< मत्ती 22 >
1 तिनीहरूसँग यसो भन्दै येशू दृष्टान्तमा बोल्नुभयो,
Ісус у відповідь продовжив говорити притчами:
2 “स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
―Царство Небесне подібне до Царя, який приготував весілля для свого сина.
3 उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
Він надіслав своїх рабів покликати запрошених на весілля, але ті не захотіли прийти.
4 फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’
Тоді надіслав інших рабів сказати запрошеним: «Ось я приготував обід, моїх волів та вгодовану худобу вже забито, усе готове. Приходьте на весілля!»
5 तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
Але вони знехтували й пішли: один – на своє поле, інший – торгувати.
6 अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।
Інші ж, схопивши його рабів, познущалися над ними та вбили їх.
7 तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।
Тоді цар обурився та надіслав своє військо, знищив тих убивць і спалив їхнє місто.
8 त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
І сказав своїм рабам: «Весілля вже готове, а запрошені виявились недостойними.
9 त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’
Отже, ідіть на перехрестя доріг та запрошуйте, кого зустрінете, на весілля».
10 ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।
Ті раби вийшли на дороги та покликали всіх, кого зустріли, – як поганих, так і добрих; і весільна зала наповнилася гостями.
11 तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।
Але коли цар прийшов подивитися на гостей, то побачив там чоловіка, який не був одягнений у весільний одяг.
12 राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्तिले केही बोल्न सकेन ।
І сказав йому: «Друже, як ти зайшов сюди, не маючи весільного одягу?» Проте той мовчав.
13 त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
Тоді Цар сказав слугам: «Зв’яжіть йому руки та ноги й викиньте до зовнішньої тьми. Там буде плач та скрегіт зубів.
14 किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”
Адже багато покликаних, та мало обраних».
15 त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए ।
Тоді фарисеї пішли та радились, як спіймати Ісуса на слові.
16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्न ।
І надіслали до Нього своїх учнів разом з іродіанами, які запитали: ―Учителю, ми знаємо, що Ти праведний і правдиво навчаєш Божого шляху, ні на кого не зважаєш, адже не дивишся на людське обличчя.
17 त्यसैले, हामीलाई भन्नुहोस्, कि तपाईं के भन्नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”
Отже, скажи нам, як Ти вважаєш: чи годиться платити податок Кесареві, чи ні?
18 तर येशूले तिनीहरूको दुष्टता थाहा पाउनुभयो, र भन्नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ?
Але Ісус, зрозумівши їхнє лукавство, сказав: ―Чому ви випробовуєте Мене, лицеміри?
19 कर तिर्ने सिक्का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए ।
Покажіть Мені монету для податку. Вони принесли Йому динарій.
20 येशूले तिनीहरूलाई भन्नुभयो, “यी कसका नाम र छाप हुन्?”
Він сказав їм: ―Чиє це зображення та напис?
21 तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ ।”
Вони відповіли: ―Кесаря! Тоді Він сказав їм: ―Тож віддайте Кесареві – Кесареве, а Богові – Боже!
22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।
Почувши це, вони здивувалися й, залишивши Його, пішли геть.
23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,
Того ж дня прийшли до Нього садукеї, які кажуть, що не існує воскресіння з мертвих, і запитали Його:
24 “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्यो भने, उसको भाइले त्यसकी पत्नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।
―Учителю, Мойсей сказав: «Якщо хтось помре, не маючи дітей, то нехай його брат одружиться з дружиною померлого та підніме нащадка своєму братові».
25 तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्नी आफ्नो भाइलाई छोड्यो ।
Було ж у нас семеро братів. Перший одружився та помер, і, не маючи дітей, залишив дружину своєму братові.
26 त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।
Так само другий і третій – аж до сьомого.
27 तिनीहरू सबै मरेपछि त्यो स्त्री पनि मरी ।
Після всіх померла й жінка.
28 अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्त्री कुन चाहिँको पत्नी हुन्छे? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।”
Отже, при воскресінні дружиною котрого з семи вона буде? Адже всі мали її [за дружину].
29 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र वा परमेश्वरको शक्तिलाई जान्दैनौ ।
Ісус у відповідь сказав їм: ―Помиляєтеся, бо не знаєте ані Писання, ані сили Божої.
30 किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु, तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् ।
При воскресінні не одружуються й не виходять заміж, а є як ангели на небі.
31 तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,
А щодо воскресіння з мертвих, хіба ви не читали, що сказав вам Бог:
32 ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ?’ परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ ।”
«Я – Бог Авраама, Бог Ісаака і Бог Якова»? Він є Богом не мертвих, а живих!
33 जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्क परे ।
Почувши це, люди були здивовані Його вченням.
34 तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।
Фарисеї, почувши, що Він змусив садукеїв замовкнути, зібралися разом.
35 तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्न सोधे,
Один із них, учитель Закону, запитав Його, випробовуючи:
36 “गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिँ कुन हो?”
―Учителю, яка заповідь найбільша в Законі?
37 येशूले उनलाई भन्नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू ।
Він відповів йому: ―«Люби Господа Бога свого всім серцем своїм, усією своєю душею і всім своїм розумінням!»
38 योचाहिँ पहिलो र महान् आज्ञा हो ।
Це перша та найбільша заповідь.
39 अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’
А друга подібна до неї: «Люби ближнього свого, як самого себе».
40 सारा व्यवस्था र अगमवक्ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन् ।”
На ці дві заповіді спираються весь Закон та Пророки.
41 फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो ।
Коли зібралися фарисеї, Ісус запитав їх:
42 उहाँले भन्नुभयो, “तिमीहरू ख्रीष्टको बारेमा के विचार गर्दछौ? ख्रीष्ट कसका पुत्र हुन्?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”
―Що ви думаєте про Христа? Чий Він Син? Вони відповіли: ―Давидів!
43 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे,
Він сказав: ―Як же тоді Давид у Дусі називає Його Господом, коли каже:
44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ।’?”
«Господь сказав Господеві моєму: „Сядь праворуч від Мене, доки Я не покладу ворогів Твоїх, як підніжок для Твоїх ніг“».
45 यदि दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त?”
Отже, якщо Давид називає Його Господом, як Він може бути його Сином?
46 तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने साहस गरेन ।
І ніхто не міг Йому відповісти ані слова. Від того дня ніхто не наважувався запитувати Його.