।
Manja awo onse ndi aluso pochita zoyipa; wolamulira amafuna mphatso, woweruza amalandira ziphuphu, anthu amphamvu amalamula kuti zichitike zimene akuzifuna, onse amagwirizana zochita.
4 तिनीहरूमध्येको उत्कृष्टचाहिँ काँडाझैँ छ, सबैभन्दा सोझोचाहिँ काँडाको झाँगभन्दा पनि खराब छ । तिमीहरूका पहरेदारहरूले पहिले नै बताएको दिन, तिमीहरूको दण्डको दिन यही हो । अब यो तिनीहरूको भ्रमको समय हो ।
Munthu wabwino kwambiri pakati pawo ali ngati mtengo waminga, munthu wolungama kwambiri pakati pawo ndi woyipa kuposa mpanda waminga. Tsiku limene alonda ako ananena lafika, tsiku limene Mulungu akukuchezera. Tsopano ndi nthawi ya chisokonezo chawo.
5 कुनै पनि छिमेकीमाथि विश्वास नगर्नू । कुनै साथिमाथि भरोसा नगर्नू । तिम्रा अङ्गालोमा बस्ने स्त्रीसँग पनि होसियारसँग बोल्नू ।
Usadalire mnansi; usakhulupirire bwenzi. Usamale zoyankhula zako ngakhale kwa mkazi amene wamukumbatira.
6 किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।
Pakuti mwana wamwamuna akunyoza abambo ake, mwana wamkazi akuwukira amayi ake, mtengwa akukangana ndi apongozi ake, adani a munthu ndi amene amakhala nawo mʼbanja mwake momwe.
7 तर मचाहिँ परमप्रभुतर्फ आँखा लगाउँछु । म मेरो मुक्तिको परमेश्वरको पर्खाइमा छु, मेरा परमेश्वरले मलाई सुन्नुहुन्छ ।
Koma ine ndikudikira Yehova mwachiyembekezo, ndikudikira Mulungu Mpulumutsi wanga; Mulungu wanga adzamvetsera.
8 ए मेरो शत्रु, मलाई देखेर रमाहट नगर् । म लडेपछि, फेरि उठ्नेछु । जब म अन्धकारमा बस्दछु, परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ ।
Iwe mdani wanga, usandiseke! Ngakhale ndagwa, ndidzauka. Ngakhale ndikukhala mu mdima, Yehova ndiye kuwunika kwanga.
9 मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु ।
Ndidzapirira mkwiyo wa Yehova, chifukwa ndinamuchimwira, mpaka ataweruza mlandu wanga ndi kukhazikitsa chilungamo changa. Iye adzanditulutsa ndi kundilowetsa mʼkuwunika; ndidzaona chilungamo chake.
10 अनि मेरो शत्रुले त्यो देख्नेछ, र “परमप्रभु तेरो परमेश्वर कहाँ छ?” भनेर भन्नेलाई शर्मले ढाक्नेछ । मेरा आँखाले त्यसलाई हेर्नेछन् । सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे ।
Ndipo mdani wanga adzaona zimenezi nadzagwidwa ndi manyazi, iye amene anandifunsa kuti, “Ali kuti Yehova Mulungu wako?” Ndidzaona kugonjetsedwa kwake ndi maso anga; ngakhale tsopano adzaponderezedwa ngati matope mʼmisewu.
11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन आउनेछ । त्यस दिनमा सिमानाहरू टाढा-टाढासम्म विस्तार हुनेछन् ।
Idzafika nthawi yomanganso makoma anu, nthawi yokulitsanso malire anu.
12 त्यस दिन अश्शूर र मिश्रका शहरहरुबाट, मिश्रदेखि यूफ्रेटिस नदीसम्म, समुद्रदेखि समुद्रसम्म, र पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन् ।
Nthawi imeneyo anthu adzabwera kwa inu kuchokera ku Asiriya ndi mizinda ya ku Igupto, ngakhale kuchokera ku Igupto mpaka ku Yufurate ndiponso kuchokera ku nyanja ina mpaka ku nyanja inanso kuchokera ku phiri lina mpaka ku phiri linanso.
13 तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।
Dziko lapansi lidzasanduka chipululu chifukwa cha anthu okhala mʼdzikomo, potsatira zochita za anthuwo.
14 आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बिचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् ।
Wetani anthu anu ndi ndodo yanu yowateteza, nkhosa zimene ndi cholowa chanu, zimene zili zokha mʼnkhalango, mʼdziko la chonde. Muzilole kuti zidye mu Basani ndi mu Giliyadi monga masiku akale.
15 मिश्रको भुमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ, म तिनीहरूलाई आश्चर्य कामहरू देखाउनेछु ।
“Ndidzawaonetsa zodabwitsa zanga, ngati masiku amene ndinawatulutsa mʼdziko la Igupto.”
16 जाति-जातिहरूले यो देख्नेछन् र आफ्ना शक्तिमाथि लज्जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् ।
Mitundu ya anthu idzaona zimenezi ndipo idzachita manyazi, ngakhale ali ndi mphamvu zotani. Adzagwira pakamwa pawo ndipo makutu awo adzagontha.
17 तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।
Adzabwira fumbi ngati njoka, ngati zolengedwa zomwe zimakwawa pansi. Adzabwera akunjenjemera kuchokera mʼmaenje awo; mwamantha adzatembenukira kwa Yehova Mulungu wathu ndipo adzachita nanu mantha.
18 तपाईंझैँ परमेश्वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्न, किनभने उहाँ आफ्नो करारको विश्वसनीयतामा खुशी हुनुहुन्छ ।
Kodi alipo Mulungu wofanana nanu, amene amakhululukira tchimo ndi kuyiwala zolakwa za anthu otsala amene ndi cholowa chake? Inu simusunga mkwiyo mpaka muyaya koma kwanu nʼkuonetsa chikondi chosasinthika.
19 तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूललाई समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ ।
Inu mudzatichitiranso chifundo; mudzapondereza pansi machimo athu ndi kuponyera zolakwa zathu zonse pansi pa nyanja.
20 प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्वसनीयता दिनुहुनेछ ।
Mudzakhala wokhulupirika kwa Yakobo, ndi kuonetsa chifundo chanu kwa Abrahamu, monga munalonjeza molumbira kwa makolo athu masiku amakedzana.