< मत्ती 20 >

1 किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।
Kakuti muuso wa kuwulu uswana sina mwine webu yaba zwiili kuhanze kamapakela kukahira ba beleki ba muluwa lwakwe lwa muwomba.
2 ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।
Kuzaho cha zuminzana ni ba beleki kaku sebeleza i sheleni lyonke mwi zuba, chaba tumina mwiwa lyakwe lya muwomba.
3 उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे ।
Cho yenda hanze hape munako ilikana ihola zotatwe mi cha bona bamwi ba beleki bauzimene ni kusena ziba bali kutende mu chibaka cha musika.
4 उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।
Kubali na bacho, 'Inwe nanwe mu yende mwiwa lya muwomba, kanimihe chi lukite'. Haho chi ba yenda kuku vereka.
5 फेरि उनी बार्‍ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे ।
Hape cho yende kuhanze mwi ihola zibali kukwana iyanza lyonke ni iimwina, mi hape zimwi zibali kupanga iyanza ni zone ni kupanga kakuswana.
6 एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’
Hape ni hape mwihola yekumi ni yonke cha yenda hanze cha kawana bamwi niba zimene ni basena zi ba bali kutende. Cho ba wambila kuti, 'Chinzi hamu zimena bolyo hanu ni kusena zimutende mane izuba lyonse?'
7 तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’
Chi ba mwitaba kuti, 'kakuti ka kwina wa tuhira.' 'Linu cho wamba kubali nati, 'Nanwe muyende mwiwalya muwomba'.
8 जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’
Linu chitengwena, nfumwe wewa lya mawomba cho supa muhikana wakwe. 'Sumpe ba beleki njo ba luwera, ukalele kuwa manimani kukasika ku wentanzi.'
9 जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए ।
Linu ba beleki ba bahirwa ke nako yehola ichita ikumi ni yonke ha chiba sika, umwi ni wumwi na hora isheleni limwina.
10 जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे ।
Linu ba beleki babezi intanzi nabo chiba keza, ba bali kuzeza kuti muba lihiwe mangi, kono nabo chaba wana isheleni limwina.
11 जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।
Ha chiba tambula ituwelo zabo, niba bilela kaza nfumwe webu.
12 तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौँ ।’
Chiba wamba kuti, 'bana babeleki bama manimani ba babeleka bulyo ihola imwina, kono wabaliha iswana niyetu, iswe twa beleka ni kulemenwa izuba lyonse kamwi ni kahisite.'
13 तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र?
Kono nfumwe wewa cho wamba kuzumwi wabo bantu chati, 'Mulikani kakwina buvi buna ku chita. Kena kuti wa zuminzana name ka kuku liha isheleni liimwina?
14 जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु ।
Kohinde bulyo chako zwehateni uli yendeze mwinzila yako. Na lika kuliha ba beleki ba hirwa manainizo sina bulyo mukwi kalile kwako.
15 के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?’
Kana kakuni yelele kuti ni tende muni sakila ku chita ni ziluwantu zangu? Kapa liinso lyako linifwila muuna kakuli ni lukisa zangu?'
16 यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।”
Cho bulyo bama manimani kababe be ntanzi mi bentanzi kababe bama manimani.”
17 जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,
Aho Jesu ha bali kukaya kwa Jerusalema, cho hinda ba bena ikumi ni bobele kwimbali, imi munzila cho wamba kubali nati,
18 “हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,
“Mu bwene, tukaya kwa Jerusalema, imi Mwan'a Muntu mwa hewe mumanza aba kulwana ba mapulisita ni ba ñoli. Ka ba muatwile ifu
19 र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”
imi ka hewe kubantu feela kuti ba mushubule, ba mushupe, ni ku mukokotela. Kono mwi zuba lya butatu mwa buswe.
20 त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् । तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन् ।
Linu inyina wa bana ba mitangana ba Zebediya chowiza nabo kwa Jesu. Cho fukama habusu bwakwe ni ku mukumbila chimwi chintu.
21 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।”
Jesu choti kwali, “Chinzi cho suni?” Chato kwali, “Layele kuti aba bana bangu bobele ba bamitangana bekale, umwina abe kwi yanza lyako lye chilyo imi zumwi kwiyanza lyako lye chi nzohoto mu muuso wako.”
22 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ ।”
Kono Jesu cho mwitaba ni kuwamba kuti, “Kawizi cho kwete ku kumbila. Kana u yelela kunywina muchi nywinso chente ni nywine hahanu?” Chi ba mwitaba kuti, “tuwola.” Cho wamba kuti, “Ikumbya inkomoki yangu mu munywine mo.
23 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ । तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ ।”
Kono za kwikala kwiyanza lyangu lya chilyo ni yanza lyangu lye chinzohoto kahena njeme yo yelela ku kuziha, kono ka zibe njiza bana balukisezwe kuba Tayo.”
24 जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए ।
Linu bamwi balutwana ba bena ikumi habazuwa bulyo, chiba nyelelwa muntu ni mwanche.
25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन् ।
Kono Jesu choba sumpila kumbali yakwe, ni kuba wambila kuti, “Mwizi kuti bayendisi be chichaba ba sebelisa ku lyatilila bamwi imi mane bantu bamazimo ba lyatilila tota.
26 तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ ।
Kono sanzi kubi mweyo inzila mukati kanu. Ni ha mubonabulyo, yense yo lakaza kuba mukando mukati kanu abe muhikana wenu.
27 र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ,
Hape yense yo lakaza kuba wentanzi abe muhikana wenu,
28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
Sina hakwina kuti Mwan a Muntu kena abezili ku sebelezwa, kono kusebeleza, kono nikuha buhalo bwakwe chitabelo ku bantu bonse.”
29 जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो ।
Habali kuzwa kwa Jerico, ikunga ikando ni chi lyamwi chilila.
30 र दुई जना दृष्‍टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
Imi kubena bakwame bobele babali ku fwile meenso ba bekele kwi mbali yamukwakwa. Linu haba zuwa kuti Jesu abali kuhita, chi batabeleza kaku huweleza, “Simwine, Mwan'a Daafita, utufwile inse.”
31 तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
Ikunga chilyaba nyaza ni ku bawambila kuti batontole, kono abo nji balila cha kuhuweleza kuti “Simwine, Mwan'a Daafita, utufwile inse.”
32 तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”
Linu Jesu, cho zimana nasa nyanganyi ni ku basumpa ni kuta kuti, “Chinzi chi mulakaza kuti ni mitendele?”
33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”
Chi ba wamba kuti, “Simwine, kuti meenso eetu eyaluke.”
34 तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।
Linu Jesu, cho bafwila inse, cho bawonda ha meenso abo. Pona haho chiba bone ni ku mwichilila.

< मत्ती 20 >