< मत्ती 4 >
1 त्यसपछि दुष्टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्याइनुभयो ।
Tunc Jesus ductus est in desertum a Spiritu, ut tentaretur a diabolo.
2 चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।
Et cum jejunasset quadraginta diebus, et quadraginta noctibus, postea esuriit.
3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”
Et accedens tentator dixit ei: Si Filius Dei es, dic ut lapides isti panes fiant.
4 तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”
Qui respondens dixit: Scriptum est: Non in solo pane vivit homo, sed in omni verbo, quod procedit de ore Dei.
5 त्यसपछि दुष्टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो,
Tunc assumpsit eum diabolus in sanctam civitatem, et statuit eum super pinnaculum templi,
6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”
et dixit ei: Si Filius Dei es, mitte te deorsum. Scriptum est enim: Quia angelis suis mandavit de te, et in manibus tollent te, ne forte offendas ad lapidem pedem tuum.
7 येशूले त्यसलाई भन्नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्’ ।”
Ait illi Jesus: Rursum scriptum est: Non tentabis Dominum Deum tuum.
8 फेरि, त्यो दुष्टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो ।
Iterum assumpsit eum diabolus in montem excelsum valde: et ostendit ei omnia regna mundi, et gloriam eorum,
9 त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।”
et dixit ei: Hæc omnia tibi dabo, si cadens adoraveris me.
10 त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
Tunc dicit ei Jesus: Vade Satana: Scriptum est enim: Dominum Deum tuum adorabis, et illi soli servies.
11 अनि त्यो दुष्ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।
Tunc reliquit eum diabolus: et ecce angeli accesserunt, et ministrabant ei.
12 अनि जब यूहन्ना पक्राउमा परेको येशूले सुन्नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।
Cum autem audisset Jesus quod Joannes traditus esset, secessit in Galilæam:
13 उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्नुभयो, जुन जबूलून र नप्तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।
et, relicta civitate Nazareth, venit, et habitavit in Capharnaum maritima, in finibus Zabulon et Nephthalim:
14 यशैया अगमवक्ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो,
ut adimpleretur quod dictum est per Isaiam prophetam:
15 “गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्तालीको भूमि!
Terra Zabulon, et terra Nephthalim, via maris trans Jordanem, Galilæa gentium:
16 अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”
populus, qui sedebat in tenebris, vidit lucem magnam: et sedentibus in regione umbræ mortis, lux orta est eis.
17 त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”
Exinde cœpit Jesus prædicare, et dicere: Pœnitentiam agite: appropinquavit enim regnum cælorum.
18 जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।
Ambulans autem Jesus juxta mare Galilææ, vidit duos fratres, Simonem, qui vocatur Petrus, et Andream fratrem ejus, mittentes rete in mare (erant enim piscatores),
19 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
et ait illis: Venite post me, et faciam vos fieri piscatores hominum.
20 तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।
At illi continuo relictis retibus secuti sunt eum.
21 जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,
Et procedens inde, vidit alios duos fratres, Jacobum Zebedæi, et Joannem fratrem ejus, in navi cum Zebedæo patre eorum, reficientes retia sua: et vocavit eos.
22 र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।
Illi autem statim relictis retibus et patre, secuti sunt eum.
23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।
Et circuibat Jesus totam Galilæam, docens in synagogis eorum, et prædicans Evangelium regni: et sanans omnem languorem, et omnem infirmitatem in populo.
24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए ।
Et abiit opinio ejus in totam Syriam, et obtulerunt ei omnes male habentes, variis languoribus, et tormentis comprehensos, et qui dæmonia habebant, et lunaticos, et paralyticos, et curavit eos:
25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।
et secutæ sunt eum turbæ multæ de Galilæa, et Decapoli, et de Jerosolymis, et de Judæa, et de trans Jordanem.