< मत्ती 28 >

1 अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए ।
Mushure meSabata, ava mambakwedza nomusi wokutanga wevhiki, Maria Magadharena nomumwe Maria vakaenda kundoona guva.
2 हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे ।
Pakava nokudengenyeka kwenyika kukuru nokuti mutumwa waShe akabva kudenga akaenda paguva akasvikokungurutsa ibwe riya akagara pamusoro paro.
3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो ।
Kuonekwa kwake kwakanga kwakaita semheni uye nguo dzake dzakanga dzakachena sechando.
4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए ।
Varindi vakamutya kwazvo zvokuti vakadedera vakaita savanhu vafa.
5 स्वर्गदूतले ती स्‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ ।
Mutumwa akati kuvakadzi vaya, “Musatya nokuti ndinoziva kuti muri kutsvaka Jesu uyo akarovererwa pamuchinjikwa.
6 उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।
Haapo pano; amuka sokutaura kwaakaita. Uyai muone panzvimbo paakanga avete.
7 झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”
Zvino kurumidzai muende kundoudza vadzidzi vake kuti, ‘Amuka kubva kuvakafa uye kuti afanotungamira kuGarirea. Muchanomuona ikoko.’ Zvino ndakuudzai.”
8 ती स्‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे ।
Saka vakadzi ava vakakurumidza kubva paguva vachitya asi vakazadzwa nomufaro, uye vakamhanya kundoudza vadzidzi vake.
9 हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे ।
Pakarepo Jesu akasangana navo, akati, “Kwaziwai.” Vakauya kwaari vakabata tsoka dzake uye vakamunamata.
10 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”
Ipapo Jesu akati kwavari, “Musatya. Endai mundoudza hama dzangu kuti vaende kuGarirea; ikoko ndiko kwavachanondiona.”
11 जब ती स्‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए ।
Vakadzi vaya vachiri munzira, vamwe vevarindi vakaenda muguta vakandotaurira vaprista vakuru zvose zvakanga zvaitika.
12 जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए,
Vaprista vakuru vakati vasangana navakuru, uye vafunga zano, vakapa varwi mari zhinji
13 र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे ।’
vakati kwavari, “Imi munofanira kutaura muchiti, ‘Vadzidzi vake vakauya usiku vakamuba isu tivete.’
14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ ।”
Kana mashoko aya akasvika munzeve dzomubati, isu tichaita kuti agutsikane uye imi musawira mudambudziko.”
15 अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ ।
Saka varwi vakatora mari iya vakaita sezvavakanga varayirwa. Uye shoko iri rakaparadzirwa kwazvo pakati pavaJudha kusvikira zuva ranhasi.
16 तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो ।
Ipapo vadzidzi gumi nomumwe vakaenda kuGarirea, kugomo ravainge vaudzwa naJesu kuti vaende.
17 जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे ।
Vakati vamuona, vakamunamata, asi vamwe vakakahadzika.
18 येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।
Ipapo Jesu akasvika pavari akati, “Simba rose kudenga napanyika rakapiwa kwandiri.
19 यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ ।
Naizvozvo endai mudzidzise ndudzi dzose, muchivabhabhatidza muzita raBaba, neroMwanakomana neroMweya Mutsvene,
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।” (aiōn g165)
uye muchivadzidzisa kuti vachengete zvose zvandakakurayirai. Uye zvechokwadi ndinemi kusvikira pakuguma kwenyika.” (aiōn g165)

< मत्ती 28 >