< मत्ती 4 >

1 त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्‍याइनुभयो ।
Then was Jesus led by the spirit into the wilderness, to be tempted by the devil:
2 चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।
and when He had fasted forty days and forty nights, at last He was very hungry.
3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”
And the tempter came to Him and said, If thou art the Son of God, command these stones to become bread:
4 तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”
but He answered and said, It is written, "Man shall not live upon bread only, but on whatever proceedeth from the mouth of God."
5 त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो,
Then the devil taketh Him into the holy city, and setteth Him on a wing of the temple,
6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”
and saith unto Him, If thou art the Son of God, cast thyself down; for it is written, He will give his angels charge concerning thee, and they shall bear thee up as in their hands, least at any time thou shouldst dash thy foot against a stone:
7 येशूले त्यसलाई भन्‍नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्’ ।”
but Jesus said unto him, it is also written, Thou shalt not tempt the Lord thy God.
8 फेरि, त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो ।
Again the devil taketh Him to a very high mountain, and sheweth Him all the kingdoms of the world, and the glory of them;
9 त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।”
and saith unto Him, All these things will I give thee, if thou wilt fall down and worship me:
10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
then Jesus saith unto him, Be gone, Satan; for it is written, Thou shalt worship the Lord thy God,
11 अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।
and Him only shalt thou serve. Then the devil left Him, and behold angels came and attended Him.
12 अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।
Now when Jesus heard that John was imprisoned, He departed into Galilee:
13 उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्‍नुभयो, जुन जबूलून र नप्‍तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।
and leaving Nazareth He came and dwelt in Capernaum a maritime town, on the borders of Zabulon and Nephthalim:
14 यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो,
that it might be fulfilled which was spoken by Esaias the prophet, saying, "The land of Zabulon,
15 “गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्‍तालीको भूमि!
and Nephthalim, by the way of the sea,
16 अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”
about Jordan, Galilee of the gentiles, the people that sat in darkness, saw a great light, and to them, who sat in the region and shadow of death, light is sprung up."
17 त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”
From that time Jesus began to preach, and to say, Repent, for the kingdom of heaven is at hand.
18 जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए ।
Now as Jesus was walking by the sea of Galilee, He saw two brethren, Simon called Peter, and Andrew his brother, casting a net into the sea; (for they were fishermen: )
19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
and He saith unto them, Come with me, and I will make you fishers of men:
20 तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।
and they immediately left their nets, and followed Him.
21 जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,
And going on from thence He saw two other brethren, James the son of Zebedee, and John his brother, in a ship with Zebedee their father, mending their nets;
22 र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।
and He called them also; and they immediately left the ship, and their father, and followed Him.
23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।
And Jesus went through all Galilee, teaching in their synagogues, and preaching the gospel of the kingdom of heaven, and healing every disease and every malady among the people.
24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए ।
And his fame spread abroad into all Syria; and they brought unto Him all their sick, that laboured under various diseases and torments; even those who were possessed with devils, and lunatics, and paralytics; and he healed them:
25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।
and great multitudes of people followed Him from Galilee, and Decapolis, and Jerusalem, and Judea, yea and from beyond Jordan.

< मत्ती 4 >