< मत्ती 28 >
1 अब शबाथको समय सकिनै लाग्दा हप्ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्त्री चिहान हेर्न आए ।
Şabat Günü'nü izleyen haftanın ilk günü, tan yeri ağarırken, Mecdelli Meryem ile öbür Meryem mezarı görmeye gittiler.
2 हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे ।
Ansızın büyük bir deprem oldu. Rab'bin bir meleği gökten indi ve mezara gidip taşı bir yana yuvarlayarak üzerine oturdu.
3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो ।
Görünüşü şimşek gibi, giysileri ise kar gibi bembeyazdı.
4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए ।
Nöbetçiler korkudan titremeye başladılar, sonra ölü gibi yere yıkıldılar.
5 स्वर्गदूतले ती स्त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ ।
Melek kadınlara şöyle seslendi: “Korkmayın! Çarmıha gerilen İsa'yı aradığınızı biliyorum.
6 उहाँ यहाँ हुनुहुन्न, तर जस्तो उहाँले भन्नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।
O burada yok; söylemiş olduğu gibi dirildi. Gelin, O'nun yattığı yeri görün.
7 झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”
Çabuk gidin, öğrencilerine şöyle deyin: ‘İsa ölümden dirildi. Sizden önce Celile'ye gidiyor, kendisini orada göreceksiniz.’ İşte ben size söylemiş bulunuyorum.”
8 ती स्त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे ।
Kadınlar korku ve büyük sevinç içinde hemen mezardan uzaklaştılar; koşarak İsa'nın öğrencilerine haber vermeye gittiler.
9 हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे ।
İsa ansızın karşılarına çıktı, “Selam!” dedi. Yaklaşıp İsa'nın ayaklarına sarılarak O'na tapındılar.
10 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”
O zaman İsa, “Korkmayın!” dedi. “Gidip kardeşlerime haber verin, Celile'ye gitsinler, beni orada görecekler.”
11 जब ती स्त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए ।
Kadınlar daha yoldayken nöbetçi askerlerden bazıları kente giderek olup bitenleri başkâhinlere bildirdiler.
12 जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए,
Başkâhinler ileri gelenlerle birlikte toplanıp birbirlerine danıştıktan sonra askerlere yüklü para vererek dediler ki, “Siz şöyle diyeceksiniz: ‘Öğrencileri geceleyin geldi, biz uyurken O'nun cesedini çalıp götürdüler.’
13 र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे ।’
14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ ।”
Eğer bu haber valinin kulağına gidecek olursa biz onu yatıştırır, size bir zarar gelmesini önleriz.”
15 अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ ।
Böylece askerler parayı aldılar ve kendilerine söylendiği gibi yaptılar. Bu söylenti Yahudiler arasında bugün de yaygındır.
16 तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो ।
On bir öğrenci Celile'ye, İsa'nın kendilerine bildirdiği dağa gittiler.
17 जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे ।
İsa'yı gördükleri zaman O'na tapındılar. Ama bazıları kuşku içindeydi.
18 येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।
İsa yanlarına gelip kendilerine şunları söyledi: “Gökte ve yeryüzünde bütün yetki bana verildi.
19 यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।
Bu nedenle gidin, bütün ulusları öğrencilerim olarak yetiştirin; onları Baba, Oğul ve Kutsal Ruh'un adıyla vaftiz edin;
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।” (aiōn )
size buyurduğum her şeye uymayı onlara öğretin. İşte ben, dünyanın sonuna dek her an sizinle birlikteyim.” (aiōn )