< मत्ती 2 >

1 यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे,
After Jesus was born in Bethlehem of Judea, in the days of Herod the king, behold, wise men from the east arrived in Jerusalem,
2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।”
saying, “Where is the child who has been born king of the Jews? For we saw his star in the east and have come to worship him.”
3 जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए ।
When Herod the king heard this, he was troubled, and all Jerusalem with him.
4 हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्‍त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन्?”
So he assembled all the chief priests and scribes of the people, and inquired of them where the Christ was to be born.
5 तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो,
They told him, “In Bethlehem of Judea, for so it is written by the prophet,
6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”
‘But yoʋ Bethlehem, in the land of Judah, are by no means least among the rulers of Judah; for from yoʋ will come a ruler who will shepherd my people Israel.’”
7 त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।
Then Herod secretly called the wise men and ascertained from them what time the star had appeared.
8 उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”
He sent them to Bethlehem and said, “Go search diligently for the child, and when you have found him, bring me word so that I too may go and worship him.”
9 तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो ।
They listened to the king and went on their way, and behold, the star they had seen in the east went before them until it came and stopped over the place where the child was.
10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।
When they saw the star, they rejoiced with exceedingly great joy.
11 तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।
As they came into the house and saw the child with his mother Mary, they fell down and worshiped him. Then they opened their treasures and offered him gifts: gold, frankincense, and myrrh.
12 परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
And being warned in a dream not to return to Herod, they departed for their own country by another way.
13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।”
After they were gone, behold, an angel of the Lord appeared to Joseph in a dream, saying, “Rise, take the child and his mother and flee to Egypt, and stay there until I tell yoʋ, for Herod is about to seek the child, to destroy him.”
14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।
So Joseph rose, took the child and his mother by night, and departed for Egypt,
15 हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पुरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”
where he stayed until the death of Herod. This was to fulfill what the Lord had said through the prophet: “Out of Egypt I called my son.”
16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
When Herod saw that he had been fooled by the wise men, he was greatly enraged and sent men to kill all the boys in Bethlehem and in its vicinity who were two years old and under, according to the time that he had ascertained from the wise men.
17 यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो,
Then what had been spoken by the prophet Jeremiah was fulfilled:
18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”
“A voice was heard in Ramah, wailing, weeping, and great lamentation, Rachel weeping for her children, and she refused to be comforted, because they are no more.”
19 जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,
After Herod died, behold, an angel of the Lord appeared in a dream to Joseph in Egypt,
20 “उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।”
saying, “Rise, take the child and his mother, and go to the land of Israel, for those who were seeking the child's life are dead.”
21 योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।
So Joseph rose, took the child and his mother, and went to the land of Israel.
22 तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे,
But when he heard that Archelaus was reigning over Judea in place of his father Herod, he was afraid to go there. And being warned in a dream, he withdrew to the district of Galilee
23 र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्‍ताहरूद्वारा बोलिएको वचन यसरी पुरा भयो ।
and came and dwelt in a town called Nazareth, so that what had been spoken by the prophets might be fulfilled: “He will be called a Nazarene.”

< मत्ती 2 >