< मत्ती 8 >

1 जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।
Men da han var gået ned ad Bjerget, fulgte store Skarer ham.
2 हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”
Og se, en spedalsk kom, faldt ned for ham og sagde: "Herre! om du vil, så kan du rense mig."
3 येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।
Og han udrakte Hånden, rørte ved ham og sagde: "Jeg vil; bliv ren!" Og straks blev han renset for sin Spedalskhed
4 येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
Og Jesus siger til ham: "Se til, at du ikke siger det til nogen; men gå hen, fremstil dig selv for Præsten, og offer den Gave, som Moses har befalet, til Vidnesbyrd for dem."
5 जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,
Men da han gik ind i Kapernaum, trådte en Høvedsmand hen til ham, bad ham og sagde:
6 “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।”
"Herre! min Dreng ligger hjemme værkbruden og, pines svarlig."
7 येशूले तिनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”
Jesus siger til ham: "Jeg vil komme og helbrede ham."
8 कप्‍तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्‍यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
Og Høvedsmanden svarede og sagde: "Herre! jeg er ikke værdig til, at du skal gå ind under mit Tag; men sig det blot med et Ord, så bliver min Dreng helbredt.
9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र ऊ जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र उसले त्‍यो गर्छ ।”
Jeg er jo selv et Menneske, som står under Øvrighed og har Stridsmænd under mig; og siger jeg til den ene: Gå! så går han; og til den anden: Kom! så kommer han; og til min Tjener: Gør dette! så gør han det."
10 जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, इस्राएलमा पनि मैले यस्तो विश्‍वास भएको कोही पाएको थिइनँ ।
Men da Jesus hørte det, forundrede han sig og sagde til dem, som fulgte ham: "Sandelig, siger jeg eder, end ikke i Israel har jeg fundet så stor en Tro.
11 म तिमीहरूलाई भन्‍छु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन् ।
Men jeg siger eder, at mange skulle komme fra Øster og Vester og sidde til Bords med Abraham og Isak og Jakob i Himmeriges Rige.
12 तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
Men Rigets Børn skulle kastes ud i Mørket udenfor; der skal der være Gråd og Tænders Gnidsel."
13 येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ । तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस् ।” अनि त्‍यही घडी तिनको नोकर निको भयो ।
Og Jesus sagde til Høvedsmanden:"Gå bort, dig ske, som du troede!" Og Drengen blev helbredt i den samme Time.
14 जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो ।
Og Jesus kom ind i Peters Hus og så, at hans Svigermoder lå og havde Feber.
15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
Og han rørte ved hendes Hånd, og Feberen forlod hende, og hun stod op og vartede ham op.
16 जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
Men da det var blevet Aften, førte de mange besatte til ham, og han uddrev Ånderne med et Ord og helbredte alle de syge;
17 यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
for at det skulde opfyldes, som er talt ved Profeten Esajas, der siger: "Han tog vore Skrøbeligheder og bar vore Sygdomme."
18 जब येशूले भिडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
Men da Jesus så store Skarer omkring sig, befalede han at fare over til hin Side.
19 त्‍यसपछि एक जना शास्‍त्री आएर उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ जानुहुन्‍छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।”
Og der kom een, en skriftklog, og sagde til ham: "Mester! jeg vil følge dig, hvor du end går hen."
20 येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्‌, तर मानिसका पुत्रको त आफ्नो शिर राख्‍ने ठाउँ कहीँ छैन ।”
Og Jesus siger til ham: "Ræve have Huler, og Himmelens Fugle Reder; men Menneskesønnen har ikke det, hvortil han kan hælde sit Hoved."
21 चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्‌ ।”
Men en anden af disciplene sagde til ham: "Herre! tilsted mig først at gå hen og begrave min Fader."
22 तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्‌न छोडिदेऊ ।”
Men Jesus siger til ham: "Følg mig, og lad de døde begrave deres døde!"
23 जब येशू डुङ्गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए ।
Og da han gik om Bord i Skibet, fulgte hans Disciple ham.
24 हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।
Og se, det blev en stærk Storm på Søen, så at Skibet skjultes af Bølgerne; men han sov.
25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै लागेका छौँ!”
Og de gik hen til ham, vækkede ham og sagde: "Herre, frels os! vi forgå."
26 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्यहाँ पुरै शान्ति छायो ।
Og han siger til dem: "Hvorfor ere I bange, I lidettroende?" Da stod han op og truede Vindene og Søen, og det blev ganske blikstille.
27 ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्?”
Men Menneskene forundrede sig og sagde: "Hvem er dog denne, siden både Vindene og Søen ere ham lydige?"
28 जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
Og da han kom over til hin Side til Gadarenernes Land, mødte ham to besatte, som kom ud fra Gravene, og de vare såre vilde, så at ingen kunde komme forbi ad den Vej.
29 हेर, तिनीहरूले ठुलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?
Og se, de råbte og sagde: "Hvad have vi med dig at gøre, du Guds Søn? Er du kommen hid før Tiden for at pine os?"
30 त्‍यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
Men der var langt fra dem en stor Hjord Svin, som græssede.
31 ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्‌ ।”
Og de onde Ånder bade ham og sagde: "Dersom du uddriver os, da send os i Svinehjorden!"
32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
Og han sagde til dem: "Går!" Men de fore ud og fore i Svinene; og se, hele Hjorden styrtede sig ned over Brinken ud i Søen og døde i Vandet.
33 सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
Men Hyrderne flyede og gik hen i Byen og fortalte det alt sammen, og hvorledes det var gået til med de besatte.
34 हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।
Og se, hele Byen gik ud for at møde Jesus; og da de så ham, bade de ham om; at han vilde gå bort fra deres Egn.

< मत्ती 8 >