< मिका 2 >
1 धिक्कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।
Ak vai, tiem, kas domā netaisnību un sataisa ļaunumu uz savām cisām; rīta gaismā tie to izdara, jo viņu roka to iespēj.
2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
Un tie iekāro tīrumus un tos laupa, un namus, un tos paņem; tā tie dara varas darbu pie vīra un viņa nama, pie cilvēka un viņa mantas.
3 यसैकारण परमप्रभु यस्तो भन्नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।
Tādēļ Tas Kungs tā saka: redzi, Es domāju ļaunumu pret šo cilti, no tā jūs savus kaklus neizvilksiet un nestaigāsiet tik grezni; jo laiks ir ļauns.
4 त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”
Tai dienā cels sakāmu vārdu par jums un gauži žēlosies: „tas noticis“, sacīs: „mēs pavisam postīti! Manu ļaužu tiesa top izmīta; kā Viņš man to atrauj! Atkāpējiem Viņš izdala mūsu tīrumus.“
5 यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।
Tāpēc tev nebūs neviena, kas tev zemi mēros un dalīs Tā Kunga draudzē.
6 “अगमवाणी नगर” भनेर तिनीहरू भन्नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”
„Nesludinājiet!” Tā tie sludina. Ja tiem nesludinās, tad negods nezudīs.
7 याकूबको घराना, के साँच्चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र?
Tu, ko sauc par Jēkaba namu, vai tad Tas Kungs nepacietīgs? Vai tādi ir viņa darbi? Vai Mani vārdi nav laipnīgi tam, kas staigā, kā piederās?
8 अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्त्र अर्थात् लबेदा खोस्छौ ।
Bet nesen Mani ļaudis cēlās kā ienaidnieki; jūs laupāt no apģērba mēteli tiem, kas mierīgi iet garām un nemeklē kara.
9 तिमीहरूले मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।
Jūs izdzenāt Manu ļaužu sievas no viņu skaistiem namiem, jūs atņemat viņu bērniņiem Manu glītumu mūžam.
10 उठ र जाओ, किनभने त्यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्न मिल्ने ठाउँ होइन । त्यो पूर्ण रूपमा सर्वनाश भएको छ ।
Ceļaties un ejat projām, jo šī zeme jums nebūs par dusu tās nešķīstības dēļ, kas pavisam maitāt samaitā.
11 यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्ता हुनेछ ।
Ja es būtu tāds vīrs, kas pēc vēja un viltības grābstās un melotu, ja es tev sludinātu par vīnu un dzērienu, tad es būtu pravietis priekš šiem ļaudīm.
12 याकूब, म निश्चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ ।
Pulcināt Es tevi sapulcināšu, Jēkab, lasīt Es salasīšu kopā Israēla atlikušos, Es tos kā avis likšu stiprā kūtī, kā ganāmu pulku viņu laidaros, - tur no cilvēkiem rībēs.
13 तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।
Lauzējs staigās viņu priekšā, tie lauzīsies iekšā un ieies pa vārtiem un atkal izies tur ārā, un viņu ķēniņš tiem ies priekšā, un Tas Kungs būs viņu vadonis.