< मत्ती 23 >
1 त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।
અનન્તરં યીશુ ર્જનનિવહં શિષ્યાંશ્ચાવદત્,
2 उहाँले भन्नुभयो, “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।”
અધ્યાપકાઃ ફિરૂશિનશ્ચ મૂસાસને ઉપવિશન્તિ,
3 यसकारण, तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिँ गर्दछन्, तर पछि आफैँले ती गर्दैनन् ।
અતસ્તે યુષ્માન્ યદ્યત્ મન્તુમ્ આજ્ઞાપયન્તિ, તત્ મન્યધ્વં પાલયધ્વઞ્ચ, કિન્તુ તેષાં કર્મ્માનુરૂપં કર્મ્મ ન કુરુધ્વં; યતસ્તેષાં વાક્યમાત્રં સારં કાર્ય્યે કિમપિ નાસ્તિ|
4 हो, तिनीहरूले बोक्न कठिन हुने गह्रौँ भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् । तर तिनीहरू आफैँले भने ती बोक्नलाई एउटा औँला पनि चलाउँदैनन् ।
તે દુર્વ્વહાન્ ગુરુતરાન્ ભારાન્ બદ્વ્વા મનુષ્યાણાં સ્કન્ધેપરિ સમર્પયન્તિ, કિન્તુ સ્વયમઙ્ગુલ્યૈકયાપિ ન ચાલયન્તિ|
5 तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्त्रका झुम्काहरू लामो पार्दछन् ।
કેવલં લોકદર્શનાય સર્વ્વકર્મ્માણિ કુર્વ્વન્તિ; ફલતઃ પટ્ટબન્ધાન્ પ્રસાર્ય્ય ધારયન્તિ, સ્વવસ્ત્રેષુ ચ દીર્ઘગ્રન્થીન્ ધારયન્તિ;
6 तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,
ભોજનભવન ઉચ્ચસ્થાનં, ભજનભવને પ્રધાનમાસનં,
7 अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् ।
હટ્ઠે નમસ્કારં ગુરુરિતિ સમ્બોધનઞ્ચૈતાનિ સર્વ્વાણિ વાઞ્છન્તિ|
8 तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ ।
કિન્તુ યૂયં ગુરવ ઇતિ સમ્બોધનીયા મા ભવત, યતો યુષ્માકમ્ એકઃ ખ્રીષ્ટએવ ગુરુ
9 अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ ।
ર્યૂયં સર્વ્વે મિથો ભ્રાતરશ્ચ| પુનઃ પૃથિવ્યાં કમપિ પિતેતિ મા સમ્બુધ્યધ્વં, યતો યુષ્માકમેકઃ સ્વર્ગસ્થએવ પિતા|
10 न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ ।
યૂયં નાયકેતિ સમ્ભાષિતા મા ભવત, યતો યુષ્માકમેકઃ ખ્રીષ્ટએવ નાયકઃ|
11 तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ ।
અપરં યુષ્માકં મધ્યે યઃ પુમાન્ શ્રેષ્ઠઃ સ યુષ્માન્ સેવિષ્યતે|
12 जसले आफूलाई उच्च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्च पारिनेछ ।
યતો યઃ સ્વમુન્નમતિ, સ નતઃ કરિષ્યતે; કિન્તુ યઃ કશ્ચિત્ સ્વમવનતં કરોતિ, સ ઉન્નતઃ કરિષ્યતે|
13 तर धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
હન્ત કપટિન ઉપાધ્યાયાઃ ફિરૂશિનશ્ચ, યૂયં મનુજાનાં સમક્ષં સ્વર્ગદ્વારં રુન્ધ, યૂયં સ્વયં તેન ન પ્રવિશથ, પ્રવિવિક્ષૂનપિ વારયથ| વત કપટિન ઉપાધ્યાયાઃ ફિરૂશિનશ્ચ યૂયં છલાદ્ દીર્ઘં પ્રાર્થ્ય વિધવાનાં સર્વ્વસ્વં ગ્રસથ, યુષ્માકં ઘોરતરદણ્ડો ભવિષ્યતિ|
14 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू विधवाहरूका घरहरू नष्ट गर्दछौ, जब कि लामो-लामो प्रार्थना गरी देखाउँदछौ । यसकारण, तिमीहरूले अझ बढी दण्ड पाउनेछौ ।
હન્ત કપટિન ઉપાધ્યાયાઃ ફિરૂશિનશ્ચ, યૂયમેકં સ્વધર્મ્માવલમ્બિનં કર્ત્તું સાગરં ભૂમણ્ડલઞ્ચ પ્રદક્ષિણીકુરુથ,
15 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्दछौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ । (Geenna )
કઞ્ચન પ્રાપ્ય સ્વતો દ્વિગુણનરકભાજનં તં કુરુથ| (Geenna )
16 धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
વત અન્ધપથદર્શકાઃ સર્વ્વે, યૂયં વદથ, મન્દિરસ્ય શપથકરણાત્ કિમપિ ન દેયં; કિન્તુ મન્દિરસ્થસુવર્ણસ્ય શપથકરણાદ્ દેયં|
17 ए दृष्टिविहीन मूर्खहरू हो! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्वरकहाँ अर्पण गर्ने मन्दिर?
હે મૂઢા હે અન્ધાઃ સુવર્ણં તત્સુવર્ણપાવકમન્દિરમ્ એતયોરુભયો ર્મધ્યે કિં શ્રેયઃ?
18 अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
અન્યચ્ચ વદથ, યજ્ઞવેદ્યાઃ શપથકરણાત્ કિમપિ ન દેયં, કિન્તુ તદુપરિસ્થિતસ્ય નૈવેદ્યસ્ય શપથકરણાદ્ દેયં|
19 ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्वरकहाँ अर्पण गर्ने वेदी?
હે મૂઢા હે અન્ધાઃ, નૈવેદ્યં તન્નૈવેદ્યપાવકવેદિરેતયોરુભયો ર્મધ્યે કિં શ્રેયઃ?
20 अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ ।
અતઃ કેનચિદ્ યજ્ઞવેદ્યાઃ શપથે કૃતે તદુપરિસ્થસ્ય સર્વ્વસ્ય શપથઃ ક્રિયતે|
21 अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
કેનચિત્ મન્દિરસ્ય શપથે કૃતે મન્દિરતન્નિવાસિનોઃ શપથઃ ક્રિયતે|
22 अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
કેનચિત્ સ્વર્ગસ્ય શપથે કૃતે ઈશ્વરીયસિંહાસનતદુપર્ય્યુપવિષ્ટયોઃ શપથઃ ક્રિયતે|
23 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो ।
હન્ત કપટિન ઉપાધ્યાયાઃ ફિરૂશિનશ્ચ, યૂયં પોદિનાયાઃ સિતચ્છત્રાયા જીરકસ્ય ચ દશમાંશાન્ દત્થ, કિન્તુ વ્યવસ્થાયા ગુરુતરાન્ ન્યાયદયાવિશ્વાસાન્ પરિત્યજથ; ઇમે યુષ્માભિરાચરણીયા અમી ચ ન લંઘનીયાઃ|
24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ!
હે અન્ધપથદર્શકા યૂયં મશકાન્ અપસારયથ, કિન્તુ મહાઙ્ગાન્ ગ્રસથ|
25 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् ।
હન્ત કપટિન ઉપાધ્યાયાઃ ફિરૂશિનશ્ચ, યૂયં પાનપાત્રાણાં ભોજનપાત્રાણાઞ્ચ બહિઃ પરિષ્કુરુથ; કિન્તુ તદભ્યન્તરં દુરાત્મતયા કલુષેણ ચ પરિપૂર્ણમાસ્તે|
26 ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।
હે અન્ધાઃ ફિરૂશિલોકા આદૌ પાનપાત્રાણાં ભોજનપાત્રાણાઞ્ચાભ્યન્તરં પરિષ્કુરુત, તેન તેષાં બહિરપિ પરિષ્કારિષ્યતે|
27 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन्, तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् ।
હન્ત કપટિન ઉપાધ્યાયાઃ ફિરૂશિનશ્ચ, યૂયં શુક્લીકૃતશ્મશાનસ્વરૂપા ભવથ, યથા શ્મશાનભવનસ્ય બહિશ્ચારુ, કિન્ત્વભ્યન્તરં મૃતલોકાનાં કીકશૈઃ સર્વ્વપ્રકારમલેન ચ પરિપૂર્ણમ્;
28 यसै गरी, तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्टताले भरिएका छौ ।
તથૈવ યૂયમપિ લોકાનાં સમક્ષં બહિર્ધાર્મ્મિકાઃ કિન્ત્વન્તઃકરણેષુ કેવલકાપટ્યાધર્મ્માભ્યાં પરિપૂર્ણાઃ|
29 धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू अगमवक्ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ ।
હા હા કપટિન ઉપાધ્યાયાઃ ફિરૂશિનશ્ચ, યૂયં ભવિષ્યદ્વાદિનાં શ્મશાનગેહં નિર્મ્માથ, સાધૂનાં શ્મશાનનિકેતનં શોભયથ
30 तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ ।’
વદથ ચ યદિ વયં સ્વેષાં પૂર્વ્વપુરુષાણાં કાલ અસ્થાસ્યામ, તર્હિ ભવિષ્યદ્વાદિનાં શોણિતપાતને તેષાં સહભાગિનો નાભવિષ્યામ|
31 यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्ताहरूको हत्या गरे ।
અતો યૂયં ભવિષ્યદ્વાદિઘાતકાનાં સન્તાના ઇતિ સ્વયમેવ સ્વેષાં સાક્ષ્યં દત્થ|
32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ ।
અતો યૂયં નિજપૂર્વ્વપુરુષાણાં પરિમાણપાત્રં પરિપૂરયત|
33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? (Geenna )
રે ભુજગાઃ કૃષ્ણભુજગવંશાઃ, યૂયં કથં નરકદણ્ડાદ્ રક્ષિષ્યધ્વે| (Geenna )
34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
પશ્યત, યુષ્માકમન્તિકમ્ અહં ભવિષ્યદ્વાદિનો બુદ્ધિમત ઉપાધ્યાયાંશ્ચ પ્રેષયિષ્યામિ, કિન્તુ તેષાં કતિપયા યુષ્માભિ ર્ઘાનિષ્યન્તે, ક્રુશે ચ ઘાનિષ્યન્તે, કેચિદ્ ભજનભવને કષાભિરાઘાનિષ્યન્તે, નગરે નગરે તાડિષ્યન્તે ચ;
35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्यौ ।
તેન સત્પુરુષસ્ય હાબિલો રક્તપાતમારભ્ય બેરિખિયઃ પુત્રં યં સિખરિયં યૂયં મન્દિરયજ્ઞવેદ્યો ર્મધ્યે હતવન્તઃ, તદીયશોણિતપાતં યાવદ્ અસ્મિન્ દેશે યાવતાં સાધુપુરુષાણાં શોણિતપાતો ઽભવત્ તત્ સર્વ્વેષામાગસાં દણ્ડા યુષ્માસુ વર્ત્તિષ્યન્તે|
36 साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।
અહં યુષ્માન્ત તથ્યં વદામિ, વિદ્યમાનેઽસ્મિન્ પુરુષે સર્વ્વે વર્ત્તિષ્યન્તે|
37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् ।
હે યિરૂશાલમ્ હે યિરૂશાલમ્ નગરિ ત્વં ભવિષ્યદ્વાદિનો હતવતી, તવ સમીપં પ્રેરિતાંશ્ચ પાષાણૈરાહતવતી, યથા કુક્કુટી શાવકાન્ પક્ષાધઃ સંગૃહ્લાતિ, તથા તવ સન્તાનાન્ સંગ્રહીતું અહં બહુવારમ્ ઐચ્છં; કિન્તુ ત્વં ન સમમન્યથાઃ|
38 हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् ।
પશ્યત યષ્માકં વાસસ્થાનમ્ ઉચ્છિન્નં ત્યક્ષ્યતે|
39 किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्नेछैनौ ।”
અહં યુષ્માન્ તથ્યં વદામિ, યઃ પરમેશ્વરસ્ય નામ્નાગચ્છતિ, સ ધન્ય ઇતિ વાણીં યાવન્ન વદિષ્યથ, તાવત્ માં પુન ર્ન દ્રક્ષ્યથ|