< मत्ती 9 >
1 येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्नुभयो ।
彼は舟に乗って向こう岸に渡り,自分の町に入った。
2 हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्तिलाई भन्नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”
見よ,人々が彼のもとに,体のまひした人を寝台に横たえたまま運んで来た。イエスは彼らの信仰を見て,体のまひした人に言った,「子よ,元気を出しなさい! あなたの罪は許されている」 。
3 हेर, त्यहाँका केही शास्त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले ईश्वर-निन्दा गरिरहेको छ ।”
見よ,数人の律法学者たちが心の中で言った,「この男は冒とくしている」。
4 येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्ट विचार गरिरहेका छौ?
イエスは彼らの考えに気づいて,こう言った。「なぜあなた方は心の中で悪いことを考えているのか。
5 कुन कुराचाहिँ भन्न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्न कि उठ र हिँड भन्न?’
体のまひした人に,『あなたの罪は許されている』と言うのと,『起き上がって歩きなさい』と言うのでは,どちらがたやすいか。
6 तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान्न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”
だが,人の子が地上で罪を許す権威を持っていることをあなた方が知るために……」 (それから体のまひした人に言った),「起き上がって,寝床を取り上げて,自分の家に帰りなさい」 。
7 त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो ।
その人は起き上がり,自分の家に去って行った。
8 जब भिडले यो देख्यो, तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे ।
一方,群衆はそれを見て驚嘆し,このような権威を人に与えた神に栄光をささげた。
9 येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
イエスはそこから進んで行くと,マタイと呼ばれる人が収税所に座っているのを見て,「わたしに従いなさい」 と彼に言った。彼は立ち上がって,イエスに従った。
10 जब येशू खाना खान घरमा बस्नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए ।
彼の家でイエスが食卓に着いていたときのことである。見よ,大勢の徴税人や罪人がやって来て,イエスや弟子たちと共に座っていた。
11 जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
ファリサイ人たちはこれを見て,彼の弟子たちに言った,「なぜあなた方の教師は,徴税人たちや罪人たちと共に食事をするのか」。
12 जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन् ।”
イエスはこれを聞いて,彼らに言った,「健康な人たちに医者は必要でなく,病気の人たちに必要なのだ。
13 जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीहरूलाई पश्चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।
それで,『わたしはあわれみを望み,犠牲を望まない』とはどういう意味か,行って学んで来なさい。わたしは義人たちではなく,罪人たちを悔い改めへと呼び寄せるために来たのだ」 。
14 त्यसपछि बप्तिस्मा-दिने यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”
それから,ヨハネの弟子たちが彼のもとに来てこう言った。「わたしたちとファリサイ人たちはたびたび断食するのに,あなたの弟子たちが断食しないのはなぜですか」。
15 येशूले तिनीहरूलाई भन्नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्नेछन् ।
イエスは彼らに言った,「花婿の友人たちは,花婿が共にいる間は,悲しむことができるだろうか。花婿が共にいるかぎり,彼らは断食できない。だが,花婿が彼らから取り去られる日々が来る。その時には,彼らは断食するだろう。
16 कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्त्रबाट च्यातिनेछ, र त्यहाँ झन् नराम्रो दुलो हुनेछ ।
縮んでいない布切れを古い衣に当てる人はいない。その継ぎ切れが衣を引き裂き,破れはいっそうひどくなるからだ。
17 न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्छन् ।”
新しいブドウ酒を古い皮袋に入れる人もいない。そんなことをすれば,皮袋は張り裂け,ブドウ酒はこぼれ出て,皮はだめになるだろう。やはり,人々は新しいブドウ酒を新しい皮袋に入れる。そうすればどちらも保たれるのだ」 。
18 जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन् ।”
彼らにこれらの事を話している間に,見よ,一人の支配者がやって来て,彼を拝んで言った,「わたしの娘がたった今死んでしまいました。ですが,おいでになって,娘の上にあなたの手を置いてください。そうすれば生き返るでしょう」。
19 त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि पछि लागे ।
イエスは立ち上がって彼に付いて行った。弟子たちもそうした。
20 हेर, बाह्र वर्षदेखि धेरै रगत बग्ने एक जना स्त्री येशूको पछाडि आइन्, र उहाँको वस्त्रको छेउ छोइन् ।
見よ,十二年間も血の流出をわずらっている女が彼の後ろに近づき,その衣の房べりに触った。
21 किनकि तिनले आफैँलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु ।”
というのは,彼女は,「あの方の衣に触りさえすれば,わたしはよくなるだろう」と心の中で言っていたからである。
22 तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो, र भन्नुभयो “छोरी, साहस गर । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्त्री तुरुन्तै निको भइन् ।
しかしイエスは振り向いて,彼女を目にして言った,「娘よ,元気を出しなさい! あなたの信仰があなたをよくならせた」 。するとその女はその時以来よくされた。
23 जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठुलो हल्ला गरिरहेका देख्नुभयो ।
イエスは支配者の家に入って,笛を吹く者たちやうるさく騒いでいる群衆を目にすると,
24 उहाँले भन्नुभयो, “पर जाओ, किनकि यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन् ।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे ।
彼らに言った,「部屋を空けなさい。少女は死んだのではなく,眠っているのだ」 。 人々は彼をばかにした。
25 जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्नुभयो, र ती युवती उठिन् ।
しかし,群衆が外に出されると,彼は中に入り,彼女の手を取った。すると少女は起き上がった。
26 यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो ।
この知らせはその地方全体に広まった。
27 जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।”
イエスがそこから進んで行くと,二人の盲人が大声で叫んで,「ダビデの子イエスよ,わたしをあわれんでください!」と言いながら,彼に付いて来た。
28 जब येशू घरभित्र आउनुभयो, ती दृष्टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”
彼が家の中に入ると,盲人たちはそのもとにやって来た。イエスは彼らに言った,「あなた方はわたしにそれができると信じるか」 。 彼らは彼に言った,「はい,主よ」。
29 त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूले विश्वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”
そこで彼は彼らの目に触り,「あなた方の信仰どおりのことが,あなた方に起こるように」 と言った。
30 अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”
彼らの目は開かれた。イエスは彼らに厳しく命じて,「だれにもこのことを知られないようにしなさい」 と言った。
31 तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए ।
しかし彼らは出て行って,その地方全体に彼の評判を言い広めた。
32 जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्ने व्यक्तिलाई येशूकहाँ ल्याइयो ।
彼らが出て行くと,見よ,悪霊に取りつかれた口のきけない人が彼のもとに連れて来られた。
33 जब त्यो भूतात्मा धपाइयो, तब त्यो व्यक्ति बोल्यो । भिडहरू छक्क परे र भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन!”
悪霊が追い出されると,口のきけない人はものを言った。群衆は驚いて言った,「イスラエルの中でこのようなことが見られたことは,これまで一度もない!」
34 तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ ।”
しかしファリサイ人たちは言った,「彼は悪霊たちの首領によって悪霊たちを追い出しているのだ」。
35 येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।
イエスはすべての町や村を歩き回って,その会堂で教え,王国の福音を宣教し,民の中のすべての疾患と病気をいやした。
36 जब उहाँले भिडलाई देख्नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए ।
また群衆を見ると,彼らに対する哀れみに動かされた。彼らが羊飼いのいない羊のように苦しめられ,追い散らされていたからである。
37 उहाँले चेलाहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छन्, तर खेतालाहरू थोरै छन् ।
そして彼は弟子たちに言った,「収穫は確かに多いが,働き人が少ない。
38 यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”
だから,収穫に働き人を遣わしていただくよう,収穫の主人にお願いしなさい」 。