< मिका 5 >
1 अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन् ।
Mommoaboa mo akodɔm ano, Ao akofoɔ kuropɔn, ɛfiri sɛ, atamfoɔ atwa yɛn ho ahyia. Wɔde abaa bɛbɔ Israel sodifoɔ no wɔ nʼafono so.
2 तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।
“Nanso wo, Betlehem Efrata, ɛwom sɛ woyɛ ketewa wɔ Yuda mmusua mu deɛ, nanso, wo mu na obi bɛfiri ama me a ɔbɛyɛ Israel sodifoɔ, na nʼase firi teteete.”
3 यसैकारण प्रसववेदनामा भएकीले बच्चा नजन्माएसम्म, र त्यसका बाँकी रहेकाहरू इस्राएलका मानिसकहाँ नफर्केसम्म परमेश्वरले तिनीहरूलाई त्याग्नुहुनेछ ।
Enti wɔbɛgya Israelfoɔ mu, kɔsi sɛ ɔbaa a awoɔ aka no no bɛwo na ne nuanom mmarima nkaeɛ bɛsane akɔka Israelfoɔ ho.
4 परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
Ɔbɛsɔre ahwɛ ne nnwankuo wɔ Awurade ahoɔden mu, wɔ Awurade ne Onyankopɔn din kɛseyɛ mu. Na wɔbɛtena asomdwoeɛ mu, na afei ne kɛseyɛ bɛduru asase awieeɛ.
5 किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ ।
Na ɔbɛyɛ wɔn asomdwoeɛ. Sɛ Asiriafoɔ bɛto hyɛ yɛn so, na wɔbɔ nsra fa yɛn aban mu a, yɛde nnwanhwɛfoɔ nson, mpo ntuanofoɔ nwɔtwe bɛhyia wɔn.
6 तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन् । अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ ।
Wɔde akofena bɛdi Asiria asase so, wɔbɛtwe akofena de adi Nimrod asase so. Sɛ Asiriafoɔ to hyɛ yɛn so, bɔ nsra fa yɛn ahyeɛ so a, ɔbɛgye yɛn afiri ne nsam.
7 याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन् ।
Yakob asefoɔ nkaeɛ no bɛfrafra nnipa bebree mu te sɛ obosuo a ɛfiri Awurade, te sɛ osuo a ɛpete gu ɛserɛ so a ɛnntwɛn ɔdasani, na ɔdasani biara rentumi nsi ho ɛkwan.
8 याकूबका बाँकी रहेकाहरू राष्ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।
Wɔbɛkane Yakob asefoɔ nkaeɛ no afra aman no mu, wɔbɛfrafra nnipa bebree mu te sɛ gyata a ɔfra mmoa mu wɔ kwaeɛ mu, te sɛ gyata ba a ɔfra nnwankuo mu a ɔbobɔ wɔn tete wɔn mu na obiara ntumi nnye wɔn.
9 तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।
Wɔbɛma wo nsa so sɛ woadi wʼatamfoɔ so nkonim, na wɔbɛsɛe wʼatamfoɔ nyinaa.
10 परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ । म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्काइदिनेछु ।
“Saa ɛda no,” sɛdeɛ Awurade seɛ nie, “Mɛsɛe apɔnkɔ a wowɔ na mabubu wo nteaseɛnam.
11 तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।
Mɛsɛe nkuropɔn a ɛwɔ wʼasase so na madwiri wo banbɔ denden nyinaa agu.
12 म तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्ट पार्नेछु, र तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन् ।
Mɛsɛe wʼabayisɛm na wo ntafowayie to bɛtwa.
13 म तिमीहरूले हातले बनाएका मुर्तिहरू र तिमीहरूका ढुङ्गाका स्तम्भहरूलाई नाश गर्नेछु । अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्नेछैनौ ।
Mɛsɛe nsɛsodeɛ a wode wo nsa ayɛ ne aboɔ ahoni a wowɔ no, na worenkoto nsɔre wo nsa ano adwuma bio.
14 म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु ।
Mɛtutu Asera afɔrebukyia no afiri wo mu na masɛe wo nkuropɔn.
15 मेरा कुराहरू नसुन्ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”
Aman a wɔantie mʼasɛm no nyinaa, mede abufuo ne abufuhyeɛ bɛtɔ wɔn so wedeɛ.”