< मत्ती 1 >
1 दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक ।
The Genealogy of Jesus Christ, the son of David, the son of Abraham.
2 अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।
Abraham was the father of Isaac; Isaac of Jacob; Jacob of Judah and his brothers.
3 यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।
Judah was the father (by Tamar) of Perez and Zerah; Perez of Hezron; Hezron of Ram;
4 आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्मोनका पिता थिए ।
Ram of Amminadab; Amminadab of Nahshon; Nahshon of Salmon;
5 सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए,
Salmon (by Rahab) of Boaz; Boaz (by Ruth) of Obed; Obed of Jesse;
6 यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्नीद्वारा सोलोमनका पिता थिए ।
Jesse of David--the King. David (by Uriah's widow) was the father of Solomon;
7 सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए ।
Solomon of Rehoboam; Rehoboam of Abijah; Abijah of Asa;
8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।
Asa of Jehoshaphat; Jehoshaphat of Jehoram; Jehoram of Uzziah;
9 उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।
Uzziah of Jotham; Jotham of Ahaz; Ahaz of Hezekiah;
10 हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।
Hezekiah of Manasseh; Manasseh of Amon; Amon of Josiah;
11 बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए ।
Josiah of Jeconiah and his brothers at the period of the Removal to Babylon.
12 र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए ।
After the Removal to Babylon Jeconiah had a son Shealtiel; Shealtiel was the father of Zerubbabel;
13 यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।
Zerubbabel of Abiud; Abiud of Eliakim; Eliakim of Azor;
14 आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।
Azor of Zadok; Zadok of Achim; Achim of Eliud;
15 एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए ।
Eliud of Eleazar; Eleazar of Matthan; Matthan of Jacob;
16 याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्ट भनिन्छ ।
and Jacob of Joseph the husband of Mary, who was the mother of JESUS who is called CHRIST.
17 अब्राहामदेखि दाऊदसम्म जम्मा पुस्ता चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्टसम्म चौध पुस्ता थिए ।
There are therefore, in all, fourteen generations from Abraham to David; fourteen from David to the Removal to Babylon; and fourteen from the Removal to Babylon to the Christ.
18 येशू ख्रीष्टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो ।
The circumstances of the birth of Jesus Christ were these. After his mother Mary was betrothed to Joseph, before they were united in marriage, she was found to be with child through the Holy Spirit.
19 तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन् । यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे ।
But Joseph her husband, being a kind-hearted man and unwilling publicly to disgrace her, had determined to release her privately from the betrothal.
20 जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो ।
But while he was contemplating this step, an angel of the Lord appeared to him in a dream and said, "Joseph, son of David, do not be afraid to bring home your wife Mary, for she is with child through the Holy Spirit.
21 तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”
She will give birth to a Son, and you are to call His name JESUS for He it is who will save His People from their sins."
22 अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए,
All this took place in fulfilment of what the Lord had spoken through the Prophet,
23 “हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्वर हामीसँग ।”
"Mark! The maiden will be with child and will give birth to a son, and they will call His name Immanuel" --a word which signifies 'God with us'.
24 योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई उनकी पत्नीको रूपमा स्वीकारे ।
When Joseph awoke, he did as the angel of the Lord had commanded, and brought home his wife,
25 तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् । र उनले उहाँको नाउँ येशू राखे ।
but did not live with her until she had given birth to a son. The child's name he called JESUS.