< मत्ती 5 >
1 जब येशूले भिडलाई देख्नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए ।
Ugledavši mnoštvo, uziđe na goru. I kad sjede, pristupe mu učenici.
2 उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,
On progovori i stane ih naučavati:
3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
“Blago siromasima duhom: njihovo je kraljevstvo nebesko!
4 धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।
Blago ožalošćenima: oni će se utješiti!
5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।
Blago krotkima: oni će baštiniti zemlju!
6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त पारिनेछन् ।
Blago gladnima i žednima pravednosti: oni će se nasititi!
7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।
Blago milosrdnima: oni će zadobiti milosrđe!
8 धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन् ।
Blago čistima srcem: oni će Boga gledati!
9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन् ।
Blago mirotvorcima: oni će se sinovima Božjim zvati!
10 धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
Blago progonjenima zbog pravednosti: njihovo je kraljevstvo nebesko!”
11 तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन् ।
“Blago vama kad vas - zbog mene - pogrde i prognaju i sve zlo slažu protiv vas!
12 आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई मानिसहरूले सताएका थिए ।
Radujte se i kličite: velika je plaća vaša na nebesima! Ta progonili su tako proroke prije vas!”
13 तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन ।
“Vi ste sol zemlje. Ali ako sol obljutavi, čime će se ona osoliti? Nije više ni za što, nego da se baci van i da ljudi po njoj gaze.”
14 तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्न सक्दैन ।
“Vi ste svjetlost svijeta. Ne može se sakriti grad što leži na gori.
15 न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ ।
Niti se užiže svjetiljka da se stavi pod posudu, nego na svijećnjak da svijetli svima u kući.
16 मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।
Tako neka svijetli vaša svjetlost pred ljudima da vide vaša dobra djela i slave Oca vašega koji je na nebesima.”
17 म अगमवक्ताहरू वा व्यवस्थालाई नष्ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्ट गर्न होइन, तर पुरा गर्न आएको हुँ ।
“Ne mislite da sam došao ukinuti Zakon ili Proroke. Nisam došao ukinuti, nego ispuniti.
18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
Zaista, kažem vam, dok ne prođe nebo i zemlja, ne, ni jedno slovce, ni jedan potezić iz Zakona neće proći, dok se sve ne zbude.
19 त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्च ठहरिनेछ ।
Tko dakle ukine jednu od tih, pa i najmanjih zapovijedi i tako nauči ljude, najmanji će biti u kraljevstvu nebeskom. A tko ih bude vršio i druge učio, taj će biti velik u kraljevstvu nebeskom.”
20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्वरको राज्यमा प्रवेश गर्नेछैनौ ।
“Uistinu kažem vam: ne bude li pravednost vaša veća od pravednosti pismoznanaca i farizeja, ne, nećete ući u kraljevstvo nebesko.”
21 प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’
“Čuli ste da je rečeno starima: Ne ubij! Tko ubije, bit će podvrgnut sudu.
22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्ने मानिस!’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख!’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ । (Geenna )
A ja vam kažem: Svaki koji se srdi na brata svoga, bit će podvrgnut sudu. A tko bratu rekne 'Glupane!', bit će podvrgnut Vijeću. A tko reče: 'Luđače!', bit će podvrgnut ognju paklenomu.” (Geenna )
23 त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्ने कुरा तिमीलाई याद आयो भने,
“Ako dakle prinosiš dar na žrtvenik pa se ondje sjetiš da tvoj brat ima nešto protiv tebe,
24 तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ ।
ostavi dar ondje pred žrtvenikom, idi i najprije se izmiri s bratom, a onda dođi i prinesi dar.”
25 तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् ।
“Nagodi se brzo s protivnikom dok si još s njim na putu, da te protivnik ne preda sucu, a sudac tamničaru, pa da te ne bace u tamnicu.
26 साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।
Zaita, kažem ti, nećeš izići odande dok ne isplatiš do posljednjeg novčića.”
27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’
“Čuli ste da je rečeno: Ne čini preljuba!
28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्त्रीलाई अभिलाषाको दृष्टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।
A ja vam kažem: Tko god s požudom pogleda ženu, već je s njome učinio preljub u srcu.
29 र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । (Geenna )
Ako te desno oko sablažnjava, iskopaj ga i baci od sebe. Ta bolje je da ti propadne jedan od udova, nego da ti cijelo tijelo bude bačeno u pakao. (Geenna )
30 र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । (Geenna )
Ako te desnica tvoja sablažnjava, odsijeci je i baci od sebe. Ta bolje je da ti propadne jedan od udova, nego da ti cijelo tijelo ode u pakao.” (Geenna )
31 यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’
“Rečeno je također: Tko otpusti svoju ženu, neka joj dade otpusnicu.
32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्नीलाई त्याग्नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।
A ja vam kažem: Tko god otpusti svoju ženu - osim zbog bludništva - navodi je na preljub i tko se god otpuštenom oženi, čini preljub.”
33 फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’
“Čuli ste još da je rečeno starima: Ne zaklinji se krivo, nego izvrši Gospodinu svoje zakletve.
34 तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्वरको सिंहासन हो;
A ja vam kažem: Ne kunite se nikako! Ni nebom jer je prijestolje Božje.
35 न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;
Ni zemljom jer je podnožje njegovim nogama. Ni Jeruzalemom jer grad je Kralja velikoga!
36 न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ ।
Ni svojom se glavom ne zaklinji jer ni jedne vlasi ne možeš učiniti bijelom ili crnom.
37 तर तिमीहरूको बोली ‘होलाई हो नै’, वा ‘होइनलाई होइन नै’ भन्ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्टबाट आएको हुन्छ ।
Vaša riječ neka bude: 'Da, da, - ne, ne!' Što je više od toga, od Zloga je.”
38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’
“Čuli ste da je rečeno: Oko za oko, zub za zub!
39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।
A ja vam kažem: Ne opirite se Zlomu! Naprotiv, pljusne li te tko po desnom obrazu, okreni mu i drugi.
40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ ।
Onomu tko bi se htio s tobom parničiti da bi se domogao tvoje donje haljine prepusti i gornju.
41 र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, उसँग दुई किलोमिटर जाऊ ।
Ako te tko prisili jednu milju, pođi s njim dvije.
42 तिमीहरूसँग माग्ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्न चाहनेहरूलाई इन्कार नगर ।
Tko od tebe što zaište, podaj mu! I ne okreni se od onoga koji hoće da mu pozajmiš.”
43 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’
“Čuli ste da je rečeno: Ljubi svoga bližnjega, a mrzi neprijatelja.
44 तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर”
A ja vam kažem: Ljubite neprijatelje, molite za one koji vas progone
45 ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ ।
da budete sinovi svoga oca koji je na nebesima, jer on daje da sunce njegovo izlazi nad zlima i dobrima i da kiša pada pravednicima i nepravednicima.
46 किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?
Jer ako ljubite one koji vas ljube, kakva li vam plaća? Zar to isto ne čine i carinici?
47 र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्यौ र? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र?
I ako pozdravljate samo braću, što osobito činite? Zar to isto ne čine i pogani?”
48 त्यसकारण, जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ ।
“Budite dakle savršeni kao što je savršen Otac vaš nebeski!”