< मत्ती 16 >

1 फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।
Afarisi ndi Asaduki anabwera kwa Yesu ndi kumuyesa pomufunsa kuti awaonetse chizindikiro chochokera kumwamba.
2 तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’
Iye anayankha kuti, “Kunja kukamada, inu mumati, kudzakhala nyengo yabwino popeza thambo ndi lofiira.
3 र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।
Ndipo mmawa mumati, ‘Lero kudzakhala mvula yamphepo popeza thambo ndi lofiira ndi mitambo ya mvula.’ Inu mumadziwa kutanthauzira maonekedwe a thambo koma simungathe kutanthauzira zizindikiro za nthawi.
4 एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो ।
Mʼbado woyipa ndi wachigololo umafuna chizindikiro chodabwitsa koma palibe ngakhale chimodzi chidzapatsidwa kupatula chizindikiro cha Yona.” Pamenepo Yesu anawasiya nachoka.
5 चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से ।
Koma atawoloka nyanja, ophunzira anayiwala kutenga buledi.
6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
Yesu anawawuza kuti, “Chenjerani, khalani tcheru ndi yisiti wa Afarisi ndi Asaduki.”
7 चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।”
Iwo anakambirana pakati pawo za izi ndipo anati, “Ichi nʼchifukwa chakuti sitinatenge buledi aliyense.”
8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ?
Yesu atadziwa zokambirana zawo, anawafunsa kuti, “Chifukwa chiyani mukukambirana zakuti, ‘mulibe buledi?’ Inu achikhulupiriro chochepa.
9 पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?
Kodi inu simukumvetsetsabe? Kodi simukukumbukira za buledi musanu amene anadya anthu 5,000 ndi madengu amene munadzaza?
10 अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ?
Kapena buledi musanu ndi muwiri amene anadya anthu 4,000, nanga ndi madengu angati amene munadzaza?
11 मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
Zitheka bwanji kuti inu simukumvetsetsa kuti Ine sindinkayankhula nanu za buledi? Koma inu chenjerani ndi yisiti wa Afarisi ndi Asaduki.”
12 त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
Kenaka iwo anazindikira kuti Iye samawawuza kuti achenjere ndi yisiti wa buledi koma ndi chiphunzitso cha Afarisi ndi Asaduki.
13 जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?”
Yesu atafika ku chigawo cha Kaisareya Filipo, Iye anafunsa ophunzira ake kuti, “Kodi anthu amati Mwana wa Munthu ndi ndani?”
14 उनीहरूले भने, “कोही भन्छन् बप्‍तिस्मा-दिने यूहन्‍ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्दछन् ।”
Iwo anayankha kuti, “Ena amati ndi Yohane Mʼbatizi; ena amati ndi Eliya; komanso ena amati Yeremiya kapena mmodzi wa aneneri.”
15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”
Iye anafunsa kuti, “Nanga inuyo mumati ndine yani?”
16 सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ।”
Simoni Petro anayankha kuti, “Inu ndinu Khristu, Mwana wa Mulungu wamoyo.”
17 येशूले उत्तर दिनुभयो र उनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
Yesu anati kwa iye, “Ndiwe wodala Simoni mwana wa Yona, popeza si munthu amene anakuwululira izi koma Atate anga akumwamba.
18 म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् । (Hadēs g86)
Ndipo Ine ndikuwuza iwe kuti ndiwe Petro ndipo pa thanthwe ili Ine ndidzamangapo mpingo wanga ndipo makomo a ku gehena sadzawugonjetsa. (Hadēs g86)
19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । तिमीले पृथ्वीमा जे कुरा बाँध्‍नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।”
Ine ndidzakupatsa makiyi a Ufumu wakumwamba, ndipo chilichonse chimene iwe udzachimanga pansi pano chidzamangidwanso kumwamba.”
20 त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।
Pamenepo Iye anachenjeza ophunzira ake kuti asawuze wina aliyense kuti ndi Khristu.
21 त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।
Kuyambira nthawi imeneyo Yesu anayamba kuwafotokozera ophunzira ake kuti Iye ayenera kupita ku Yerusalemu ndi kukazunzidwa kwambiri mʼmanja mwa akulu a ansembe ndi aphunzitsi amalamulo kuti ayenera kuphedwa, ndi kuti tsiku lachitatu adzaukitsidwa.
22 तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”
Petro anamutengera Iye pambali nayamba kumudzudzula kuti, “Dzichitireni chifundo Ambuye, sizingachitike kwa Inu ayi.”
23 तर येशू फर्कनुभयो र पत्रुसलाई भन्‍नुभयो, “शैतान, मबाट टाढा होइजा! तँ मेरो लागि बाधा होस्, किनकि तैँले परमेश्‍वरका कुराहरूलाई ध्यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् ।”
Yesu anatembenuka nati kwa Petro, “Choka pamaso panga Satana! Iwe ndi chokhumudwitsa kwa Ine; iwe suganizira zinthu za Mulungu koma zinthu za anthu.”
24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
Pamenepo Yesu anati kwa ophunzira ake, “Ngati wina aliyense abwera pambuyo panga ayenera kudzikana ndi kutenga mtanda wake ndi kunditsata Ine.
25 किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ ।
Pakuti aliyense amene afuna kupulumutsa moyo wake adzawutaya koma aliyense amene ataya moyo wake chifukwa cha Ine adzawupeza.
26 किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?
Kodi munthu adzapindula chiyani ngati atapeza zonse za dziko lapansi nataya moyo wake? Kapena munthu angapereke chiyani chosinthana ndi moyo wake?
27 किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
Pakuti Mwana wa Munthu adzabwera mu ulemerero wa Atate ake ndi angelo ake ndipo pamenepo Iye adzapereka mphotho kwa munthu mofanana ndi zimene anachita.
28 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्‍नेछैन ।”
“Ine ndikuwuzani inu choonadi, ena amene akuyimirira pano sadzalawa imfa asanaone Mwana wa Munthu akudza mu ufumu.”

< मत्ती 16 >