< मत्ती 2 >
1 यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्न लागे,
Now when Jesus was born in Bethlehem of Judea, in the days of king Herod, behold, there came certain wise men from the east to Jerusalem,
2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।”
saying, Where is the king of the Jews that is born here? for we have seen his star in the east and are come to worship Him.
3 जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए ।
And when Herod the king heard it, he was troubled, and all Jerusalem with him:
4 हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्ट कहाँ छन्?”
and having summoned together all the chief priests and scribes of the people, he enquired of them where the Messiah was to be born: and they told him, at Bethlehem in Judea;
5 तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो,
for thus it is written by the prophet,
6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”
"And thou Bethlehem in the land of Juda art not the meanest among the cities of the princes of Juda; for out of thee shall come forth a ruler, that shall feed my people Israel."
7 त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।
Then Herod called the wise men to him privately, and inquired of them exactly the time of the star's appearing:
8 उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”
and sending them to Bethlehem, he said, Go and make diligent search for the child, and when ye have found Him, let me know, that I also may come and worship Him.
9 तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो ।
When they had heard the king, they went: and lo, the star, which they saw in the east, went on before them, till it came and stood over the place where the child was.
10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।
And when they saw the star, they rejoiced with exceeding great joy;
11 तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।
and coming into the house, they found the child with Mary his mother, and they fell down and worshipped Him: and when they had opened their treasures, they brought Him presents, of gold, frankincense, and myrrh.
12 परमेश्वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
And being warned of God in a dream not to return to Herod, they went back into their own country another way.
13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।”
And when they were departed, behold an angel of the Lord appeareth to Joseph in a dream, saying, Rise and take the child and his mother, and flee into Egypt, and continue there, untill I tell thee to return: for Herod will seek the child to destroy Him.
14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।
And he arose and took the child and his mother by night, and went away into Egypt:
15 हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे । अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको कुरा यसरी पुरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”
and stayed there till the death of Herod: that it might be fulfilled which the Lord spake by the prophet, saying, " Out of Egypt have I called my Son."
16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
Then Herod, when he saw that he was baffled by the wise-men, was very much enraged; and he sent and slew all the male-children in Bethlehem, and in all its borders, from two years old and under, according to the time which he had exactly inquired of the wise-men.
17 यसरी यर्मिया अगमवक्ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो,
Then was fulfilled that which was spoken by Jeremias the prophet,
18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”
saying, In Rama was there a voice heard, lamentation, and weeping, and great mourning, Rachel bewailing her children, and would not be comforted, because they are not.
19 जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,
But when Herod was dead, behold, an angel of the Lord appeareth in a dream to Joseph in Egypt,
20 “उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।”
saying, Arise and take the child and his mother, and go into the land of Israel: for they, that sought the child's life, are dead.
21 योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।
And he arose, and took the child and his mother, and came into the land of Israel:
22 तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे,
but when he heard that Archelaus reigned over Judea in the room of Herod his father, he was afraid to go thither; however being warned of God in a dream, he retired into the district of Galilee.
23 र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्ताहरूद्वारा बोलिएको वचन यसरी पुरा भयो ।
And he came and dwelt in a city called Nazareth, that it might be fulfilled which was spoken by the prophets, He shall be called a Nazarene.