< मत्ती 15 >
1 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,
Kilku faryzeuszy i przywódców religijnych, przybyłych z Jerozolimy, zwróciło się wtedy do Jezusa z pytaniem:
2 “किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”
—Dlaczego Twoi uczniowie nie przestrzegają naszych odwiecznych zwyczajów i nie dokonują obrzędu obmycia rąk przed jedzeniem?
3 येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्नुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दछौ?
—A dlaczego wy, w imię własnych tradycji, łamiecie nakazy Boga?—zapytał Jezus.
4 किनकि परमेश्वरले भन्नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्चय नै मर्नेछ ।’
—Bóg przecież powiedział: „Szanuj rodziców” oraz „Kto znieważa ojca lub matkę, musi umrzeć”.
5 तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्त गर्नुपर्ने थियो, त्यो अब परमेश्वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने,
Lecz wy twierdzicie, że jeśli ktoś powie ojcu lub matce: „Niestety, nie mogę wam pomóc, bo przecież to, co miałem dla was, oddałem w darze Bogu do Jego świątyni”—
6 त्यस व्यक्तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्वरको वचनलाई बेकम्मा बनाएका छौ ।
nie musi się o nich troszczyć. W ten sposób wasza tradycja unieważnia Boży nakaz.
7 ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,
Obłudnicy! Dobrze was określił prorok Izajasz, mówiąc:
8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् ।
„Ludzie ci bardzo pięknie o Mnie mówią, ale w ich sercach nie ma miłości do Mnie.
9 तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’ ।”
Na próżno jednak oddają Mi cześć. Nauczają bowiem przykazań, które sami wymyślili.”
10 त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्नुभयो, “सुन र बुझ–
Następnie zawołał zgromadzonych i rzekł: —Słuchajcie uważnie i postarajcie się to zrozumieć:
11 मुखबाट भित्र पस्ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँदछ ।”
Nie to, co wchodzi do ust, ale to, co z nich wychodzi, sprawia, że człowiek jest nieczysty.
12 त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्ने कुरा के तपाईंलाई थाहा छ?”
—Czy wiesz, że Twoje słowa uraziły faryzeuszy?—powiedzieli Mu uczniowie.
13 येशूले उत्तर दिनुभयो र भन्नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्नुभएको छैन, त्यो उखेलिनेछ ।
—Każda roślina, której nie posadził mój Ojciec w niebie, zostanie usunięta.
14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्याउँछ भने, दुवै जना खाल्डोमा खस्नेछन् ।”
Nie przejmujcie się nimi. To ślepi przewodnicy ślepych! A jeśli ślepy prowadzi ślepego, to obaj wpadną w dół.
15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”
—Wyjaśnij nam ten przykład o pokarmie—poprosił wtedy Piotr.
16 येशूले भन्नुभयो, “के तिमी अझै अबुझ छौ?
—Wy też jeszcze tego nie rozumiecie?—zapytał Jezus.
17 के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ ।
—Nie wiecie, że wszystko, co się wkłada do ust, trafia do żołądka, po czym zostaje wydalone?
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन् । यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन् ।
Natomiast to, co wychodzi z ust, pochodzi z serca. I to właśnie zanieczyszcza człowieka.
19 किनकि दुष्ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।
Bo z serca pochodzą złe myśli, prowadzące do morderstw, niewierności małżeńskiej, rozwiązłości, kradzieży, kłamstw i pomówień.
20 यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन् । तर हात नधोई खाना खाँदा त्यसले मानिसलाई अपवित्र बनाउँदैन ।”
To właśnie sprawia, że człowiek staje się nieczysty. Jedzenie nieumytymi rękami nie ma tu nic do rzeczy.
21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्नुभयो ।
Jezus opuścił tamte okolice i udał się na tereny Tyru i Sydonu.
22 र हेर, एउटी कनानी स्त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्च्याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्टात्माद्वारा धेरै नै सताइएकी छन् ।”
Tam przyszła do Niego pewna kobieta pochodzenia kananejskiego, a więc należąca do pogan, których Żydzi mają w pogardzie. Z rozpaczą w głosie zawołała: —Panie, potomku króla Dawida, zmiłuj się nade mną! Moją córkę opanował zły duch.
23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्च्याइरहेकी छन् ।”
Lecz Jezus nie odpowiedział jej ani słowem. Uczniowie zaś namawiali Go: —Odpraw ją, bo nie daje nam spokoju.
24 तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।”
—Nie zostałem posłany do pogan—odezwał się Jezus do kobiety—ale do zagubionych owiec ze stada Izraela.
25 तर तिनी आइन् र उहाँको अगाडि घोप्टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस् ।”
—Panie, pomóż mi!—nalegała kobieta i błagała Go na kolanach.
26 उहाँले जवाफ दिनुभयो र भन्नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।”
—Nie jest dobrze odbierać chleb dzieciom i rzucać szczeniętom—odrzekł Jezus.
27 तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन् ।”
—To prawda, Panie!—opowiedziała. —Jednak nawet psom trafiają się kawałki, które spadną ze stołu ich właścicieli.
28 त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “स्त्री, तिम्रो विश्वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।
—Kobieto! Jak wielka jest twoja wiara!—zawołał Jezus. —Niech się stanie to, czego pragniesz I natychmiast jej córka odzyskała zdrowie.
29 येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्नुभयो ।
Wracając stamtąd, Jezus przyszedł nad Jezioro Galilejskie, wszedł na wzgórze i usiadł.
30 ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
I znów ściągnęły do Niego nieprzebrane tłumy ludzi, prowadzących ze sobą kulawych, niewidomych, głuchoniemych oraz innych niepełnosprawnych i chorych. Kładziono ich przed Jezusem, a On ich uzdrawiał.
31 गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्वरलाई धन्यवाद दिए ।
Tłum wpadł w podziw i wielbił Boga Izraela widząc jak głuchoniemi mówią, niepełnosprawni wracają do zdrowia, kulawi dobrze chodzą a niewidomi widzą.
32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”
Jezus zaś zawołał uczniów i rzekł: —Żal mi tych ludzi! Są tu od trzech dni i nie mają już nic do jedzenia. Jeśli odejdą stąd głodni, mogą zasłabnąć w drodze do domu.
33 चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्ट पार्न हामीले कहाँबाट पर्याप्त रोटी पाउन सक्छौँ?”
—Skąd tu, na pustyni, weźmiemy tyle jedzenia?—spytali uczniowie.
34 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।”
—A ile macie chleba?—zapytał Jezus. —Siedem bochenków. Mamy też kilka ryb—odparli.
35 त्यसपछि येशूले भिडलाई भुइँमा बस्नलाई आज्ञा गर्नुभयो ।
Wtedy Jezus polecił ludziom, aby usiedli na ziemi.
36 उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए ।
Sam zaś wziął te siedem chlebów oraz ryby i podziękował za nie Bogu. Następnie połamał je na kawałki i podał uczniom, a oni—ludziom.
37 मानिसहरू सबैले खाए र सन्तुष्ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।
I tak wszyscy najedli się do syta, a zebranymi resztkami napełniono aż siedem koszy.
38 स्त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार मानिस थिए ।
A nakarmionych zostało cztery tysiące samych tylko mężczyzn, nie licząc kobiet i dzieci.
39 त्यसपछि येशूले भिडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।
Potem Jezus rozesłał ludzi do domu, sam zaś wsiadł do łodzi i popłynął w okolice Magadanu.