< मत्ती 13 >

1 त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।
那一天,耶穌從家裏出來,坐在海邊上,
2 उहाँको वरिपरि एउटा ठुलो भिड जम्मा भयो । त्यसैले, उहाँ एउटा डुङ्गाभित्र जानुभयो र त्यहाँ बस्‍नुभयो । सबै भिड समुद्रको किनारमा उभियो ।
有許多群眾集合到衪跟前,衪只得上船坐下,群眾都站在岸上。
3 तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।
衪就用比喻給他們講論了許多事,說:「看,有個撒種的出去撒種;
4 जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।
他撒種的時候,有的落在路旁,飛鳥來把它吃了。
5 अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।
有的落在石頭裏,那裏沒有多少土壤,因為所有的土壤不深,即刻發了芽;
6 तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।
但太陽一出來,就被曬焦;又因為沒有根,就枯乾了。
7 अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।
有的落在荊棘中,荊棘長起來,便把它們窒息了。
8 अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए ।
有的落在好地裏,就了實:有一百倍的,有六十倍的,有三十倍的。
9 जोसँग कान छ, उसले सुनोस् ।”
有耳的,聽吧!
10 चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”
門徒前來對衪說:「為什麼你用比喻對他們講話﹖」
11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
耶穌回答他們說:「因為天國的奧妙,是給你們知道,並不是給他們知道。
12 किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।
因為凡有的,還要給他,使他富足;但是沒有的,連他所有的,也要由他奪去。
13 त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।
為此,我用比喻對他們講話,是因為他們看,卻看不見;聽,卻聽不見,也不了解;
14 तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
這樣正應驗了依撒依亞先知的預言說:『你們聽是聽,但不了解;看是看,但不明白,
15 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’
因為這百姓的心遲純了,耳朵難以聽見,他們閉了眼睛,免得眼睛看見,耳朵聽見,心裏了解而轉變,而要我醫好他們。』
16 तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् ।
但你們的眼睛有福,因為看得見,你們的耳朵有福,因為聽得見。
17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्छा गरे, तर तिनीहरूले ती सुनेनन् ।
我實在告訴你們:有許多先知和義人相看你們所看見的,而沒有看到;想聽你們所聽到的,而沒有聽到。
18 तब बिउ छर्नेको दृष्‍टान्त सुन ।
那麼你們聽這撒種的比喻吧!
19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।
凡聽天國的話,而不了解的,那惡者就來把撒在他心裏的奪去;這是指那撒在路旁的。
20 ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ ।
那撒在石頭地裏的,即是指人聽了話,立刻高興接受;
21 तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।
但在人裏沒有根,不能持久,一旦為這話發生了艱難和迫害,就立刻跌倒了。
22 काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ । (aiōn g165)
那撒在荊棘中的,即是指人了聽了話,卻有世俗的焦慮和財富的迷惑,把話蒙往了,結不出果實 (aiōn g165)
23 असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”
那撒在好地裏的,即是指那聽了而了解的人,他當然結實,有結一百倍的,有結六十倍的,有結三十倍的。」
24 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।
耶穌給他們另設了一個比喻說:「天國好像一個人,在自己田裏撒了好種子;
25 तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।
但人在睡覺的時候,他的仇人來,在麥子中間撒上莠子,就走了。
26 जब बोट देखा पर्‍यो र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।
苖在長起來,抽出穗的時候,莠子也顯出來子。
27 त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’
家主的僕人,就來對他說:主人!你百是在你田裏撒了好種子嗎﹖那麼從哪裏來了莠子﹖
28 तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ?’
主人對他說:這是仇人做的。僕人對他說:那麼,你願我們把莠子收集起來嗎。
29 त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।
他卻說:不,免得你們收集莠子,把麥子休拔了出來。
30 कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, “पहिले सामाहरूलाई उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”
讓兩樣一起長到收割的時候好了;在收割時,我要對收割的人說:你們先收集莠子,把莠子捆成捆,好燃燒,把麥子卻收入我的倉庫裏。
31 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।
耶穌給他們另設一個比喻說:「天國好像一粒芥子,人把它撒在自己的田裏。
32 यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”
它固然是各樣種子裏最小的,但當它長起來,卻比各種蔬菜都大,竟成了樹甚至天上的飛鳥飛來,在它的枝上棲息。」
33 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”
衪又給他們講了一個比喻:「天國好像酵母,女人取來藏在三斗麵裏,直到全部發了酵。
34 येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।
耶穌用比喻給群眾講解了這一切,不用比喻就不給他們講什麼;
35 योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”
這樣應驗了先知所說的話:『我要開口說比喻,要說出由創世以來的隱密事。』
36 तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”
那時,耶穌離開了群眾,來到家裏,衪的門徒就前來對衪說:「請把田間莠子的比喻給我們講解一下! 」
37 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।
衪就回答說:「那撒好種子的,就是人子;
38 बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन्,
田就是世界;好種子就是天國的子民,莠子就是邪惡的子民;
39 र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्‍ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् । (aiōn g165)
那撒莠子的仇人,既是魔鬼;收薐時期,既是今世的終結;收割者既是天使。 (aiōn g165)
40 त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । (aiōn g165)
就如將莠子收集起來,用火焚燒;在今事終結時也將是如此: (aiōn g165)
41 मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।
人子要差遣衪的天使,由衪的國內,將一切使人跌倒的事,及作惡的人收集起來,
42 तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
扔到火窯裏;在那裏要有哀號和切齒。
43 तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।
那時,義人要在他們父的國裏,發光如同太陽。有耳的,聽罷!」
44 स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।
「天國好像是藏在地裏的寶貝;人找到了,就把他藏起來,高興的去賣掉他所有的一切,買了那塊地。」
45 फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो ।
「天國又好像一個尋找完美珍珠的商人;
46 जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।
他一找到一顆寶貴的珍珠,就去,賣掉他所有的一切,買了它。」
47 फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो ।
「天國又好像撒在海裏的網,網羅各種的魚。
48 जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।
網一滿了,人就拉上岸來,坐下,撿好的,放在器皿裏;壞的,扔在外面。
49 संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्‍टहरूलाई छुट्‌ट्याउनेछन् । (aiōn g165)
在今世的終結時,也將如此:天使要出去,把惡人由義人中分開, (aiōn g165)
50 उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
把他們扔在火窯裏;在那裏要有哀號和切齒。
51 के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।”
這一切你們都明白了嗎?」他們說:「是的」。
52 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”
他就對他們說:「為此,凡成為天國門徒的經師,就好像一個家主,從他的寶庫裏,提出新的和舊的東西。」
53 येशूले यी दृष्‍टान्तहरू सक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो ।
耶穌講完了這些比喻,就從那裏走了。
54 तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन्?
他來到自己的家鄉,在會堂裏教訓人,以致人們都驚訝說:「這人從那裏得了這樣的智慧和奇能?
55 के यी मानिस सिकर्मीका छोरा होइनन् र? के उनकी आमा मरियम होइनन् र? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र?
這人不是那木匠的兒子嗎﹖他的母親不是叫瑪利亞,他的弟兄不是叫亞各伯,若瑟,西滿和猶達嗎?
56 अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र? त्यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त?”
他的姊妹不是都在我們這裡嗎﹖那麼他的這一切是從那裏來的呢?」
57 तिनीहरू उहाँबाट अप्रसन्‍न भए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”
它們就對他起了反感。耶穌卻對他們說:「先知除了在自己的本鄉本家外,沒有不受尊敬的」
58 र तिनीहरूको अविश्‍वासको कारण उहाँले त्यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन ।
他在那裏,因為他們不信,沒有多行奇能。

< मत्ती 13 >