< मर्कूस 1 >
1 यो परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको सुसमाचारको सुरुवात हो ।
Ici ecitatiko ca Mulumbe Waina ulambanga sha Yesu Klistu, Mwanendi Lesa.
2 जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”
Walatatika mbuli ncewalalembwa mulibuku lya Yesaya mushinshimi, Lesa walambeti, “Ninkatume mutumwa wakame pantangu pakobe, uyo eti akabambe nshila yakobe,
3 “उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”
Pali liswi lya muntu labilikishinga mu cinyika limbangeti, Bambani mukwakwa mwakupita Mwami, Lulamikani nshila njoti akapitemo.”
4 यूहन्ना उजाड-स्थानमा बप्तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए ।
Neco, Yohane walashika mucinyika kakambauka nekubatisha bantu. Walambila bantu eti, “Shiyani bwipishi mubatishiwe, kayi Lesa namulekelele bwipishi bwenu.”
5 यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए ।
Neco, bantu bangi bekala mu cimpansha ca Yudeya ne mu Yelusalemu balaya kuli Yohane akunyumfwa. Abo balikulyambilila bwipishi bwabo walababatisha mu mulonga wa Yolodano.
6 यूहन्नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे र तिनले सलहहरू र वन मह खान्थे ।
Yohane walikufwala mwinjila wa bweya bwa ngamila, kayi ne lamba wa cipaya mubukome. Byakulya byakendi byalikuba bikobo ne bwiki bwamucisuwa.
7 उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।
Walikukambauketi, “Panyuma pakame, palesanga ukute ngofu kupita shakame. Ame nkandelela kukotameti nsungulule ntambo sha nkwabilo shakendi.
8 मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ ।”
Ame ndamubatishanga ne menshi, nsombi nendi nakamubatishenga ne Mushimu Uswepa.”
9 ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो ।
Paliya kupita masuba angi, Yesu walafuma ku Nasaleti mucimpansha ca Galileya. Walabatishiwa ne Yohane mu mulonga wa Yolodano.
10 जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्नुभयो ।
Mpwalikufuma mu menshi, walabona kwilu kwalacaluka, kayi Mushimu Uswepa waleseti nkulimba nekwikala palyendiye.
11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्न छु ।”
Popelapo palanyumfwika liswi kwilu lyakwambeti, “Obe njobe Mwaname ngondayandishisha, ndakondwa muli njobe.”
12 त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो ।
Popelapo Mushimu Uswepa walapesheti enga mucinyika.
13 उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।
Walekalako masuba makumi ana, kasunkwa ne Satana. Walikuba pakati pa banyama, nsombi bangelo balikumunyamfwilisha.
14 अब यूहन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।
Pacindi Yohane mpwalabikwa mujele, panyuma pakendi Yesu walaya ku Galileya kuya kukambauka Mulumbe Waina wa Lesa.
15 र भन्नुभयो, “समय पुरा भएको छ, र परमेश्वरको राज्य नजिकै छ । पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर ।
Walikwambeti, “Cindi cilashiki, Bwami bwa Lesa bulaseng'ene pepi! Kamulapani, kayi kamushomani Mulumbe Waina.”
16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।
Nomba pacindi ncalikwenda mu mbali mwa lwenje lwa Galileya, walabona Shimoni ne Ndileya pabukwabo, kabawala tombe mulwenje, pakwinga balikuba basulishi banswi.
17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
Neco Yesu walabambileti, “Kamunkonkani, ninkamwiyishe kuba basulishi ba bantu.”
18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।
Popelapo balashiya tombe twabo ne kumukonkela.
19 जसै येशू हिँडेर अलि अगाडि पुग्नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्नालाई देख्नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।
Kayi mpwalendako pang'ana, walabona Jemusi ne Yohane banabendi Sebedayo, mu bwato kababamba tombe twabo.
20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।
Naboyo pacindi copeleco Yesu walabakuwa. Balashiya mushali wabo Sebedayo mubwato pamo ne basebenshi, balo balaya pamo ne Yesu.
21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।
Yesu pamo ne beshikwiya bakendi balaya ku Kapelenao, mpobwalashika busuba bwa Sabata bwakupumwina, Yesu walengila mung'anda yakupaililamo ne kutatika kwiyisha.
22 तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्तिले जस्तै सिकाइरहनुभएको थियो ।
Nomba bantu balamunyumfwa ncalikwiyisha balakankamana, pakwinga nkalikwiyisheti beshikwiyisha ba milawo ya Mose, nsombi nendi walikwiyisha ne ngofu sha bwendeleshi.
23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्च्यायो र
Pacindi copeleco muntu wekatwa ne mushimu waipa, neye walesa mu ng'anda yakupaililamo, muntuyo walabilikisheti,
24 भन्यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।”
“Tukute mulandu cini kuli njamwe Yesu wa ku Nasaleti? Sena waleshila kutushina? Ame ndimwinshi, njamwe Waswepa wa Lesa.”
25 येशूले भूतलाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!”
Nomba Yesu walaucancilila mushimu waipa ne kuwambileti “Komwena, pula mu muntuyu.”
26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्च्याउँदै त्यसबाट निस्कियो ।
Panyuma pa kumuwishila panshi kanyukuma, mushimu waipa walabilikisha cangofu, ne kufumamo popelapo.
27 अनि सबै मानिस छक्क परेर एक आपसमा भन्न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!”
Bantu bonse balakankamana ne kutatika kwipushana pa lwabo bene, “Inga ici nicani? Cakubinga ni ciyisho censu cangofu! Ha, lacancililinga ne mishimu yaipa yonse mwangofu, nayo ilamunyumfwilinga!”
28 उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।
Neco, impuwo yakendi lwalamwaikila bwangu mu misena yonse ya mu cimpansha ca Galileya.
29 सभाघरबाट बाहिर निस्कनुभएपछि उहाँहरू याकूब र यूहन्नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो ।
Yesu pamo ne beshikwiya bakendi pamo ne Jemusi ne Yohane, mpobalapula mung'anda yakupaililamo, balaya kung'anda ya Shimoni ne Ndileya.
30 अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए ।
Kumakwendi Shimoni batukashi balikuba bona kabanyumfwa mubili kulungula, Yesu mpwalashika mwakufwambana balamwinshibisha.
31 यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।
Yesu walaya mpobalikuba bona walabekata kucikasa ne kubapundusha. Popelapo bulwashi bwalapwa, balatatika kubabambila cakulya.
32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।
Mansailo, lisuba mpolyalebila, bantu balatatika kumuletela Yesu balwashi bonse, ne abo bekatwa ne mishimu yaipa.
33 सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।
Bantu bonse bamu munshi balabungana pa lubansa.
34 उहाँले विभिन्न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।
Yesu walabasengula balikukolwa malwashi apusana pusana, walapulisha mishimu yaipa, kayi nkali kwisuminisha kwambapo, pakwinga yaliku mwinshiba.
35 उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो ।
Kumaca kapacili pashipuluka, Yesu walapunduka mung'anda ne kuya kumusena kwabula bantu nkwalaya kupaila.
36 सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।
Nomba Shimoni ne banendi balatatika kumulangaula.
37 तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”
Mpobalamucana balambeti “Bantu bonse balamulangaulunga.”
38 उहाँले भन्नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।
Nomba Yesu walabakumbuleti, “Katuyani kumbi ku minshi ili pepi, kwambeti enkambaukeko, pakwinga encondaleshila.”
39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।
Kayi walaya mu manda abo akupaililamo mu Galileya monse, kaya kukambauka ne kupulisha mishimu yaipa.
40 एक जना कुष्ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्नुहुन्छ ।”
Shimankuntu walesa kuli Yesu ne kumusuntamina ne kumusengeti, “Nakamuyanda, inga munswepesha.”
41 येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”
Yesu walepilwa moyo neco, walatandabula cikasa cakendi ne kumwikata ne kumwambileti, “Ee ndayandishishinga, swepesha.”
42 तुरुन्तै कुष्ठ रोगले त्यसलाई छोड्यो र त्यो शुद्ध भयो ।
Pacindi copeleco, mankuntu alashimangana, walaswepa.
43 येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो ।
Nomba Yesu walamwambileti enga kwabo, ne kumucenjesheti,
44 उहाँले त्यसलाई भन्नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पुजारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”
“Konyumfwa, kotaya wambile muntu naba umo sobwe, nsombi uye uliboneshe kuli Shimilumbo, ne kubenga milumbo ilayandikinga mu milawo ya Mose pacebo ca kuswepeshewa kwakobe kwambeti kube bukamboni kubantu.”
45 तर त्यो व्यक्ति गयो र सबैलाई भन्न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्नुभयो, र मानिसहरू उहाँकहाँ आए ।
Nomba mpwalafumapo, nendi walatatika kwambila uliyense ne kumwaya makani mumisena ingi, neco Yesu calamwalila kwingila mu minshi mwakubonekela. Nsombi walapitilisha kwikala enka ku musena kwabula bantu. Nikukabeco bantu balikabesa nkwalikuba kufuma mu mbasu shapusana pusana.