< मत्ती 26 >

1 येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
Yesu alipomaliza kusema hayo yote, akawaambia wanafunzi wake,
2 “तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ ।”
“Kama mnavyojua, baada ya siku mbili itakuwa Pasaka, naye Mwana wa Adamu atasalitiwa ili asulubiwe.”
3 त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।
Basi viongozi wa makuhani na wazee wa watu wakakusanyika katika jumba la utawala la kuhani mkuu, jina lake Kayafa.
4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे ।
Wakafanya shauri ili kumkamata Yesu kwa siri na kumuua.
5 किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।”
Lakini wakasema, “Isiwe wakati wa Sikukuu, kusitokee ghasia miongoni mwa watu.”
6 अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो,
Yesu alikuwa Bethania nyumbani mwa Simoni aliyekuwa na ukoma,
7 उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई ।
naye mwanamke mmoja akamjia akiwa na chupa ya marhamu yenye manukato ya thamani kubwa; akayamimina kichwani mwa Yesu alipokuwa ameketi mezani kula chakula.
8 तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो?
Lakini wanafunzi wake walipoona hayo wakakasirika, wakasema, “Upotevu huu wote ni wa nini?
9 यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”
Manukato haya yangeuzwa kwa bei kubwa, na fedha hizo wakapewa maskini.”
10 तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
Yesu, akijua jambo hili, akawaambia, “Mbona mnamsumbua huyu mwanamke? Yeye amenitendea jambo zuri sana.
11 गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन ।
Maskini mtakuwa nao siku zote, lakini mimi hamtakuwa nami siku zote.
12 किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
Alipomiminia haya manukato kwenye mwili wangu, amefanya hivyo ili kuniandaa kwa ajili ya maziko yangu.
13 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्‍त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”
Amin, nawaambia, mahali popote ulimwenguni ambapo hii Injili itahubiriwa, jambo hili alilolitenda huyu mwanamke litatajwa pia kwa ukumbusho wake.”
14 त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो,
Kisha mmojawapo wa wale kumi na wawili, aitwaye Yuda Iskariote, alikwenda kwa viongozi wa makuhani
15 र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए ।
na kuuliza, “Mtanipa nini nikimtia Yesu mikononi mwenu?” Wakamlipa vipande thelathini vya fedha.
16 त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो ।
Tangu wakati huo Yuda akawa anatafuta wakati uliofaa wa kumsaliti Yesu.
17 अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?”
Siku ya kwanza ya Sikukuu ya Mikate Isiyotiwa Chachu, wanafunzi walimjia Yesu wakamuuliza, “Unataka twende wapi ili tukuandalie mahali pa kula Pasaka?”
18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”
Akajibu, “Nendeni kwa mtu fulani huko mjini, mkamwambie, ‘Mwalimu asema hivi: Saa yangu imekaribia. Nitaiadhimisha Pasaka pamoja na wanafunzi wangu katika nyumba yako.’”
19 येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे ।
Hivyo wanafunzi wakafanya kama vile Yesu alivyokuwa amewaelekeza, nao wakaandaa Pasaka.
20 जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो ।
Ilipofika jioni, Yesu alikuwa ameketi mezani pamoja na wale wanafunzi wake kumi na wawili.
21 जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”
Nao walipokuwa wakila, Yesu akasema, “Amin, nawaambia, mmoja wenu atanisaliti.”
22 उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्‍न थाले, “प्रभु, म त निश्‍चय नै होइन होला?”
Wakahuzunika sana, wakaanza kumuuliza mmoja baada ya mwingine, “Je, ni mimi Bwana?”
23 उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।
Yesu akawaambia, “Yule aliyechovya mkono wake katika bakuli pamoja nami ndiye atakayenisaliti.
24 मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ । तर धिक्‍कार त्यस व्यक्‍तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो व्यक्‍ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।”
Mwana wa Adamu anaenda zake kama vile alivyoandikiwa. Lakini ole wake mtu yule amsalitiye Mwana wa Adamu. Ingekuwa heri kwake mtu huyo kama hangezaliwa!”
25 यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।”
Kisha Yuda, yule mwenye kumsaliti, akasema, “Je, ni mimi Rabi?” Yesu akajibu, “Naam, wewe mwenyewe umesema.”
26 उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्‍नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”
Walipokuwa wanakula, Yesu akachukua mkate, akashukuru, akaumega, na kuwapa wanafunzi wake, akisema, “Twaeni, mle; huu ndio mwili wangu.”
27 उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ ।
Kisha akakitwaa kikombe, akashukuru, akawapa, akisema, “Nyweni nyote katika kikombe hiki.
28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ ।
Hii ndiyo damu yangu ya Agano, imwagikayo kwa ajili ya wengi kwa ondoleo la dhambi.
29 तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।”
Lakini ninawaambia, tangu sasa sitakunywa tena katika uzao huu wa mzabibu, hadi siku ile nitakapounywa mpya pamoja nanyi katika Ufalme wa Baba yangu.”
30 उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो ।
Walipokwisha kuimba wimbo, wakatoka wakaenda Mlima wa Mizeituni.
31 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’
Kisha Yesu akawaambia, “Usiku huu, ninyi nyote mtaniacha, kwa maana imeandikwa: “‘Nitampiga mchungaji, nao kondoo wa hilo kundi watatawanyika.’
32 तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
Lakini baada ya kufufuka kwangu, nitawatangulia kwenda Galilaya.”
33 तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।”
Petro akajibu, “Hata kama wote watakuacha, kamwe mimi sitakuacha.”
34 येशूले उनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”
Yesu akamjibu, “Amin, nakuambia, usiku huu, kabla jogoo hajawika, utanikana mara tatu.”
35 पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।
Lakini Petro akasisitiza, “Hata kama itabidi kufa pamoja nawe, sitakukana kamwe.” Nao wanafunzi wale wengine wote wakasema vivyo hivyo.
36 त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस ।”
Kisha Yesu akaenda pamoja na wanafunzi wake mpaka kwenye bustani iitwayo Gethsemane, akawaambia, “Kaeni hapa, nami niende kule nikaombe.”
37 उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो ।
Akamchukua Petro pamoja na wale wana wawili wa Zebedayo, akaanza kuhuzunika na kufadhaika.
38 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीँ बस र मसँगै जागा रहो ।”
Kisha Yesu akawaambia, “Moyo wangu umejawa na huzuni kiasi cha kufa. Kaeni hapa na mkeshe pamoja nami.”
39 उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”
Akaenda mbele kidogo, akaanguka kifudifudi, akaomba akisema, “Baba yangu, kama inawezekana, kikombe hiki na kiniondokee. Lakini si kama nipendavyo mimi, bali kama upendavyo wewe.”
40 उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ?
Kisha akarudi kwa wanafunzi wake, akawakuta wamelala. Akamuuliza Petro, “Je, ninyi hamkuweza kukesha pamoja nami hata kwa saa moja?
41 जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्मा त तयार छ, तर शरीर भने कमजोर छ ।”
Kesheni na mwombe, msije mkaingia majaribuni. Roho iko radhi, lakini mwili ni mdhaifu.”
42 उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस् ।”
Akaenda tena mara ya pili na kuomba, “Baba yangu, kama haiwezekani kikombe hiki kiniepuke nisikinywe, basi mapenzi yako yafanyike.”
43 उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए ।
Aliporudi, akawakuta tena wamelala kwa sababu macho yao yalikuwa mazito.
44 त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्‍याउनुभयो ।
Hivyo akawaacha akaenda zake tena mara ya tatu na kuomba akisema maneno yale yale.
45 त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ ।
Kisha akarudi kwa wanafunzi wake, akawaambia, “Bado mmelala na kupumzika? Tazameni, saa imefika ambapo Mwana wa Adamu anasalitiwa na kutiwa mikononi mwa wenye dhambi.
46 उठ, अब हामी जाऔँ । हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ ।”
Inukeni, twende zetu! Tazameni, msaliti wangu yuaja!”
47 जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।
Alipokuwa bado anazungumza, Yuda, mmoja wa wale Kumi na Wawili, akafika. Alikuwa amefuatana na umati mkubwa wa watu wenye panga na marungu, waliokuwa wametumwa na viongozi wa makuhani na wazee wa watu.
48 अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”
Basi msaliti alikuwa amewapa hao watu ishara, kwamba: “Yule nitakayembusu ndiye. Mkamateni.”
49 तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्‍यो ।
Mara Yuda akamjia Yesu na kumsalimu, “Salamu, Rabi!” Akambusu.
50 येशूले उसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे ।
Yesu akamwambia, “Rafiki, fanya kile ulichokuja kufanya hapa.” Kisha wale watu wakasogea mbele, wakamkamata Yesu.
51 हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि उसको कान काटिदियो ।
Ghafula mmoja wa wale waliokuwa na Yesu alipoona hivyo, akaushika upanga wake, akauchomoa na kumpiga mtumishi wa kuhani mkuu, akamkata sikio.
52 त्यसपछि येशूले उसलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् ।
Ndipo Yesu akamwambia, “Rudisha upanga wako mahali pake, kwa maana wote watumiao upanga watakufa kwa upanga.
53 के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्‍न र?
Je, unadhani siwezi kumwomba Baba yangu naye mara moja akaniletea zaidi ya majeshi kumi na mawili ya malaika?
54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?”
Lakini je, yale Maandiko yanayotabiri kwamba ni lazima itendeke hivi yatatimiaje?”
55 त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ ।
Wakati huo, Yesu akawaambia ule umati wa watu, “Je, mmekuja na panga na marungu kunikamata kana kwamba mimi ni mnyangʼanyi? Siku kwa siku niliketi Hekaluni nikifundisha, mbona hamkunikamata?
56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
Lakini haya yote yametukia ili maandiko ya manabii yapate kutimia.” Ndipo wanafunzi wake wote wakamwacha na kukimbia.
57 जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्‍त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए ।
Wale waliokuwa wamemkamata Yesu wakampeleka kwa Kayafa, kuhani mkuu, mahali ambapo walimu wa sheria pamoja na wazee walikuwa wamekusanyika.
58 तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।
Lakini Petro akamfuata kwa mbali hadi uani kwa kuhani mkuu. Akaingia ndani, akaketi pamoja na walinzi ili aone litakalotukia.
59 अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए ।
Viongozi wa makuhani na Baraza la Wayahudi lote wakatafuta ushahidi wa uongo dhidi ya Yesu ili wapate kumuua.
60 थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए,
Lakini hawakupata jambo lolote, ingawa mashahidi wengi wa uongo walijitokeza. Hatimaye wakajitokeza mashahidi wawili wa uongo
61 र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”
na kusema, “Huyu mtu alisema, ‘Ninaweza kulivunja Hekalu la Mungu na kulijenga tena kwa siku tatu.’”
62 प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”
Kisha kuhani mkuu akasimama na kumwambia Yesu, “Je, wewe hutajibu? Ni ushahidi gani hawa watu wanauleta dhidi yako?”
63 तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?”
Lakini Yesu akakaa kimya. Ndipo kuhani mkuu akamwambia, “Nakuapisha mbele za Mungu aliye hai. Tuambie kama wewe ndiwe Kristo, Mwana wa Mungu.”
64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्‍नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।”
Yesu akajibu, “Wewe umenena. Lakini ninawaambia nyote: Siku za baadaye, mtamwona Mwana wa Adamu akiwa ameketi mkono wa kuume wa Mwenye Nguvu, na akija juu ya mawingu ya mbinguni.”
65 त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।
Ndipo kuhani mkuu akararua mavazi yake na kusema, “Amekufuru! Tuna haja gani tena ya mashahidi zaidi? Tazama, sasa ninyi mmesikia hayo makufuru.
66 तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”
Uamuzi wenu ni gani?” Wakajibu, “Anastahili kufa.”
67 त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
Kisha wakamtemea mate usoni na wengine wakampiga ngumi. Wengine wakampiga makofi
68 र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”
na kusema, “Tutabirie, wewe Kristo! Ni nani aliyekupiga?”
69 अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?”
Wakati huu Petro alikuwa amekaa nje uani. Mtumishi mmoja wa kike akamjia na kumwambia, “Wewe pia ulikuwa pamoja na Yesu wa Galilaya.”
70 तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन ।”
Lakini Petro akakana mbele yao wote akisema, “Sijui hilo usemalo.”
71 जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्‍ति पनि नासरतको येशूसँग थियो ।”
Alipotoka nje kufika kwenye lango, mtumishi mwingine wa kike alimwona, akawaambia watu waliokuwepo, “Huyu mtu alikuwa pamoja na Yesu, Mnazareti.”
72 अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”
Akakana tena kwa kiapo akisema, “Mimi simjui huyo!”
73 त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ ।”
Baada ya muda mfupi, wale waliokuwa wamesimama pale wakamwendea Petro, wakamwambia, “Hakika wewe ni mmoja wao, kwa maana usemi wako ni kama wao.”
74 त्यसपछि उनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो ।
Ndipo Petro akaanza kujilaani na kuwaapia, “Mimi simjui mtu huyo!” Papo hapo jogoo akawika.
75 अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।
Ndipo Petro akakumbuka lile neno Yesu alilokuwa amesema: “Kabla jogoo hajawika, utanikana mara tatu.” Naye akaenda nje, akalia kwa majonzi.

< मत्ती 26 >