< मत्ती 8 >
1 जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।
A gdy zstępował z góry, szedł za nim wielki lud;
2 हेर, एक जना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्टो पर्यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्नुहुन्छ ।”
A oto trędowaty przyszedłszy, pokłonił mu się, mówiąc: Panie! jeźli chcesz, możesz mnie oczyścić.
3 येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होऊ ।” तब तुरून्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो ।
I wyciągnąwszy Jezus rękę, dotknął się go, mówiąc: Chcę, bądź oczyszczony; i zaraz oczyszczony jest trąd jego.
4 येशूले उसलाई भन्नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
Tedy mu rzekł Jezus: Patrz, abyś nikomu nie powiadał, ale idź, ukaż się kapłanowi, i ofiaruj dar on, który przykazał Mojżesz na świadectwo przeciwko nim.
5 जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्तान उहाँकहाँ आएर उहाँलाई सोधे,
A gdy Jezus wszedł do Kapernaum, przyszedł do niego setnik, prosząc go,
6 “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।”
I mówiąc: Panie! sługa mój leży w domu powietrzem ruszony, i ciężko się trapi.
7 येशूले तिनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”
I rzekł mu Jezus: Ja przyjdę i uzdrowię go.
8 कप्तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
A odpowiadając setnik rzekł: Panie! nie jestem godzien, abyś wszedł pod dach mój; ale tylko rzecz słowo, a będzie uzdrowiony sługa mój.
9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन् । म एक जनालाई ‘जाऊ’ भन्छु र ऊ जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र उसले त्यो गर्छ ।”
Bomci i ja człowiek pod mocą innego, mający pod sobą żołnierze; i mówię temu: Idź, a idzie; a drugiemu: Przyjdź, a przychodzi; a słudze memu: Czyń to, a czyni.
10 जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, इस्राएलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको थिइनँ ।
A gdy to usłyszał Jezus, zadziwił się, i rzekł tym, którzy szli za nim: Zaprawdę powiadam wam: Anim w Izraelu tak wielkiej wiary nie znalazł.
11 म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् ।
A powiadam wam: Iż wiele ich od wschodu i od zachodu słońca przyjdzie, a usiądą za stołem z Abrahamem i z Izaakiem i z Jakóbem w królestwie niebieskiem.
12 तर राज्यका छोराहरू बाहिर अन्धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
Ale synowie królestwa będą wyrzuceni w ciemności zewnętrzne, tam będzie płacz i zgrzytanie zębów.
13 येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
I rzekł Jezus setnikowi: Idź, a jakoś uwierzył, niech ci się stanie; i uzdrowiony jest sługa jego onejże godziny.
14 जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो ।
A gdy Jezus przyszedł do domu Piotrowego, ujrzał świekrę jego, leżącą na łożu i mającą gorączkę.
15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्वरोले तिनलाई छोड्यो । त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
I dotknął się ręki jej, i opuściła ją gorączka; i wstała, a posługowała im.
16 जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्याए । उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
A gdy był wieczór, przywiedli do niego wiele opętanych: i wyganiał duchy słowem; i wszystkie, którzy się źle mieli, uzdrawiał;
17 यसरी यशैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
Aby się wypełniło, co powiedziano przez Izajasza proroka, mówiącego: On niemocy nasze na się wziął, a choroby nasze nosił.
18 जब येशूले भिडलाई आफ्नो वरिपरि देख्नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
A widząc Jezus wielki lud około siebie, kazał się przeprawić na drugą stronę morza.
19 त्यसपछि एक जना शास्त्री आएर उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।”
Tedy przystąpiwszy niektóry z nauczonych w Piśmie, rzekł mu: Mistrzu! pójdę za tobą, gdziekolwiek pójdziesz.
20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन ।”
I rzekł mu Jezus: Liszki mają jamy, a ptaki niebieskie gniazda; ale Syn człowieczy nie ma, gdzie by głowę skłonił.
21 चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस् ।”
A drugi z uczniów jego rzekł mu: Panie! dopuść mi pierwej odejść i pogrześć ojca mego;
22 तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्न छोडिदेऊ ।”
Ale mu Jezus rzekł: Pójdź za mną, a niechaj umarli grzebią umarłe swoje.
23 जब येशू डुङ्गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए ।
A gdy on wstąpił w łódź, wstąpili za nim i uczniowie jego.
24 हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।
A oto się wzruszenie wielkie stało na morzu, tak iż się łódź wałami okrywała; a on spał.
25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ!”
A przystąpiwszy uczniowie jego, obudzili go, mówiąc: Panie! ratuj nas, giniemy.
26 येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्यसपछि त्यहाँ पुरै शान्ति छायो ।
I rzekł do nich: Przeczże jesteście bojaźliwi? o małowierni! Tedy wstawszy, zgromił wiatry i morze, i stało się uciszenie wielkie.
27 ती मानिसहरू छक्क परे र भने, “उहाँ कस्तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्?”
A ludzie się dziwowali, mówiąc: Jakiż to jest ten, że mu i wiatry i morze posłuszne są?
28 जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्यसकारण, त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
A gdy się on przewiózł na drugą stronę do krainy Giergiezeńczyków, zabieżeli mu dwaj opętani z grobów wychodzący, bardzo okrutni, tak iż nie mógł nikt przechodzić oną drogą.
29 हेर, तिनीहरूले ठुलो स्वरले कराए र भने, “हे परमेश्वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?
A oto zakrzyknęli, mówiąc: Cóż my z tobą mamy, Jezusie, Synu Boży? Przyszedłeś tu przed czasem, dręczyć nas?
30 त्यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
I była daleko od nich trzoda wielka świń pasących się.
31 ती भूतात्माहरूले उहाँलाई बिन्ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस् ।”
Tedy go dyjabli prosili, mówiąc: Jeźli nas wyganiasz, dopuść nam wnijść w trzodę tych świń.
32 येशूले तिनीहरूलाई भन्नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
I rzekł im: Idźcie. A oni wyszedłszy, weszli w onę trzodę świń, a oto porwawszy się ona wszystka trzoda świń, z przykra wpadła w morze, i pozdychała w wodach.
33 सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
Lecz pasterze uciekli, a poszedłszy do miasta, opowiedzieli wszystko, i to, co się z onymi opętanymi stało.
34 हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्यहाँबाट जान अनुरोध गरे ।
A oto wszystko miasto wyszło przeciwko Jezusowi, a ujrzawszy go prosili, aby z ich granic odszedł.