< मत्ती 20 >
1 किनकि परमेश्वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।
Albowiem podobne jest królestwo niebieskie człowiekowi gospodarzowi, który wyszedł bardzo rano najmować robotników do winnicy swojej.
2 ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।
A zmówiwszy się z robotnikami z grosza na dzień posłał je do winnicy swojej.
3 उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे ।
A wyszedłszy o trzeciej godzinie, ujrzał drugich, którzy stali na rynku próżnujący;
4 उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।
I rzekł im: Idźcie i wy do winnicy, a co będzie sprawiedliwego, dam wam.
5 फेरि उनी बार्ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे ।
A oni poszli. Zasię wyszedłszy o szóstej i dziewiątej godzinie, także uczynił.
6 एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’
Potem o jedenastej godzinie wyszedłszy, znalazł drugie, którzy stali próżnujący, i rzekł im: Przecz tu stoicie cały dzień próżnujący?
7 तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’
Rzekli mu: Iż nas nikt nie najął; i rzekł im: Idźcie i wy do winnicy, a co będzie sprawiedliwego, weźmiecie.
8 जब साँझ पर्यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’
A gdy był wieczór, rzekł pan winnicy sprawcy swemu: Zawołaj robotników, a oddaj im zapłatę, począwszy od ostatnich aż do pierwszych.
9 जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए ।
A gdy przyszli oni, którzy o jedenastej godzinie byli najęci, wziął każdy z nich po groszu.
10 जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्त गरे ।
Przyszedłszy też i pierwsi, mniemali, że więcej wezmą; ale wzięli i oni, każdy z nich, po groszu.
11 जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।
A wziąwszy, szemrali przeciwko gospodarzowi,
12 तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्यौँ ।’
Mówiąc: Ci ostatni jednę godzinę robili, a uczyniłeś je nam równymi, którzyśmy znosili ciężar dnia i upalenie.
13 तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र?
A on odpowiadając rzekł jednemu z nich: Przyjacielu! nie czynię ci krzywdy; azaż się nie z grosza zmówił ze mną?
14 जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु ।
Weźmij, co twojego jest, a idź; chcę bowiem temu ostatniemu dać jako i tobie.
15 के मैले मेरो आफ्नो सम्पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्ट भएको हो?’
Azaż mi się nie godzi czynić z mojem, co chcę? Czyli oko twoje złośliwe jest, iżem ja jest dobry?
16 यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।”
Takci będą ostatni pierwszymi, a pierwsi ostatnimi; albowiem wiele jest wezwanych, ale mało wybranych.
17 जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्है जना चेलालाई अलग्गै राख्नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो,
A wstępując Jezus do Jeruzalemu, wziął z sobą dwanaście uczniów na osobne miejsce w drodze, i rzekł im:
18 “हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,
Oto wstępujemy do Jeruzalemu, Syn człowieczy będzie wydany przedniejszym kapłanom i nauczonym w Piśmie, i osądzą go na śmierć.
19 र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”
I wydadzą go poganom na pośmiewanie i na ubiczowanie i na ukrzyżowanie; ale trzeciego dnia zmartwychwstanie.
20 त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् । तिनी उहाँको अगाडि घोप्टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन् ।
Tedy przystąpiła do niego matka synów Zebedeuszowych z synami swoimi, kłaniając mu się, i prosząc nieco od niego.
21 येशूले तिनलाई भन्नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।”
A on jej rzekł; Czegóż chcesz? Rzekła mu: Rzecz, aby siedzieli ci dwaj synowie moi, jeden po prawicy twojej a drugi po lewicy w królestwie twojem.
22 तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ ।”
Ale Jezus odpowiadając rzekł: Nie wiecie, o co prosicie; możecież pić kielich, który ja będę pił? i chrztem, którym się ja chrzczę, być ochrzczeni? Rzekli mu: Możemy.
23 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ । तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ ।”
Tedy im rzekł: Kielichci mój pić będziecie, i chrztem, którym się ja chrzczę, ochrzczeni będziecie; ale siedzieć po prawicy mojej i po lewicy mojej, nie jest moja rzecz dać wam, ale tym, którym jest zgotowano od Ojca mojego.
24 जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्ट भए ।
A usłyszawszy to oni dziesięciu, rozgniewali się na onych dwóch braci.
25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन् ।
Ale Jezus zwoławszy ich, rzekł: Wiecie, iż książęta narodów panują nad nimi, a którzy wielcy są, mocy dokazują nad nimi.
26 तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ ।
Lecz nie tak będzie między wami: ale ktobykolwiek między wami chciał być wielkim, niech będzie sługą waszym.
27 र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ,
A ktobykolwiek między wami chciał być pierwszym, niech będzie sługą waszym.
28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
Jako i Syn człowieczy nie przyszedł, aby mu służono, ale aby służył, i aby dał duszę swą na okup za wielu.
29 जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो ।
A gdy oni wychodzili z Jerycha, szedł za nim wielki lud.
30 र दुई जना दृष्टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
A oto dwaj ślepi, siedzący przy drodze, usłyszawszy, iż Jezus przechodził, zawołali, mówiąc: Zmiłuj się nad nami, Panie, synu Dawidowy!
31 तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
Ale on lud gromił ich, aby milczeli; lecz oni tem więcej wołali, mówiąc: Zmiłuj się nad nami, Panie, synu Dawidowy!
32 तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”
A zastanowiwszy się Jezus, zawołał ich i rzekł: Cóż chcecie, abym wam uczynił?
33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”
Rzekli mu: Panie! aby były otworzone oczy nasze.
34 तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्टि प्राप्त गरे र उहाँलाई पछ्याए ।
A użaliwszy się ich Jezus, dotknął się oczu ich, a zaraz przejrzały oczy ich; i szli za nim.