< मत्ती 19 >

1 जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।
І сталось, як Ісус закінчи́в ці слова́, то Він ви́рушив із Галілеї, і прибув до країни Юдейської, на то́й бік Йорда́ну.
2 एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
А за Ним ішла бе́зліч наро́ду, — і Він уздоро́вив їх тут.
3 फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”
І підійшли фарисеї до Нього, і, випробо́вуючи, запитали Його: „Чи дозволено дружи́ну свою відпускати з причини всякої?“
4 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो?”
А Він відповів і сказав: „Чи ви не читали, що Той, Хто створив споконві́ку людей, „створив їх чоловіком і жінкою?“
5 अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’
І сказав: „Покине тому́ чоловік батька й матір, і пристане до дружи́ни своєї, — і стануть обо́є вони одним тілом“,
6 यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस् ।”
тому́ то немає вже двох, але́ одне тіло. Тож, що Бог спарува́в, — людина нехай не розлу́чує!“
7 तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त?”
Вони кажуть Йому: „А чому́ ж Мойсей заповів дати листа розводо́вого, та й відпускати?“
8 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन ।
Він говорить до них: „То за ваше жорстокосе́рдя дозволив Мойсей відпускати дружи́н ваших, споча́тку ж так не було́.
9 म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”
А Я вам кажу́: Хто дружи́ну відпустить свою не з причини пере́любу, і одру́житься з іншою, той чинить пере́люб. І хто одру́житься з розве́деною, той чинить пере́люб“.
10 चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।”
Учні говорять Йому: „Коли справа така чоловіка із дружи́ною, то не добре одру́жуватись“.
11 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “सबै व्यक्‍तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ ।
А Він їм відказав: „Це слово вміщають не всі, але ті, кому да́но.
12 किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे । र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए । र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैँलाई नपुंसक बनाए । जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ, उसले ग्रहण गरोस् ।”
Бо бувають скопці, що з утро́би ще матерньої народилися так; є й скопці, що їх люди оскопи́ли, і є скопці, що самі оскопи́ли себе ради Царства Небесного. Хто може вмістити, — нехай вмістить“.
13 त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
Тоді привели Йому ді́ток, щоб поклав на них руки, і за них помолився, учні ж їм докоряли.
14 तथापि येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।”
Ісус же сказав: „Пустіть ді́ток, і не бороніть їм прихо́дити до Мене, — бо Царство Небесне належить таким“.
15 अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो ।
І Він руки на них покла́в, та й пішов звідтіля́.
16 हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्‍त गर्न के असल काम गर्नुपर्छ?” (aiōnios g166)
І підійшов ось один, і до Нього сказав: „Учителю Добрий, що маю зробити я доброго, щоб мати життя вічне?“ (aiōnios g166)
17 येशूले उसलाई भन्‍नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ? एक मात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर ।”
Він же йому відказав: „Чого звеш Мене Добрим? Ніхто не є Добрий, крім Бога Само́го. Коли ж хочеш ввійти до життя, то виконай заповіді“.
18 त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्‍नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,
Той питає Його: „Які саме!“А Ісус відказав: „Не вбивай, не чини пере́любу, не кради́, не свідкуй неправдиво.
19 आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”
Шануй батька та матір“, і: „Люби свого ближнього, як само́го себе“.
20 त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?”
Говорить до Нього юна́к: „Це я виконав все. Чого́ ще бракує мені?“
21 येशूले उसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।”
Ісус каже йому: „Коли хочеш бути досконалим, — піди, продай до́бра свої та й убогим роздай, — і матимеш скарб ти на небі. Пото́му приходь та й іди вслід за Мною“.
22 तर जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्‍पत्ति भएको मानिस थियो ।
Почувши ж юна́к таке слово, відійшов, зажурившись, — бо великі маєтки він мав.
23 येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ ।
Ісус же сказав Своїм учням: Поправді кажу вам, що багатому трудно ввійти в Царство Небесне.
24 म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”
Іще вам кажу́: Верблю́дові легше пройти через го́лчине ву́шко, ніж багатому в Боже Царство ввійти́!“
25 जब चेलाहरूले यो सुने, तिनीहरू सार्‍है छक्‍क परे र भने, “त्यसो भए को बचाइन सक्छ?”
Як учні ж Його це зачули, здивувалися дуже й сказали: „Хто́ ж тоді може спасти́ся?“
26 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छन् ।”
А Ісус позирнув і сказав їм: „Неможливе це лю́дям, та можливе все Богові“.
27 त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ?”
Тоді відізвався Петро та до Нього сказав: „От усе ми покинули, та й пішли за Тобою слідом; що́ ж нам буде за це?“
28 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्‍नेछौ ।
А Ісус відказав їм: „Поправді кажу́ вам, що коли, при відно́вленні світу, Син Лю́дський засяде на престолі слави Своєї, тоді сядете й ви, що за Мною пішли, на дванадцять престолів, щоб судити дванадцять племе́н Ізраїлевих.
29 प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ । (aiōnios g166)
І кожен, хто за Йме́ння Моє кине дім, чи братів, чи сесте́р, або ба́тька, чи матір, чи діти, чи зе́млі, — той багатокротно одержить і успадку́є вічне життя. (aiōnios g166)
30 तर धेरै जना जो अहिले पहिला छन्, तिनीहरू पछि पर्नेछन्, र धेरै जना जो पछि परेका छन्, तिनीहरू पहिला हुनेछन् ।
І багато-хто з перших останніми стануть, а останні — першими.

< मत्ती 19 >