< मत्ती 7 >

1 इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।
Kati i cani uye uzatu kadure, barki kati a cani shi mani cangi.
2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
Barki imum me sa ya weki, ine ini adi weki shini uyanga sa ya gutan, in une uni adi guti shini.
3 र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ?
Barki yanini u hira ni kpeki ani je nu hume, da wa ira ukunti sa anuwe ni je me.
4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा छ?
Aneni udi gu unu henu uwe, can inkari we nikpeki ani je nuweme, daki wa kara ni ge sa ni ra anwe nijeba.
5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्छौ ।
Hu unu umum mu apuru, tuba kara nikpeki nini je nuweme, uduku iri riri uka kara unije nu henu uweme.
6 जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।
Kati inya iwoci imum igesa iri zi ba, kati ukuri i reki kapadari imum mu ihuma barki wadi patili, wa gamirka wa jani shi.
7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।
Ikoni ade yashi yara ni, idi kem nokini ade poki shini.
8 किनकि माग्‍ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
Vat desa ma iko adi yame, unu yara ma kenzi unu nosi u ana tukun a pogime ni.
9 वा, तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला?
Aveni ayimo shime, desa vana madi iki me imum are ma yame nipo.
10 वा, उसले माछा माग्दा उसलाई सर्प देला?
Nani ingi ma iko me be cere, madi yame bi we.
11 यसकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ?
A' anime shi adesa izin mu riba mu buri irusa uyiza a hana ashime imum iriri anime, akodi aco ashime sa mara Aseseri, sa ma yiza a desa wa iko me imum iriri.
12 त्यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ । त्यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।
A' anime vat imum me sa i yara anu wa wuzi shine, shi cangi wuzani weni, ane ani u inko u tize me uzi.
13 साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् ।
Ribeni aku na ku cin, barki una upas una iwono ini anu gwardang wa zwrsa uni.
14 किनकि जीवनमा डोर्‍याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् ।
Kuna ku me irere kune kuni una be sa idi han haru Aseseri, anu tarsa kuni wada ori me ba.
15 झुटा अगमवक्‍ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् ।
Rusani in na anu kurzozo utize a ma cico, a de sa wa eze shi unu subu i tam, a anime kadure ka zome ahira aweba.
16 तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र?
A hira atanu ti we me tidi rusi we, adi wusi ane ni anu wa ori bisana ayimo ikana nyani uyo upom ukintu.
17 यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।
Ane ana vat utiti uriri uyozo ahana ariri, ane ani utiti uzenzeng uyozo ahana azenzeng.
18 एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ ।
Utiti uriri uda yiza me ahana azenzeng ba, ane ani utiti uzenzeng uda yizame ahana ariri ba.
19 हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।
Vat utiti ugebe sa unyinza ahana aririba adi koriko uni a punsi-ura.
20 यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।
Barki anime ani usuro ahana a we me adi rusi we.
21 ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
Da koda aveni sa ma gusan mi, Asere Asere, madi ribe Aseseriba, an de wani sa wa wuza katuma ka aco am cas wadi ribe Aseseri.
22 त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौँ र?’
Anu gwardang wadi gusin me runo ugino me, Asere Asere, data wuza katuma ayimo ni za nuwe me baa, ayimo aniza nuweme ta suzo agwergene, ta kuri ta wuza katuma ka dang ayimo ni nuwe mee.
23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’
Abine ani mi indi gun we, in tam inshi ba hirani abame shi ana katuma kaburk.
24 त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
A, ani vat desa ma kunna tize tum ma tarsa madi cukuno gusi desa ma bari a kura aseseri anipo.
25 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।
Ure rubi mei ma eh, upebu u hiri vat ani me akura agino me da arizo ba, barki sa a bari ani aseseri anipo
26 तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो ।
De sa ma kunna tize tum da ma tarsa ba mazi gusi ubabana ugino me sa ma bari akura Aseseri a b i kiki.
27 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”
Ingi ure wa aye, mei ma tunno upebu w hure utuburko akura me, a rizi urizo udandang.
28 जब येशूले यी वचन भनेर सक्‍नुभयो, भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,
Sa yeso ma mari uboo utize ti ginome, anu gwardang wa hem unu dungara umeme.
29 किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।
Madunguri we kashi de sa ma bari, da kashi anu uyetike awe me ba.

< मत्ती 7 >