< मत्ती 16 >

1 फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।
તદાનીં ફિરૂશિનઃ સિદૂકિનશ્ચાગત્ય તં પરીક્ષિતું નભમીયં કિઞ્ચન લક્ષ્મ દર્શયિતું તસ્મૈ નિવેદયામાસુઃ|
2 तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’
તતઃ સ ઉક્તવાન્, સન્ધ્યાયાં નભસો રક્તત્વાદ્ યૂયં વદથ, શ્વો નિર્મ્મલં દિનં ભવિષ્યતિ;
3 र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।
પ્રાતઃકાલે ચ નભસો રક્તત્વાત્ મલિનત્વાઞ્ચ વદથ, ઝઞ્ભ્શદ્ય ભવિષ્યતિ| હે કપટિનો યદિ યૂયમ્ અન્તરીક્ષસ્ય લક્ષ્મ બોદ્ધું શક્નુથ, તર્હિ કાલસ્યૈતસ્ય લક્ષ્મ કથં બોદ્ધું ન શક્નુથ?
4 एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो ।
એતત્કાલસ્ય દુષ્ટો વ્યભિચારી ચ વંશો લક્ષ્મ ગવેષયતિ, કિન્તુ યૂનસો ભવિષ્યદ્વાદિનો લક્ષ્મ વિનાન્યત્ કિમપિ લક્ષ્મ તાન્ ન દર્શયિય્યતે| તદાનીં સ તાન્ વિહાય પ્રતસ્થે|
5 चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से ।
અનન્તરમન્યપારગમનકાલે તસ્ય શિષ્યાઃ પૂપમાનેતું વિસ્મૃતવન્તઃ|
6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
યીશુસ્તાનવાદીત્, યૂયં ફિરૂશિનાં સિદૂકિનાઞ્ચ કિણ્વં પ્રતિ સાવધાનાઃ સતર્કાશ્ચ ભવત|
7 चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।”
તેન તે પરસ્પરં વિવિચ્ય કથયિતુમારેભિરે, વયં પૂપાનાનેતું વિસ્મૃતવન્ત એતત્કારણાદ્ ઇતિ કથયતિ|
8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ?
કિન્તુ યીશુસ્તદ્વિજ્ઞાય તાનવોચત્, હે સ્તોકવિશ્વાસિનો યૂયં પૂપાનાનયનમધિ કુતઃ પરસ્પરમેતદ્ વિવિંક્ય?
9 पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?
યુષ્માભિઃ કિમદ્યાપિ ન જ્ઞાયતે? પઞ્ચભિઃ પૂપૈઃ પઞ્ચસહસ્રપુરુષેષુ ભોજિતેષુ ભક્ષ્યોચ્છિષ્ટપૂર્ણાન્ કતિ ડલકાન્ સમગૃહ્લીતં;
10 अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ?
તથા સપ્તભિઃ પૂપૈશ્ચતુઃસહસ્રપુરુષેષુ ભેજિતેષુ કતિ ડલકાન્ સમગૃહ્લીત, તત્ કિં યુષ્માભિર્ન સ્મર્ય્યતે?
11 मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
તસ્માત્ ફિરૂશિનાં સિદૂકિનાઞ્ચ કિણ્વં પ્રતિ સાવધાનાસ્તિષ્ઠત, કથામિમામ્ અહં પૂપાનધિ નાકથયં, એતદ્ યૂયં કુતો ન બુધ્યધ્વે?
12 त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
તદાનીં પૂપકિણ્વં પ્રતિ સાવધાનાસ્તિષ્ઠતેતિ નોક્ત્વા ફિરૂશિનાં સિદૂકિનાઞ્ચ ઉપદેશં પ્રતિ સાવધાનાસ્તિષ્ઠતેતિ કથિતવાન્, ઇતિ તૈરબોધિ|
13 जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?”
અપરઞ્ચ યીશુઃ કૈસરિયા-ફિલિપિપ્રદેશમાગત્ય શિષ્યાન્ અપૃચ્છત્, યોઽહં મનુજસુતઃ સોઽહં કઃ? લોકૈરહં કિમુચ્યે?
14 उनीहरूले भने, “कोही भन्छन् बप्‍तिस्मा-दिने यूहन्‍ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्दछन् ।”
તદાનીં તે કથિતવન્તઃ, કેચિદ્ વદન્તિ ત્વં મજ્જયિતા યોહન્, કેચિદ્વદન્તિ, ત્વમ્ એલિયઃ, કેચિચ્ચ વદન્તિ, ત્વં યિરિમિયો વા કશ્ચિદ્ ભવિષ્યદ્વાદીતિ|
15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”
પશ્ચાત્ સ તાન્ પપ્રચ્છ, યૂયં માં કં વદથ? તતઃ શિમોન્ પિતર ઉવાચ,
16 सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ।”
ત્વમમરેશ્વરસ્યાભિષિક્તપુત્રઃ|
17 येशूले उत्तर दिनुभयो र उनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
તતો યીશુઃ કથિતવાન્, હે યૂનસઃ પુત્ર શિમોન્ ત્વં ધન્યઃ; યતઃ કોપિ અનુજસ્ત્વય્યેતજ્જ્ઞાનં નોદપાદયત્, કિન્તુ મમ સ્વર્ગસ્યઃ પિતોદપાદયત્|
18 म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् । (Hadēs g86)
અતોઽહં ત્વાં વદામિ, ત્વં પિતરઃ (પ્રસ્તરઃ) અહઞ્ચ તસ્ય પ્રસ્તરસ્યોપરિ સ્વમણ્ડલીં નિર્મ્માસ્યામિ, તેન નિરયો બલાત્ તાં પરાજેતું ન શક્ષ્યતિ| (Hadēs g86)
19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । तिमीले पृथ्वीमा जे कुरा बाँध्‍नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।”
અહં તુભ્યં સ્વર્ગીયરાજ્યસ્ય કુઞ્જિકાં દાસ્યામિ, તેન યત્ કિઞ્ચન ત્વં પૃથિવ્યાં ભંત્સ્યસિ તત્સ્વર્ગે ભંત્સ્યતે, યચ્ચ કિઞ્ચન મહ્યાં મોક્ષ્યસિ તત્ સ્વર્ગે મોક્ષ્યતે|
20 त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।
પશ્ચાત્ સ શિષ્યાનાદિશત્, અહમભિષિક્તો યીશુરિતિ કથાં કસ્મૈચિદપિ યૂયં મા કથયત|
21 त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।
અન્યઞ્ચ યિરૂશાલમ્નગરં ગત્વા પ્રાચીનલોકેભ્યઃ પ્રધાનયાજકેભ્ય ઉપાધ્યાયેભ્યશ્ચ બહુદુઃખભોગસ્તૈ ર્હતત્વં તૃતીયદિને પુનરુત્થાનઞ્ચ મમાવશ્યકમ્ એતાઃ કથા યીશુસ્તત્કાલમારભ્ય શિષ્યાન્ જ્ઞાપયિતુમ્ આરબ્ધવાન્|
22 तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”
તદાનીં પિતરસ્તસ્ય કરં ઘૃત્વા તર્જયિત્વા કથયિતુમારબ્ધવાન્, હે પ્રભો, તત્ ત્વત્તો દૂરં યાતુ, ત્વાં પ્રતિ કદાપિ ન ઘટિષ્યતે|
23 तर येशू फर्कनुभयो र पत्रुसलाई भन्‍नुभयो, “शैतान, मबाट टाढा होइजा! तँ मेरो लागि बाधा होस्, किनकि तैँले परमेश्‍वरका कुराहरूलाई ध्यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् ।”
કિન્તુ સ વદનં પરાવર્ત્ય પિતરં જગાદ, હે વિઘ્નકારિન્, મત્સમ્મુખાદ્ દૂરીભવ, ત્વં માં બાધસે, ઈશ્વરીયકાર્ય્યાત્ માનુષીયકાર્ય્યં તુભ્યં રોચતે|
24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
અનન્તરં યીશુઃ સ્વીયશિષ્યાન્ ઉક્તવાન્ યઃ કશ્ચિત્ મમ પશ્ચાદ્ગામી ભવિતુમ્ ઇચ્છતિ, સ સ્વં દામ્યતુ, તથા સ્વક્રુશં ગૃહ્લન્ મત્પશ્ચાદાયાતુ|
25 किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ ।
યતો યઃ પ્રાણાન્ રક્ષિતુમિચ્છતિ, સ તાન્ હારયિષ્યતિ, કિન્તુ યો મદર્થં નિજપ્રાણાન્ હારયતિ, સ તાન્ પ્રાપ્સ્યતિ|
26 किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?
માનુષો યદિ સર્વ્વં જગત્ લભતે નિજપ્રણાન્ હારયતિ, તર્હિ તસ્ય કો લાભઃ? મનુજો નિજપ્રાણાનાં વિનિમયેન વા કિં દાતું શક્નોતિ?
27 किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
મનુજસુતઃ સ્વદૂતૈઃ સાકં પિતુઃ પ્રભાવેણાગમિષ્યતિ; તદા પ્રતિમનુજં સ્વસ્વકર્મ્માનુસારાત્ ફલં દાસ્યતિ|
28 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्‍नेछैन ।”
અહં યુષ્માન્ તથ્યં વચ્મિ, સરાજ્યં મનુજસુતમ્ આગતં ન પશ્યન્તો મૃત્યું ન સ્વાદિષ્યન્તિ, એતાદૃશાઃ કતિપયજના અત્રાપિ દણ્ડાયમાનાઃ સન્તિ|

< मत्ती 16 >