< मत्ती 11 >
1 येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।
Yesuusi tammanne nam77u tamaareta kiitaa onggidaappe guye yaappe denddidi tamaarssanawunne sabbakanaw Galiila katamata bis.
2 अनि जब यूहन्नाले झ्यालखानाबाट ख्रीष्टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,
Yohaannisi qasho keethan de7ishe Kiristtoosi oothiyabata si7idi, ba tamaaretappe iyaakko kiittidi,
3 र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ?”
“Yaana geetettiday neneyye? Woykko nuuni haraa naaginoo?” yaagidi oychchis.
4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्नालाई बताइदेओ ।
Yesuusi enttako zaaridi, “Bidi hintte si7iyabaanne hintte be7iyabaa Yohaannisas odite.
5 दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
Qooqeti xeellosona, wobbeti hamuttoosona, baro hargganchchoti paxoosona, tulleti si7oosona, hayqqidayssati hayqoppe denddoosona; manqotas Wonggelay sabbakettees.
6 अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”
Tanan dhubettonay anjjettidayssa” yaagis.
7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई?
Yohaannisa tamaareti guye simmidi bin, Yesuusi deriyas Yohaannisabaa odishe, “Ha bazzuwa ay be7anaw keyidetii? Carkkoy qaathiya maqqaa be7anaw yidetiyye?
8 तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई? वास्तवमा मलमलको कपडा लगाउने व्यक्ति त राजाहरूका दरबारहरूमा बस्छ ।
Yaatin, ay be7anaw keyidetii? Kitte ma7o ma77ida ase be7anaaseyye? Kitte ma7o ma77idayssati kawota keethan de7oosona.
9 तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई ।
Yaatin, ay be7anaw keyidetii? Nabe be7anaaseyye? Hekko, hintte nabeppekka aadhdheyssa be7eeta.
10 उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’
“Ne ogiya ne sinthan giigisiya ta kiitanchchuwa neeppe sinthe kiittana” geetettidi xaafettiday iyassa.
11 साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्वको मानिस उनीभन्दा महान् हुन्छन् ।
Ta hinttew tuma odays; maccasappe yelettidayssata giddofe Yohaannisappe aadhdhey oonikka baawa; salo kawotethan ubbaafe guuxey I, iyappe aadhdhana.
12 बप्तिस्मा-दिने यूहन्नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् ।
Xammaqiya Yohaannisa wodiyappe doomidi hachchi gakkanaw salo kawotethay daro naaqettees, minnida asati wolqqan yaa gelana.
13 किनकि यूहन्ना नआन्जेलसम्म सबै अगमवक्ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए ।
Nabeti ubbaynne Muse higgey Yohaannisa wode gakkanaw salo kawotethaabaa tinbbite odidosona.
14 अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् ।
Hiza, hintte entta kiitaa ammanana gidikko, yaana geetettida Eliyaasi, I Yohaannisa.
15 जससँग सुन्ने कान छ, त्यसले सुनोस् ।
Hiza, si7iya haythi de7ey si7o.
16 यस पुस्तालाई म केसँग तुलना गरूँ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ,
“Hiza, ha wodiya yeletethaa aybira daaniso? Giya giddon uttidi woli xeegidi,
17 र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्यौँ, र तिमीहरू रोएनौ ।’
‘Nu hinttew suusul77e punnin; hintte yexxeketa. Nu sabbidi zeleelin; hintte yeekkeketa’ yaagiya nayta daanosona.
18 किनकि यूहन्ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’
Xammaqiya Yohaannisi moonnanne uyonna yin, ‘Tuna ayyaani de7ees’ yaagideta.
19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”
Asa Na7ay mishenne uyishe yin, ‘Yarambbanne ushshanchcho, qaraxa qanxiseyssatanne nagaaranchchota dabbo’ yaagideta. Hiza, cinccatethaa tumatethay iya oosuwan qonccees” yaagis.
20 तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्चात्ताप गरेका थिएनन् ।
Hessafe guye, Yesuusi daro malaatata oothida katamatan de7iya asati bantta nagaraappe simmidi maarotan gelonna ixxida gisho enttana,
21 “धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरिसकेका हुने थिए ।
“Ayye Koraaziine katamaw, ayye Beetesayda katamaw, ays giikko, hintte giddon oosettida malaatati Xiiroosaninne Sidoonan oosettida gidiyakko, entti beni bido tiyettidi, kalliiya ma7idi bantta nagaraappe simmi aggana.
22 न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।
Shin ta hinttew odays; pirdda gallas hinttefe aathidi Xiroosasinne Sidoonas pirdday kawuyana.
23 तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो । (Hadēs )
Qassi, Qifirnahoome, neeni pude salo keyanaw koyay? Hanenna! Neeni Si7oolen yegettana. Ays giikko, ne giddon oosettida malaatati Soodomen oosettidabaa gidiyakko, Soodomey hachchi gakkanaw de7anashin. (Hadēs )
24 तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
Shin ta new odays; pirdda gallas neeppe aathidi Soodomes pirdday kawuyana” yaagidi hanqettis.
25 त्यस बेला येशूले भन्नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।
He wode Yesuusi, “Aawaw, saluwanne sa7aa Godaw, neeni hayssa eranchchotappenne cinccatappe genthada naytas qonccisida gisho, nena galatays.
26 हो, पिता, किनकि तपाईंको दृष्टिमा यही नै मनपर्दो थियो ।
Ee, ta Aawaw, hayssi ne lo77o sheniyada hanis.
27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्तिले बाहेक पितालाई कसैले चिन्दैन ।
“Ubbay taw ta Aawappe imettis. Aawappe hari Na7a erey baawa, Na7aappenne I enttaw qonccisanaw koyeyssatappe hari Aawa eranaw dandda7ey baawa.
28 मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।
“Hinttenoo, daaburanchchoto, toohoy deexida ubbay taakko haa yiite; taani hinttena shemppisana.
29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।
Taani ta wozanan ashkkenne aada gidiya gisho, ta qambbaran gelite, taappe tamaarite; hinttee, hintte shemppuwas shemppo demmana.
30 किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”
Ta qambbaray liiqo, qassi ta toohoykka kawushshe” yaagis.