< मत्ती 3 >
1 ती दिनमा बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,
Neil päevil tuli Ristija Johannes, kes kuulutas Juuda kõrbes
2 “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”
ja ütles: „Parandage meelt, sest taevariik on lähedal!“
3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
Temast rääkiski prohvet Jesaja: „Hüüdja hääl on kõrbes: „Valmistage Issandale tee, tehke tasaseks tema teerajad!““
4 अब यूहन्नाले उँटको रौँका वस्त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । उनका खानेकुरा सलह र वन-मह थिए ।
Johannesel olid seljas kaamelikarvadest rõivad ja nahkvöö vööl, aga toiduks olid tal rohutirtsud ja metsmesi.
5 त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।
Siis läks Jeruusalemma, kogu Juudamaa ja Jordani ümbruskonna rahvas tema juurde.
6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्तिस्मा लिए ।
Nad tunnistasid üles oma patud ja ta ristis nad Jordani jões.
7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्तिस्माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?
Aga kui ta nägi, kui palju varisere ja sadusere tema juurde ristimisele tuli, ütles ta neile: „Rästikute sugu! Kes teile andis märku põgeneda saabuva viha eest?
8 पश्चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
Seepärast kandke meeleparandusele kohast vilja
9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्न गराउन सक्नुहुन्छ ।
ja ärge mõtelge endamisi: „Meie isa on Aabraham!“Sest ma ütlen teile, Jumal võib nendest kividest äratada lapsi Aabrahamile.
10 रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
Kirves on juba pandud puude juurte külge. Iga puu, mis ei kanna head vilja, raiutakse maha ja visatakse tulle.
11 म तिमीहरूलाई पश्चात्तापको निम्ति पानीले बप्तिस्मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।
Mina ristin teid veega meeleparanduseks, aga kes tuleb pärast mind, on minust vägevam. Mina pole väärt tema sandaalegi lahti siduma. Tema ristib teid Püha Vaimu ja tulega.
12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”
Tal on tuulamiskühvel käes ja ta teeb puhtaks oma rehealuse. Ta kogub nisu aita, aga aganad ta põletab ära kustumatu tulega.“
13 त्यसपछि यूहन्नाबाट बप्तिस्मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।
Sel ajal saabus Jeesus Galileast Jordani äärde, et Johannes teda ristiks.
14 तर यूहन्नाले यसो भन्दै उहाँलाई रोक्न खोजिरहे, “मैले पो तपाईंबाट बप्तिस्मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ?”
Johannes püüdis keelduda, öeldes: „Mul on vaja, et sina mind ristiksid, aga sina tuled hoopis minu juurde!“
15 येशूले जवाफ दिँदै तिनलाई यसो भन्नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्नाले उहाँलाई बप्तिस्मा लिन दिए ।
Jeesus aga vastas talle: „Las praegu olla nii! Nõnda on meil kohane täita kõike, mis on õige!“Siis Johannes andis talle järele.
16 उहाँको बप्तिस्मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्नुभयो ।
Kui Jeesus oli ristitud, väljus ta kohe veest, ja ennäe, taevas avanes ning ta nägi Jumala Vaimu otsekui tuvi alla laskumas ja tema peale tulemas.
17 हेर, स्वर्गबाट यसो भन्ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्न छु ।”
Ning taevast kostis hääl: „See on minu armas Poeg, kelle üle mul on hea meel!“