< मत्ती 17 >
1 छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो ।
Ki kume nukkundi Yesu tu Bitrus kange Yakubu kange Yuwana yiciye yaken ki co bangko cweem cwemeu, ki bwico.
2 उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्त्र प्रकाशझैँ उज्यालो भयो ।
Yirom cembo tii ba kabum ciyembo tikob cebo, ti bibai na kakuk, kange bellece ti tibai na filang.
3 हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे ।
Katten di Musa kange Iliya cerkangu cinen, tak.
4 पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तिनवटा वासस्थान बनाउनेछु– एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
Bitru kari, yi Yecu Teluwe yori bo fo fiye wo bo wiye. Tona mon cwitiri man ywel bi kurdo tar, win kimo win ki Musa, win ki Iliya
5 जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्न छु । यिनको कुरा सुन ।”
Co mor takka kerer biloro tia nyi cumo co diro coro bi loromi yici kiwo bi bwini mi cwiye coni fumen nen tiye kom nuco.
6 जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए ।
La bibei tomange ce nuwa yori cin mwelken dorcero bitene wori cin cwatai.
7 अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्नुभयो, “उठ र नडराओ ।”
Yecu bo ke ci yici ki kweni kom nuware tai.
8 त्यसपछि उनीहरूले माथि हेरे, तर येशूलाई बाहेक अरू कसैलाई देखेनन् ।
Ci kum dore ciyero, cito bo nii.
9 जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।”
Fiyaci yirouti bang Yecu nyiki kom yire ni dukkum bowo fico bi bwe nii kwanen.
10 उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्त्रीहरू किन भन्छन् त?”
Bi bei bwangka ce me ki yebwe ni mulanka a tok ti ki Iliya yo boteye?
11 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन् ।
Yecu diye cinen ki Iliya an boragu ki dikero.
12 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन्, तर तिनीहरूले उनलाई चिनेनन् । त्यसको बदला, तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे । त्यसै गरी, मानिसका पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्नेछन् ।”
Di miyi kom ti iliya kweri bou dila ci yomkombo nyori cin macinen diker ci cwiye. nurewo, bi bwe nifire an nuwa dotange kan ciye.
13 अनि उहाँले बप्तिस्मा-दिने यूहन्नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्ने कुरा चेलाहरूले बुझे ।
wo bi bei tomangece ci nyme ki tok cine kero tok Yuhana nii yuka mogen.
14 जब उहाँहरू भिड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो,
Ci law fiye mwirkanka ko weyenri kange nii bo cine, cunguge kabumce toki.
15 “प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ । किनकि ऊ प्रायः आगो वा पानीमा खस्दछ ।
Teluwe ci bi bwemi wori ki juwe takeu, nuwa dotangeti kwabi ki yalti mwem kange kira ngit.
16 मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर उनीहरूले उसलाई निको पार्न सकेनन् ।”
Maboki ci bi bei tomange nin cin dor bo twaka.
17 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “हे अविश्वासी र भ्रष्ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्ने? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने? उसलाई यता मकहाँ ल्याओ ।”
Yecu, Kari tokki nom bwini birinke kange cwatanka kle fiya fiyang mayi ti ki kome ko bo ki co fiye mi wiye.
18 येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो ।
Yecu kwenancinenten la ning bwice celum bwi fiya tai ka?
19 त्यसपछि चेलाहरू गुप्तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ?”
Bi bei tomange ce bo Yecu nen yulum yurang me ki yebi nyo fweki co kake?
20 येशूले उनीहरूलाई भन्नुभयो, “तिमीहरूको कमजोर विश्वासको कारण । किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन ।
Yecu yiciki bilenker kumero nyo bi duwar mi yi kom ti naki kam wii ki beilenker na nun bi katairi kam nyi tiyo kamki kwam yaken fire tiyo an kom dike kange mani wo ala bi gwamm ki matiye.
21 तर यस्तो किसिमको भूतात्माचाहिँ प्रार्थना र उपवासविना बाहिर निस्कँदैन ।”
La iren kelkeliyo wo mani a certi ciya kwobka dilo.
22 जब उहाँहरू गालीलमा बस्नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।
Ciyim Galili, Yecu yi bei tomange ce ki ciyan ne bi bweni kan nii.
23 र तिनीहरूले उनलाई मार्नेछन् र उनी तेस्रो दिनमा उठाइनेछन् ।” चेलाहरू औधी दुःखित भए ।
Ci nyi mom twirum co ki kume tar an kwenum bibei tomange ceu nero kayam.
24 जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन्?”
Ci lam Kafanahum nubo yo dortiyeu wumer cekeltiyeu cin bo Bitru. ciki nii merankakumeko, ne wumer cekeliti. Na dore ce?
25 उनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट?”
Co toki ong dila Bitru do ken mor luwe Yecu ter kero kange co, nye mo kwatiye Saminu? liyam karero ciki nyo kemer doren wine kika kemer mweng fiye nobfuwai.
26 जब पत्रुसले “परदेशीहरूबाट” भनेर भने, येशूले उनलाई भन्नुभयो, “त्यसो भए, प्रजाहरूचाहिँ कर तिर्नबाट मुक्त हुन्छन् ।
Bitru kar cinen fiye Fabubo wiye Yecu yic nyori citu nob finyige keben yakako dila kari.
27 हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”
Bi don nyo ka doreka bwirangke, kam ya wima, mam ker bibumo kom tau jinge wo ter bo kakeri. tano kom wom niceri, komfiya cekelo kumtu kone nubo yodoro tiyeu mi kange mwin.