< मत्ती 7 >
1 इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।
“Do not judge, that you may not be judged,
2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
for in what judgment you judge, you will be judged, and in what measure you measure, it will be measured to you.
3 र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ?
And why do you behold the speck that [is] in your brother’s eye, and do not consider the beam that [is] in your own eye?
4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्न सक्छौ, जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा छ?
Or, how will you say to your brother, Permit [that] I may cast out the speck from your eye, and behold, the beam [is] in your own eye?
5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्टसँग देख्न सक्छौ ।
Hypocrite, first cast out the beam out of your own eye, and then you will see clearly to cast out the speck out of your brother’s eye.
6 जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।
You may not give that which is [holy] to the dogs, nor cast your pearls before the pigs, that they may not trample them among their feet, and having turned—may tear you apart.
7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।
Ask, and it will be given to you; seek, and you will find; knock, and it will be opened to you;
8 किनकि माग्ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
for everyone who is asking receives, and he who is seeking finds, and to him who is knocking it will be opened.
9 वा, तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला?
Or what man is of you, of whom, if his son may ask [for] a loaf—a stone will he present to him?
10 वा, उसले माछा माग्दा उसलाई सर्प देला?
And if he may ask [for] a fish—a serpent will he present to him?
11 यसकारण, तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ?
If, therefore, you being evil, have known to give good gifts to your children, how much more will your Father who [is] in the heavens give good things to those asking Him?
12 त्यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ । त्यो नै व्यवस्था र अगमवक्ताहरूको शिक्षा हो ।
All things, therefore, whatever you may will that men may be doing to you, so also do to them, for this is the Law and the Prophets.
13 साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् ।
Go in through the narrow gate, because wide [is] the gate and broad the way that is leading to the destruction, and many are those going in through it;
14 किनकि जीवनमा डोर्याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् ।
how narrow [is] the gate and compressed the way that is leading to life, and few are those finding it!
15 झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन् ।
But take heed of the false prophets who come to you in sheep’s clothing, and inwardly are ravenous wolves.
16 तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र?
From their fruits you will know them; do [men] gather grapes from thorns? Or figs from thistles?
17 यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।
So every good tree yields good fruits, but the bad tree yields evil fruits.
18 एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ ।
A good tree is not able to yield evil fruits, nor a bad tree to yield good fruits.
19 हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।
Every tree not yielding good fruit is cut down and is cast into fire:
20 यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ ।
therefore from their fruits you will know them.
21 ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
Not everyone who is saying to Me, Lord, Lord, will come into the kingdom of the heavens, but he who is doing the will of My Father who is in the heavens.
22 त्यस दिन धेरै मानिसले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्तिशाली कामहरू गरेका थिएनौँ र?’
Many will say to Me in that day, Lord, Lord, have we not prophesied in Your Name? And in Your Name cast out demons? And in Your Name done many mighty things?
23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’
And then I will acknowledge to them, that—I never knew you, depart from Me you who are working lawlessness.
24 त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
Therefore, everyone who hears these words of Mine, and does them, I will liken him to a wise man who built his house on the rock;
25 पानी पर्यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।
and the rain descended, and the streams came, and the winds blew, and they beat on that house, and it did not fall, for it had been founded on the rock.
26 तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो ।
And everyone who is hearing these words of Mine, and is not doing them, will be likened to a foolish man who built his house on the sand;
27 पानी पर्यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्ट भयो ।”
and the rain descended, and the streams came, and the winds blew, and they beat on that house, and it fell, and its fall was great.”
28 जब येशूले यी वचन भनेर सक्नुभयो, भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,
And it came to pass, when Jesus finished these words, the multitudes were astonished at His teaching,
29 किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।
for He was teaching them as having authority, and not as the scribes.