< मत्ती 10 >
1 येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।
U Yesu akaitanga iamanyisigwa akwe ikumi na abili akaapa uhumi wa kuzunsa amintunga niabi, kuakenela nukuheja indwala yihi.
2 यी बाह्र जना प्रेरितका नाम यस प्रकार छ । पहिलो, सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो), र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब, र तिनका भाइ यूहन्ना;
Mina aitumi ikumi naabili sayala ng'wandyo, Simeoni (naiwitangwa Petro), nu Andrea muluna akwe, Yakobo ng'wa Zebedayo, nu Yohana muluna akwe.
3 फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस;
Filipo, nu Bartimayo, Thomaso nu Matayo muhoela mpia, Yakobo ng'wa Alfayo, nu Tadeo.
4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदिने थियो ।
Simeoni mkananayo, nu Yuda Iskariote, naumuhitile u Yesu.
5 यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो । उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्नुभयो, “गैरयहूदीहरू बस्ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर ।”
Awa ikumi na abili u Yesu akaatuma, akaatuma akaalagiila akalunga “Muleke kulongola uko nikie ianyakilungu, hangi muleke kingila mu isali ya Samaria.
6 यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ ।
Ingi gwa mulongole munkolo nailimie mito lang'wa Israeli.
7 अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर ।
Nuko nimulongoe, muzitanantya nukulunga, utemi akigulu wahugela.”
8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ ।
Aguni ialwoe, aushi uashi, anoni ianyambili azunsi iamintunga. Musingiyeu nunyenye pamiu.
9 तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक ।
Muleke kukenka isao, mumbugulu yanyu.
10 तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ ।
Leka kuhola imbugulu mumuhenzo anyu, ang'we wakukaila, ilatu ang'wi mulanga, kunsoko umitumi uloiwe ndya yakwe.
11 तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस ।
Kisali kihi nimukingile, mdume umuntu nimuhumile kikie, sunga nimuzizahega.
12 जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर ।
Nimukingila pang'wanso lamushi, ang'we inonee pang'wanso, upolo wanyu usige hapo,
13 यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।
ang'wi inyumba shinonee, muhege nuupolo wanyu.
14 जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ ।
Nao nishaakumusingilya mukulegeelya inkani yanyu, matungo nimukuhega munyumba ang'wi mukisali nikanso, kununti ulunkundi nula migula nyu kuko.
15 साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
Tai numuie, izitula iza iisali ya sodoma ni Gomola imahiku naulamatwa kukila ikisali nikanso.
16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।
Tuli miho, kumutuma anga nkolo midale la mbugi, kululo mulule miahugu anga inzoka hangi miapolo anga inzia.
17 मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् ।
Mutule miho niantu, akumutwala mumaanza, hangi akumukua mumatekeelo.
18 अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ ।
Hangi mukuletwa kuntongeela akulu nukuatemi kunsoko ane, anga wihenge wao nukuanya kilungu.
19 जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ ।
Anga makatungigwa, leki kutuli nuwoa kuuligitya ntuni, kunsoko iko nikakuligityakuupegwa imatungo yayo.
20 किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।
Kululo singa nyenye mukuligitya, ng'waung'we wang'wa Tata anyu ukuligitya.
21 दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् ।
Uzimuluta umuluna akwe nukumubulaga, nu Tata kung'wa akwe. Ni ana kulemanya nia leli, mukuatwala munsha.
22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्तिको उद्धार हुनेछ ।
Antu ihi akumuhukilwa kunsoko a lina lane, hangi wihi nukugimya sunga impelo ukugunika.
23 जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।
Matungo nimukagigwa mukisali iki, mankiili mukisali nikityatie, kutai kumuila, singa mukutula menda muisali yihi nia Israeli azizakili kusuka ung'wana wang'wa Adamu.
24 चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ ।
Umumanyisigwa singa mukulu kukila umumanyisi wakwe, ang'we umutugwa azukoli migulya amukulu akwe.
25 चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!
Umumanyisigwa ukutule anga mumanyisi wake, numutugwa kutula anga mukulu wakwe. Ang'wi akumitanga umukola nyumba Beelzebuli, aigwa singa akilinkie ao niakoli munyumba akwe!
26 त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन ।
Kululo leki kuogopi, kunsoko kutile ulukani nishaliziza kunukulwa, hangi kutile nulipihile nishalumanyikile.
27 जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।
Iki nikumuila mukiti, mukiligitye muwelu, niki numukigulu kuauza muakutwe anyu, mukitanantye muzemkole migulya na nyumba.
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ । (Geenna )
Leki kuogopi ao nibulaga umuili inkolo amileke mpanga, ingigwa ogopi uyu nukubulaga umuili ninkolo amutwale kuulungu. (Geenna )
29 के सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन ।
Ia kasuku abiili shaiguligwa nee na mpia ninino? Kululo gwa kutile nuhumile kugwa pihi utata wanyu ahite kulinga.
30 तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् ।
Ingi gwa nimasingi a matwe anyu aaligwa.
31 नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।
Leki kutuli nuwoa kunsoko musanigwe kukila iakasuku nidu.
32 यसकारण, जसले मलाई मानिसहरूका सामुन्ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु ।
Kululo gwa uyu nukungomba ntongeele aantu nunene nzinzamugomba pantongeela ang'wa tata ane nukuli kuilunde.
33 तर जसले मानिसहरूका सामुन्ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।
Uyu nukunihita paantu nunene nzemuhita pang'wa Tata witu nuakingulu.
34 म पृथ्वीमा शान्ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ ।
Leki kulungi aindetile ulowa mihi, unene aindetile mbita.
35 किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ ।
Ainzile kumuika muntu ikue nu Tata wakwe, umunanso nu nyinya, umukwinu nyinyi akwe.
36 मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन् ।
Ianyaulugu amuntu akutula wawania nia mitalakwe.
37 जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन ।
Uyu numuloilwe utata ang'wi uia akwe kukila ne nuanso shutakiwe nuyu numuloilwe umuhumba ang'wi munanso kukila une nuanso shutakiwe.
38 जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन ।
Uyu nisinga ukukenka ikota la upanga nukuntyata shukuona utemi wa kigulu.
39 जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।
Uyu nuiduma upanga wa mihi ukulimilye, kululo uyu nuilimilya uupanga kunsoko ane wipantika.
40 जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
Uyu nukumusingilya wansingiilya nene, nuyu nukunsingiilya unene wamusingiilya uyu nauntumile unene.
41 जसले अगमवक्तालाई तिनी अगमवक्ता भएको कारणले स्वागत गर्दछ, उसले अगमवक्ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ, उसले धर्मी मानिसको इनाम पाउनेछ ।
Nuyu nukumusingiilya uyu nua tai kunsoko muntu wa tai ukupegwa uuza wa muntu nua tai.
42 जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।
Wihi nukumupa ung'wi wa anino awa, ikikombe kakung'wela imazi nimaliuku, kunsoko nuanso mumanyisigwa, tai kumuila, nuanso shukuulya kunzila yihi uuza wakwe.”