< मिका 3 >
1 मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
Nimesema'”Sasa sikilizeni, ninyi viongozi wa Yakobo na kutawala nyumba ya Israeli: Je siyo sahihi kwenu kuielewa haki?
2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्दछौ, र तिनीहरूका हड्डीबाट मासुलाई अलग गर्दछौ,
Ninyi manaochukia mazuri na kupenda uovu, ninyi mnaoambua ngozi yao, miili yao kutoka kwenye mifupa yao-
3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्डी भाँच्छौ, र तिनीहरूलाई भाँडोमा राख्ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।
ninyi mnaokula pia miili ya watu wangu, na kuambua ngozi yao, kuvunja mifupa yao, na kuwakatakata katika vipande vipande, kama nyama kwenye chungu, kama nyama kwenye sufuria kubwa.
4 त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्ट कामहरू गरेका छौ ।”
Kisha ninyi watawala mtalia kwa Yahwe, lakini hatawajibu. Atauficha uso wake kutoka kwenu kipindi hicho, kwasababu mmefanya matendo maovu.”
5 परमप्रभु यस्तो भन्नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
Yahwe asema hivi kuhusu manabii ambao wawafanyao watu wangu kushindwa, “Kwa wale wawalishao wanatangaza, 'Kutakuwa na ustawi.' Lakini kwa wale wasioweka kitu kwenye vinywa vyao, wanaanzisha vita dhidi yake.
6 यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ ।
Kwa hiyo, itakuwa usiku kwenu usiokuwa na maono juu yenu; itakuwa giza ili kwamba msiweze kubashiri. Jua litakwenda chini juu ya manabii, na siku itakuwa giza juu yao.
7 दर्शन देख्नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।”
Waonaji watawekwa kwenye aibu, waaguzi wa watachanganyikiwa. Wote watafunga midomo yao, kwa kuwa hakuna jibu kutoka kwangu.”
8 तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु ।
Lakini kwangu, nimejazwa nguvu kutoka kwa Roho wa Yahwe, na nimejaa haki na uweza, kumwambia Yakobo kosa lake, na Israeli dhambi yake.
9 अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।
Sasa sikieni hii, ninyi viongozi wa nyumba ya Yakobo, na watawala wa nyumba ya Israeli, ninyi ambao mnaochukia haki, na kupotosha kila haki.
10 तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ ।
Mnaijenga Sayuni kwa damu na Yerusalemu kwa uovu.
11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
Viongozi wenu huhukumu kwa rushwa, makuhani wenu hufundisha kwa hijara, na manabii wenu hufanya utabiri kwa ajili ya pesa. Hata hivyo bado mtamtegemea Yahwe na kusema, “Je hayupo Yahwe pamoja nasi? Hakuna uovu utakaokuja juu yetu.”
12 यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
Kwa hiyo, kwasababu yenu, Sayuni italimwa kama shamba, Yerusalemu itakuwa rundo la kifusi, na mwinuko wa hekalu utakuwa kama mwinuko wa msituni.