< मत्ती 6 >
1 तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।
Ta eder i vare at I ikke utøver eders rettferdighet for menneskenes øine, for å sees av dem; ellers har I ingen lønn hos eders Fader i himmelen.
2 त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
Derfor, når du gir almisse, da skal du ikke la blåse i basun for dig, som hyklerne gjør i synagogene og på gatene, for å æres av menneskene; sannelig sier jeg eder: De har allerede fått sin lønn.
3 तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दै छ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्,
Men når du gir almisse, da la ikke din venstre hånd vite hvad din høire gjør,
4 ताकि तिमीहरूको दान गुप्तमा होस् । त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
forat din almisse kan være i lønndom, og din Fader, som ser i lønndom, han skal lønne dig i det åpenbare.
5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
Og når I beder, skal I ikke være som hyklerne; for de vil gjerne stå og bede i synagogene og på gatehjørnene, for å vise sig for menneskene; sannelig sier jeg eder: De har allerede fått sin lønn.
6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्तमा रहनुहुन्छ । त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
Men du, når du beder, da gå inn i ditt lønnkammer og lukk din dør og bed til din Fader, som er i lønndom, og din Fader, som ser i lønndom, han skal lønne dig i det åpenbare.
7 अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्दछन् ।
Og når I beder, skal I ikke ramse op mange ord som hedningene; for de tror at de blir bønnhørt når de bruker mange ord.
8 त्यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्नुहुन्छ ।
Gjør derfor ikke som de! for eders Fader vet hvad I trenger til, før I beder ham.
9 त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
Derfor skal I bede således: Fader vår, du som er i himmelen! Helliget vorde ditt navn;
10 तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् ।
komme ditt rike; skje din vilje, som i himmelen, så og på jorden;
11 हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।
gi oss idag vårt daglige brød;
12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ ।
og forlat oss vår skyld, som vi og forlater våre skyldnere;
13 र हामीलाई परीक्षामा नडोर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
og led oss ikke inn i fristelse; men fri oss fra det onde. For riket er ditt, og makten og æren i evighet. Amen.
14 किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ ।
For dersom I forlater menneskene deres overtredelser, da skal eders himmelske Fader også forlate eder;
15 तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।
men dersom I ikke forlater menneskene deres overtredelser, da skal heller ikke eders Fader forlate eders overtredelser.
16 साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
Når I faster, da skal I ikke gå med mørkt åsyn som hyklerne; for de gjør sitt ansikt ukjennelig, forat menneskene skal se at de faster; sannelig sier jeg eder: De har allerede fått sin lønn.
17 तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर ।
Men du, når du faster, da salv ditt hode og vask ditt ansikt,
18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ । अनि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
forat ikke menneskene skal se at du faster, men din Fader, som er i lønndom; og din Fader, som ser i lønndom, skal lønne dig.
19 पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।
Samle eder ikke skatter på jorden, hvor møll og rust tærer, og hvor tyver bryter inn og stjeler;
20 बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्ट गर्दछ, न त चोरले चोरेर लैजान्छ ।
men samle eder skatter i himmelen, hvor hverken møll eller rust tærer, og hvor tyver ikke bryter inn og stjeler!
21 किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।
For hvor din skatt er, der vil også ditt hjerte være.
22 आँखा शरीरको निम्ति बत्ती हो । त्यसैकारण, यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ ।
Øiet er legemets lys; er ditt øie friskt, da blir hele ditt legeme lyst;
23 तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला!
men er ditt øie sykt, da blir hele ditt legeme mørkt. Er altså lyset i dig mørke, hvor stort blir da mørket!
24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।
Ingen kan tjene to herrer; for han vil enten hate den ene og elske den andre, eller holde sig til den ene og forakte den andre; I kan ikke tjene Gud og mammon.
25 त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यवान् हुँदैन र?
Derfor sier jeg eder: Vær ikke bekymret for eders liv, hvad I skal ete og hvad I skal drikke, eller for eders legeme, hvad I skal klæ eder med! Er ikke livet mere enn maten, og legemet mere enn klærne?
26 आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?
Se på himmelens fugler: De sår ikke, de høster ikke, de samler ikke i lader, og eders himmelske Fader før dem allikevel. Er ikke I meget mere enn de?
27 अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र?
Og hvem av eder kan med all sin bekymring legge en alen til sin livslengde?
28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् ।
Og hvorfor er I bekymret for klærne? Akt på liljene på marken, hvorledes de vokser: de arbeider ikke, de spinner ikke;
29 र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् ।
men jeg sier eder: Enn ikke Salomo i all sin herlighet var klædd som en av dem.
30 यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्वासीहरू हो?
Men klær Gud således gresset på marken, som står idag og imorgen kastes i ovnen, skal han da ikke meget mere klæ eder, I lite troende?
31 त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’
Derfor skal I ikke være bekymret og si: Hvad skal vi ete, eller hvad skal vi drikke, eller hvad skal vi klæ oss med?
32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ ।
For alt slikt søker hedningene efter, og eders himmelske Fader vet at I trenger til alt dette.
33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
Men søk først Guds rike og hans rettferdighet, så skal I få alt dette i tilgift!
34 त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्त चिन्ता रहेको छ ।
Vær altså ikke bekymret for den dag imorgen! for den dag imorgen skal bekymre sig for sig selv; hver dag har nok med sin egen plage.