< मत्ती 25 >

1 तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।
Tada æe biti carstvo nebesko kao deset djevojaka koje uzeše žiške svoje i iziðoše na susret ženiku.
2 तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।
Pet od njih bijahu mudre a pet lude.
3 किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।
I lude uzevši žiške svoje ne uzeše sa sobom ulja.
4 तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे ।
A mudre uzeše ulje u sudovima sa žišcima svojima.
5 दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।
A buduæi da ženik odocni, zadrijemaše sve, i pospaše.
6 तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’
A u ponoæi stade vika: eto ženika gdje ide, izlazite mu na susret.
7 त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे ।
Tada ustaše sve djevojke one i ukrasiše žiške svoje.
8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’
A lude rekoše mudrima: dajte nam od ulja svojega, jer naši žišci hoæe da se ugase.
9 तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’
A mudre odgovoriše govoreæi: da ne bi nedostalo i nama i vama, bolje je idite k trgovcima i kupite sebi.
10 जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।
A kad one otidoše da kupe, doðe ženik, i gotove uðoše s njim na svadbu, i zatvoriše se vrata.
11 केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’
A poslije doðoše i one druge djevojke govoreæi: gospodaru! gospodaru! otvori nam.
12 तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’
A on odgovarajuæi reèe im: zaista vam kažem: ne poznajem vas.
13 त्‍यसकारण, जागा रहो, किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।
Stražite dakle, jer ne znate dana ni èasa u koji æe sin èovjeèij doæi.
14 किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।
Jer kako što èovjek polazeæi dozva sluge svoje i predade im blago svoje;
15 उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।
I jednome dakle dade pet talanta, a drugome dva, a treæemu jedan, svakome prema njegovoj moæi; i otide odmah.
16 पाँच सिक्‍का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो ।
A onaj što primi pet talanta otide te radi s njima, i dobi još pet talanta.
17 त्यसै गरी, जसले दुई सिक्‍का पाएको थियो, उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो ।
Tako i onaj što primi dva dobi i on još dva.
18 तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।
A koji primi jedan otide te ga zakopa u zemlju i sakri srebro gospodara svojega.
19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
A po dugom vremenu doðe gospodar tijeh sluga, i stade se raèuniti s njima.
20 पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्‍का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु ।’
I pristupivši onaj što je primio pet talanta, donese još pet talanta govoreæi: gospodaru! predao si mi pet talanta; evo još pet talanta ja sam dobio s njima.
21 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
A gospodar njegov reèe mu: dobro, slugo dobri i vjerni! u malom bio si mi vjeran, nad mnogijem æu te postaviti; uði u radost gospodara svojega.
22 दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुईवटा सिक्‍का कमाएको छु ।’
A pristupivši i onaj što je primio dva talanta reèe: gospodaru! predao si mi dva talanta; evo još dva talanta ja sam dobio s njima.
23 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
A gospodar njegov reèe mu: dobro, slugo dobri i vjerni! u malom bio si mi vjeran, nad mnogijem æu te postaviti; uði u radost gospodara svojega.
24 त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।
A pristupivši i onaj što je primio jedan talant reèe: gospodaru! znao sam da si ti tvrd èovjek: žnješ gdje nijesi sijao, i kupiš gdje nijesi vijao;
25 मलाई डर थियो । त्‍यसकारण, म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’
Pa se pobojah i otidoh te sakrih talant tvoj u zemlju; i evo ti tvoje.
26 तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।
A gospodar njegov odgovarajuæi reèe mu: zli i ljenivi slugo! znao si da ja žnjem gdje nijesam sijao, i kupim gdje nijesam vijao:
27 त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।
Trebalo je dakle moje srebro da daš trgovcima; i ja došavši uzeo bih svoje s dobitkom.
28 त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।
Uzmite dakle od njega talant, i podajte onome što ima deset talanta.
29 किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
Jer svakome koji ima, daæe se, i preteæi æe mu; a od onoga koji nema, i što ima uzeæe se od njega.
30 त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
I nevaljaloga slugu bacite u tamu najkrajnju; ondje æe biti plaè i škrgut zuba.
31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
A kad doðe sin èovjeèij u slavi svojoj i svi sveti anðeli s njime, onda æe sjesti na prijestolu slave svoje.
32 उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
I sabraæe se pred njim svi narodi, i razluèiæe ih izmeðu sebe kao pastir što razluèuje ovce od jaraca.
33 उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् ।
I postaviæe ovce s desne strane sebi, a jarce s lijeve.
34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।
Tada æe reæi car onima što mu stoje s desne strane: hodite blagosloveni oca mojega; primite carstvo koje vam je pripravljeno od postanja svijeta.
35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;
Jer ogladnjeh, i daste mi da jedem; ožednjeh, i napojiste me; gost bijah, i primiste me;
36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’
Go bijah, i odjenuste me; bolestan bijah, i obiðoste me; u tamnici bijah, i doðoste k meni.
37 त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ?
Tada æe mu odgovoriti pravednici govoreæi: Gospode! kad te vidjesmo gladna, i nahranismo? ili žedna, i napojismo?
38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ र तपाईंलाई भित्र ल्यायौँ?
Kad li te vidjesmo gosta, i primismo? ili gola, i odjenusmo?
39 र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’
Kad li te vidjesmo bolesna ili u tamnici, i doðosmo k tebi?
40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’
I odgovarajuæi car reæi æe im: zaista vam kažem: kad uèiniste jednome od ove moje najmanje braæe, meni uèiniste.
41 त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो, (aiōnios g166)
Tada æe reæi i onima što mu stoje s lijeve strane: idite od mene prokleti u oganj vjeèni pripravljeni ðavolu i anðelima njegovijem. (aiōnios g166)
42 किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;
Jer ogladnjeh, i ne dadoste mi da jedem; ožednjeh, i ne napojiste me;
43 म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’
Gost bijah, i ne primiste me; go bijah, i ne odjenuste me; bolestan i u tamnici bijah, i ne obiðoste me.
44 त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’
Tada æe mu odgovoriti i oni govoreæi: Gospode! kad te vidjesmo gladna ili žedna, ili gosta ili gola, ili bolesna ili u tamnici, i ne poslužismo te?
45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
Tada æe im odgovoriti govoreæi: zaista vam kažem: kad ne uèiniste jednome od ove moje male braæe, ni meni ne uèiniste.
46 यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।” (aiōnios g166)
I ovi æe otiæi u muku vjeènu, a pravednici u život vjeèni. (aiōnios g166)

< मत्ती 25 >