< मत्ती 5 >

1 जब येशूले भिडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए ।
イエス群衆を見て、山にのぼり、座し給へば、弟子たち御許にきたる。
2 उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,
イエス口をひらき、教へて言ひたまふ、
3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
『幸福なるかな、心の貧しき者。天國はその人のものなり。
4 धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।
幸福なるかな、悲しむ者。その人は慰められん。
5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।
幸福なるかな、柔和なる者。その人は地を嗣がん。
6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् ।
幸福なるかな、義に飢ゑ渇く者。その人は飽くことを得ん。
7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।
幸福なるかな、憐憫ある者。その人は憐憫を得ん。
8 धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।
幸福なるかな、心の清き者。その人は神を見ん。
9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन् ।
幸福なるかな、平和ならしむる者。その人は神の子と稱へられん。
10 धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
幸福なるかな、義のために責められたる者。天國はその人のものなり。
11 तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् ।
我がために、人なんぢらを罵り、また責め、詐りて各樣の惡しきことを言ふときは、汝ら幸福なり。
12 आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।
喜びよろこべ、天にて汝らの報は大なり。汝 等より前にありし預言者たちをも、斯く責めたりき。
13 तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन ।
汝らは地の鹽なり、鹽もし效力を失はば、何をもてか之に鹽すべき。後は用なし、外にすてられて人に蹈まるるのみ。
14 तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन ।
汝らは世の光なり。山の上にある町は隱るることなし。
15 न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ ।
また人は燈火をともして升の下におかず、燈臺の上におく。かくて燈火は家にある凡ての物を照すなり。
16 मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।
かくのごとく汝らの光を人の前にかがやかせ。これ人の汝らが善き行爲を見て、天にいます汝らの父を崇めん爲なり。
17 म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पुरा गर्न आएको हुँ ।
われ律法また預言者を毀つために來れりと思ふな。毀たんとて來らず、反つて成就せん爲なり。
18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
誠に汝らに告ぐ、天 地の過ぎ往かぬうちに、律法の一點、一畫も廢ることなく、ことごとく全うせらるべし。
19 त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ ।
この故にもし此 等のいと小き誡命の一つをやぶり、且その如く人に教ふる者は、天國にて最 小き者と稱へられ、之を行ひ、かつ人に教ふる者は、天國にて大なる者と稱へられん。
20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ ।
我なんぢらに告ぐ、汝らの義、學者・パリサイ人に勝らずば、天國に入ること能はず。
21 प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’
古への人に「殺すなかれ、殺す者は審判にあふべし」と云へることあるを汝 等きけり。
22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस!’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख!’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ । (Geenna g1067)
されど我は汝らに告ぐ、すべて兄弟を怒る者は、審判にあふべし。また兄弟に對ひて、愚 者よといふ者は、衆議にあふべし。また痴者よといふ者は、ゲヘナの火にあふべし。 (Geenna g1067)
23 त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने,
この故に汝もし供物を祭壇にささぐる時、そこにて兄弟に怨まるる事あるを思ひ出さば、
24 तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ ।
供物を祭壇のまへに遺しおき、先づ往きて、その兄弟と和睦し、然るのち來りて、供物をささげよ。
25 तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् ।
なんぢを訴ふる者とともに途に在るうちに、早く和解せよ。恐らくは、訴ふる者なんぢを審判 人にわたし、審判 人は下役にわたし、遂になんぢは獄に入れられん。
26 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।
まことに汝に告ぐ、一 厘ものこりなく償はずば、其處をいづること能はじ。
27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’
「姦淫するなかれ」と云へることあるを汝 等きけり。
28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।
されど我は汝らに告ぐ、すべて色情を懷きて女を見るものは、既に心のうち姦淫したるなり。
29 र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । (Geenna g1067)
もし右の目なんぢを躓かせば、抉り出して棄てよ、五體の一つ亡びて、全身ゲヘナに投げ入れられぬは益なり。 (Geenna g1067)
30 र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । (Geenna g1067)
もし右の手なんぢを躓かせば、切りて棄てよ、五體の一つ亡びて、全身ゲヘナに往かぬは益なり。 (Geenna g1067)
31 यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’
また「妻をいだす者は離縁状を與ふべし」と云へることあり。
32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।
されど我は汝らに告ぐ、淫行の故ならで其の妻をいだす者は、これに姦淫を行はしむるなり。また出されたる女を娶るものは、姦淫を行ふなり。
33 फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’
また古への人に「いつはり誓ふなかれ、なんぢの誓は主に果すべし」と云へる事あるを汝ら聞けり。
34 तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्‍वरको सिंहासन हो;
されど我は汝らに告ぐ、一切ちかふな、天を指して誓ふな、神の御座なればなり。
35 न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;
地を指して誓ふな、神の足臺なればなり。エルサレムを指して誓ふな、大君の都なればなり。
36 न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ ।
己が頭を指して誓ふな、なんぢ頭髮 一筋だに白くし、また黒くし能はねばなり。
37 तर तिमीहरूको बोली ‘होलाई हो नै’, वा ‘होइनलाई होइन नै’ भन्‍ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्छ ।
ただ然り然り、否 否といへ、之に過ぐるは惡より出づるなり。
38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’
「目には目を、齒には齒を」と云へることあるを汝ら聞けり。
39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।
されど我は汝らに告ぐ、惡しき者に抵抗ふな。人もし汝の右の頬をうたば、左をも向けよ。
40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ ।
なんぢを訟へて下衣を取らんとする者には、上衣をも取らせよ。
41 र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, उसँग दुई किलोमिटर जाऊ ।
人もし汝に一里ゆくことを強ひなば、共に二里ゆけ。
42 तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर ।
なんぢに請ふ者にあたへ、借らんとする者を拒むな。
43 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’
「なんぢの隣を愛し、なんぢの仇を憎むべし」と云へることあるを汝 等きけり。
44 तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर”
されど我は汝らに告ぐ、汝らの仇を愛し、汝らを責むる者のために祈れ。
45 ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ ।
これ天にいます汝らの父の子とならん爲なり。天の父は、その日を惡しき者のうへにも善き者のうへにも昇らせ、雨を正しき者にも正しからぬ者にも降らせ給ふなり。
46 किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?
なんぢら己を愛する者を愛すとも何の報をか得べき、取税人も然するにあらずや。
47 र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्‍यौ र? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र?
兄弟にのみ挨拶すとも何の勝ることかある、異邦人も然するにあらずや。
48 त्यसकारण, जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ ।
さらば汝らの天の父の全きが如く、汝らも全かれ。

< मत्ती 5 >