< मत्ती 21 >
1 जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,
Když se blížili k Jeruzalému a přišli do Betfage u Olivové hory, poslal Ježíš dva ze svých učedníků napřed
2 र यसो भन्नुभयो, “तिमीहरू सामुन्नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।
a řekl jim: „Jakmile přijdete do vesnice tady před námi, najdete přivázanou oslici s oslátkem. Odvažte je a přiveďte mi je.
3 यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”
Kdyby se vás někdo ptal, co děláte, řekněte, co předpověděl prorok:
4 अगमवक्ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्नुभयो,
5 “‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”
‚Oznamte Jeruzalému: Tvůj král přichází k tobě, tichý, přijíždí na oslátku.‘“
6 तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे ।
Učedníci šli a udělali vše podle Ježíšova příkazu.
7 तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्नुभयो ।
Přivedli oslici i oslátko, místo sedla podložili své pláště a na ně posadili Ježíše.
8 भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।
Mnozí z davu pokládali své pláště na cestu, jiní osekávali větve ze stromů a zdobili jimi cestu.
9 येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना!”
Průvod lidí, který ho obklopoval zepředu i zezadu, volal:
10 जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?”
Když vjel do Jeruzaléma, celé město vřelo a lidé se vzrušeně ptali: „Kdo je to?“
11 भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्ता ।”
Z průvodu se ozývalo: „To je Ježíš, ten prorok z galilejského Nazaretu!“
12 त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका आसनहरू पल्टाइदिनुभयो ।
Ježíš pak vešel do chrámu a vyhnal všechny, kteří tu prodávali a kupovali, zpřevracel stoly směnárníků a prodavačů obětních holubů
13 उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्डा बनाउँछौ ।”
a řekl jim: „Písmo praví: Boží chrám je místem pro modlitbu, ale vy jste z něj udělali zlodějské doupě!“
14 तब दृष्टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
Na chrámovém nádvoří se kolem něj shlukli slepí a chromí a on je uzdravoval.
15 तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्ना” भनेर चिच्च्याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।
Když však velekněží a vykladači zákona viděli ty zázraky a slyšeli, jak i malé děti volají v chrámu: „Sláva Davidovu synu!“velmi je to pobouřilo.
16 तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्न सक्छौ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’?”
Vyčítali mu: „Neslyšíš, co volají?“On jim odpověděl: „Ovšem. Což jste nečetli v Písmu: I křik nemluvňat chválí Boha.“
17 त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो ।
Nechal je být a odešel zpět do Betanie, kde zůstal přes noc.
18 बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।
Když se ráno vracel do Jeruzaléma, dostal hlad.
19 उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो । (aiōn )
Všiml si fíkovníku u cesty. Když však přišel ke stromu, viděl, že na něm nejsou žádné plody, ale jen listí. Řekl: „Už nikdy se na tobě neurodí ovoce!“A ten fíkovník rázem uschl. (aiōn )
20 जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?”
Když to viděli učedníci, udiveně říkali: „Jak jsi to dokázal, že ten fíkovník tak rychle uschl?“
21 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ ।
Ježíš jim odpověděl: „Skutečně vám říkám, věříte-li bez pochybností, můžete dělat i větší věci než to, co jste nyní viděli. Kdybyste rozkázali této hoře, aby se pohnula a sesula do moře, pak se to stane.
22 तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
Všechno je pro vás dosažitelné, zač se s vírou modlíte.“
23 जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”
Když pak zas učil v chrámu, přišli k němu velekněží a židovští předáci a ptali se ho: „Jakým právem zde takto jednáš? Kdo ti k tomu dal moc?“
24 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु ।
„Řeknu vám to, ale nejprve odpovězte vy na moji otázku: Křtil Jan z pověření Boha nebo lidí?“Říkali si mezi sebou: „Odpovíme-li, že byl od Boha, namítne nám, proč jsme tedy nevěřili jeho slovům. A jestliže odpovíme záporně, pak abychom se báli davu, protože Jana všichni považují za proroka.“
25 यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर भन्नेछन् ।
26 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्नालाई एक अगमवक्ताको रूपमा हेर्दथे ।”
27 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।
Tak nakonec odpověděli: „Nevíme.“Nato Ježíš: „Ani já vám tedy neřeknu, kdo stojí za mnou.
28 तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’
Jak byste rozsoudili takový případ? Jeden muž měl dva syny a řekl jednomu z nich: ‚Jdi dnes pracovat na vinici!‘
29 त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्ल्यो र गयो ।
On však odpověděl: ‚Nechce se mi!‘Potom si to ale rozmyslel a šel.
30 र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन ।
O totéž požádal druhého syna. Ten řekl: ‚Ano, půjdu, ‘ale nešel.
31 यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्यो?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन् ।
Který z těch dvou synů poslechl svého otce?“Oni odpověděli: „Ten první.“„Právě tak, “řekl Ježíš, „vás podvodníci a prostitutky předbíhají do Božího království.
32 किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्वास गर्नलाई पछि तिमीहरूले पश्चात्ताप पनि गरेनौ ।
Jan Křtitel vám ukázal správnou cestu k pokání; vy jste na něj nedali, ale tihle lidé ano. Ani to vás nezahanbilo a stejně jste neposlechli.
33 अर्को दृष्टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।
Nyní si poslechněte jiný příběh: Byl jeden hospodář, který založil vinici. Obehnal ji plotem, zřídil v ní lis a postavil věž pro hlídače. Pak vinici pronajal vinařům a odcestoval.
34 जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।
V době vinobraní poslal k vinařům své zástupce, aby vybrali jeho podíl.
35 तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए ।
Vinaři je však popadli, jednoho zbili, druhého utloukli a dalšího ukamenovali. Hospodář tedy poslal další muže; tentokrát jich bylo více. Ale vinaři s nimi naložili stejně.
36 फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।
37 त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’
Nakonec k nim tedy poslal svého syna. Myslel si, že alespoň před ním budou mít respekt.
38 तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’
Ale když jej viděli přicházet, řekli si: ‚To je dědic! Zabijme ho a vinice bude naše!‘
39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।
Popadli ho, vyvlekli z vinice ven a zabili.
40 जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?”
Co myslíte, že udělá hospodář s těmi vinaři, až se vrátí?“
41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।”
Odpověděli mu: „Ty zločince dá bez milosti popravit a vinici pronajme lidem, kteří mu budou svědomitě odvádět výnosy.“
42 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ?’
Potom se jich Ježíš zeptal, zda znají slova Písma: „Kámen, který stavitelé neustále odkládali, sloužil nakonec jako hlavní svorník klenby. Jaký to div! Jak zvláštní věc Bůh udělal!“
43 यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।
„Chci tím říci, že vám Bůh odejme správu nad svým královstvím a svěří ji lidem, kteří mu budou odvádět, co mu patří.
44 जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”
Kdo ten kámen nedá na pravé místo, zakopne o něj, nebo ho kámen rozdrtí.“
45 जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्ने तिनीहरूले बुझे ।
Když velekněží a farizejové slyšeli tyto příměry, pochopili, že mluví o nich.
46 तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्ता मान्ने हुनाले तिनीहरू भिडसँग डराए ।
Chtěli ho zatknout, ale báli se davu, protože všichni považovali Ježíše za proroka.