< मर्कूस 1 >
1 यो परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको सुसमाचारको सुरुवात हो ।
ଈଶ୍ୱରପୁତ୍ରସ୍ୟ ଯୀଶୁଖ୍ରୀଷ୍ଟସ୍ୟ ସୁସଂୱାଦାରମ୍ଭଃ|
2 जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”
ଭୱିଷ୍ୟଦ୍ୱାଦିନାଂ ଗ୍ରନ୍ଥେଷୁ ଲିପିରିତ୍ଥମାସ୍ତେ, ପଶ୍ୟ ସ୍ୱକୀଯଦୂତନ୍ତୁ ତୱାଗ୍ରେ ପ୍ରେଷଯାମ୍ୟହମ୍| ଗତ୍ୱା ତ୍ୱଦୀଯପନ୍ଥାନଂ ସ ହି ପରିଷ୍କରିଷ୍ୟତି|
3 “उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”
"ପରମେଶସ୍ୟ ପନ୍ଥାନଂ ପରିଷ୍କୁରୁତ ସର୍ୱ୍ୱତଃ| ତସ୍ୟ ରାଜପଥଞ୍ଚୈୱ ସମାନଂ କୁରୁତାଧୁନା| " ଇତ୍ୟେତତ୍ ପ୍ରାନ୍ତରେ ୱାକ୍ୟଂ ୱଦତଃ କସ୍ୟଚିଦ୍ରୱଃ||
4 यूहन्ना उजाड-स्थानमा बप्तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए ।
ସଏୱ ଯୋହନ୍ ପ୍ରାନ୍ତରେ ମଜ୍ଜିତୱାନ୍ ତଥା ପାପମାର୍ଜନନିମିତ୍ତଂ ମନୋୱ୍ୟାୱର୍ତ୍ତକମଜ୍ଜନସ୍ୟ କଥାଞ୍ଚ ପ୍ରଚାରିତୱାନ୍|
5 यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए ।
ତତୋ ଯିହୂଦାଦେଶଯିରୂଶାଲମ୍ନଗରନିୱାସିନଃ ସର୍ୱ୍ୱେ ଲୋକା ବହି ର୍ଭୂତ୍ୱା ତସ୍ୟ ସମୀପମାଗତ୍ୟ ସ୍ୱାନି ସ୍ୱାନି ପାପାନ୍ୟଙ୍ଗୀକୃତ୍ୟ ଯର୍ଦ୍ଦନନଦ୍ୟାଂ ତେନ ମଜ୍ଜିତା ବଭୂୱୁଃ|
6 यूहन्नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे र तिनले सलहहरू र वन मह खान्थे ।
ଅସ୍ୟ ଯୋହନଃ ପରିଧେଯାନି କ୍ରମେଲକଲୋମଜାନି, ତସ୍ୟ କଟିବନ୍ଧନଂ ଚର୍ମ୍ମଜାତମ୍, ତସ୍ୟ ଭକ୍ଷ୍ୟାଣି ଚ ଶୂକକୀଟା ୱନ୍ୟମଧୂନି ଚାସନ୍|
7 उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।
ସ ପ୍ରଚାରଯନ୍ କଥଯାଞ୍ଚକ୍ରେ, ଅହଂ ନମ୍ରୀଭୂଯ ଯସ୍ୟ ପାଦୁକାବନ୍ଧନଂ ମୋଚଯିତୁମପି ନ ଯୋଗ୍ୟୋସ୍ମି, ତାଦୃଶୋ ମତ୍ତୋ ଗୁରୁତର ଏକଃ ପୁରୁଷୋ ମତ୍ପଶ୍ଚାଦାଗଚ୍ଛତି|
8 मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ ।”
ଅହଂ ଯୁଷ୍ମାନ୍ ଜଲେ ମଜ୍ଜିତୱାନ୍ କିନ୍ତୁ ସ ପୱିତ୍ର ଆତ୍ମାନି ସଂମଜ୍ଜଯିଷ୍ୟତି|
9 ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो ।
ଅପରଞ୍ଚ ତସ୍ମିନ୍ନେୱ କାଲେ ଗାଲୀଲ୍ପ୍ରଦେଶସ୍ୟ ନାସରଦ୍ଗ୍ରାମାଦ୍ ଯୀଶୁରାଗତ୍ୟ ଯୋହନା ଯର୍ଦ୍ଦନନଦ୍ୟାଂ ମଜ୍ଜିତୋଽଭୂତ୍|
10 जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्नुभयो ।
ସ ଜଲାଦୁତ୍ଥିତମାତ୍ରୋ ମେଘଦ୍ୱାରଂ ମୁକ୍ତଂ କପୋତୱତ୍ ସ୍ୱସ୍ୟୋପରି ଅୱରୋହନ୍ତମାତ୍ମାନଞ୍ଚ ଦୃଷ୍ଟୱାନ୍|
11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्न छु ।”
ତ୍ୱଂ ମମ ପ୍ରିଯଃ ପୁତ୍ରସ୍ତ୍ୱଯ୍ୟେୱ ମମମହାସନ୍ତୋଷ ଇଯମାକାଶୀଯା ୱାଣୀ ବଭୂୱ|
12 त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो ।
ତସ୍ମିନ୍ କାଲେ ଆତ୍ମା ତଂ ପ୍ରାନ୍ତରମଧ୍ୟଂ ନିନାଯ|
13 उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।
ଅଥ ସ ଚତ୍ୱାରିଂଶଦ୍ଦିନାନି ତସ୍ମିନ୍ ସ୍ଥାନେ ୱନ୍ୟପଶୁଭିଃ ସହ ତିଷ୍ଠନ୍ ଶୈତାନା ପରୀକ୍ଷିତଃ; ପଶ୍ଚାତ୍ ସ୍ୱର୍ଗୀଯଦୂତାସ୍ତଂ ସିଷେୱିରେ|
14 अब यूहन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।
ଅନନ୍ତରଂ ଯୋହନି ବନ୍ଧନାଲଯେ ବଦ୍ଧେ ସତି ଯୀଶୁ ର୍ଗାଲୀଲ୍ପ୍ରଦେଶମାଗତ୍ୟ ଈଶ୍ୱରରାଜ୍ୟସ୍ୟ ସୁସଂୱାଦଂ ପ୍ରଚାରଯନ୍ କଥଯାମାସ,
15 र भन्नुभयो, “समय पुरा भएको छ, र परमेश्वरको राज्य नजिकै छ । पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर ।
କାଲଃ ସମ୍ପୂର୍ଣ ଈଶ୍ୱରରାଜ୍ୟଞ୍ଚ ସମୀପମାଗତଂ; ଅତୋହେତୋ ର୍ୟୂଯଂ ମନାଂସି ୱ୍ୟାୱର୍ତ୍ତଯଧ୍ୱଂ ସୁସଂୱାଦେ ଚ ୱିଶ୍ୱାସିତ|
16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।
ତଦନନ୍ତରଂ ସ ଗାଲୀଲୀଯସମୁଦ୍ରସ୍ୟ ତୀରେ ଗଚ୍ଛନ୍ ଶିମୋନ୍ ତସ୍ୟ ଭ୍ରାତା ଅନ୍ଦ୍ରିଯନାମା ଚ ଇମୌ ଦ୍ୱୌ ଜନୌ ମତ୍ସ୍ୟଧାରିଣୌ ସାଗରମଧ୍ୟେ ଜାଲଂ ପ୍ରକ୍ଷିପନ୍ତୌ ଦୃଷ୍ଟ୍ୱା ତାୱୱଦତ୍,
17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
ଯୁୱାଂ ମମ ପଶ୍ଚାଦାଗଚ୍ଛତଂ, ଯୁୱାମହଂ ମନୁଷ୍ୟଧାରିଣୌ କରିଷ୍ୟାମି|
18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।
ତତସ୍ତୌ ତତ୍କ୍ଷଣମେୱ ଜାଲାନି ପରିତ୍ୟଜ୍ୟ ତସ୍ୟ ପଶ୍ଚାତ୍ ଜଗ୍ମତୁଃ|
19 जसै येशू हिँडेर अलि अगाडि पुग्नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्नालाई देख्नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।
ତତଃ ପରଂ ତତ୍ସ୍ଥାନାତ୍ କିଞ୍ଚିଦ୍ ଦୂରଂ ଗତ୍ୱା ସ ସିୱଦୀପୁତ୍ରଯାକୂବ୍ ତଦ୍ଭ୍ରାତୃଯୋହନ୍ ଚ ଇମୌ ନୌକାଯାଂ ଜାଲାନାଂ ଜୀର୍ଣମୁଦ୍ଧାରଯନ୍ତୌ ଦୃଷ୍ଟ୍ୱା ତାୱାହୂଯତ୍|
20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।
ତତସ୍ତୌ ନୌକାଯାଂ ୱେତନଭୁଗ୍ଭିଃ ସହିତଂ ସ୍ୱପିତରଂ ୱିହାଯ ତତ୍ପଶ୍ଚାଦୀଯତୁଃ|
21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।
ତତଃ ପରଂ କଫର୍ନାହୂମ୍ନାମକଂ ନଗରମୁପସ୍ଥାଯ ସ ୱିଶ୍ରାମଦିୱସେ ଭଜନଗ୍ରହଂ ପ୍ରୱିଶ୍ୟ ସମୁପଦିଦେଶ|
22 तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्तिले जस्तै सिकाइरहनुभएको थियो ।
ତସ୍ୟୋପଦେଶାଲ୍ଲୋକା ଆଶ୍ଚର୍ୟ୍ୟଂ ମେନିରେ ଯତଃ ସୋଧ୍ୟାପକାଇୱ ନୋପଦିଶନ୍ ପ୍ରଭାୱୱାନିୱ ପ୍ରୋପଦିଦେଶ|
23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्च्यायो र
ଅପରଞ୍ଚ ତସ୍ମିନ୍ ଭଜନଗୃହେ ଅପୱିତ୍ରଭୂତେନ ଗ୍ରସ୍ତ ଏକୋ ମାନୁଷ ଆସୀତ୍| ସ ଚୀତ୍ଶବ୍ଦଂ କୃତ୍ୱା କଥଯାଞ୍ଚକେ
24 भन्यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।”
ଭୋ ନାସରତୀଯ ଯୀଶୋ ତ୍ୱମସ୍ମାନ୍ ତ୍ୟଜ, ତ୍ୱଯା ସହାସ୍ମାକଂ କଃ ସମ୍ବନ୍ଧଃ? ତ୍ୱଂ କିମସ୍ମାନ୍ ନାଶଯିତୁଂ ସମାଗତଃ? ତ୍ୱମୀଶ୍ୱରସ୍ୟ ପୱିତ୍ରଲୋକ ଇତ୍ୟହଂ ଜାନାମି|
25 येशूले भूतलाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!”
ତଦା ଯୀଶୁସ୍ତଂ ତର୍ଜଯିତ୍ୱା ଜଗାଦ ତୂଷ୍ଣୀଂ ଭୱ ଇତୋ ବହିର୍ଭୱ ଚ|
26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्च्याउँदै त्यसबाट निस्कियो ।
ତତଃ ସୋଽପୱିତ୍ରଭୂତସ୍ତଂ ସମ୍ପୀଡ୍ୟ ଅତ୍ୟୁଚୈଶ୍ଚୀତ୍କୃତ୍ୟ ନିର୍ଜଗାମ|
27 अनि सबै मानिस छक्क परेर एक आपसमा भन्न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!”
ତେନୈୱ ସର୍ୱ୍ୱେ ଚମତ୍କୃତ୍ୟ ପରସ୍ପରଂ କଥଯାଞ୍ଚକ୍ରିରେ, ଅହୋ କିମିଦଂ? କୀଦୃଶୋଽଯଂ ନୱ୍ୟ ଉପଦେଶଃ? ଅନେନ ପ୍ରଭାୱେନାପୱିତ୍ରଭୂତେଷ୍ୱାଜ୍ଞାପିତେଷୁ ତେ ତଦାଜ୍ଞାନୁୱର୍ତ୍ତିନୋ ଭୱନ୍ତି|
28 उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।
ତଦା ତସ୍ୟ ଯଶୋ ଗାଲୀଲଶ୍ଚତୁର୍ଦିକ୍ସ୍ଥସର୍ୱ୍ୱଦେଶାନ୍ ୱ୍ୟାପ୍ନୋତ୍|
29 सभाघरबाट बाहिर निस्कनुभएपछि उहाँहरू याकूब र यूहन्नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो ।
ଅପରଞ୍ଚ ତେ ଭଜନଗୃହାଦ୍ ବହି ର୍ଭୂତ୍ୱା ଯାକୂବ୍ୟୋହନ୍ଭ୍ୟାଂ ସହ ଶିମୋନ ଆନ୍ଦ୍ରିଯସ୍ୟ ଚ ନିୱେଶନଂ ପ୍ରୱିୱିଶୁଃ|
30 अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए ।
ତଦା ପିତରସ୍ୟ ଶ୍ୱଶ୍ରୂର୍ଜ୍ୱରପୀଡିତା ଶଯ୍ୟାଯାମାସ୍ତ ଇତି ତେ ତଂ ଝଟିତି ୱିଜ୍ଞାପଯାଞ୍ଚକ୍ରୁଃ|
31 यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।
ତତଃ ସ ଆଗତ୍ୟ ତସ୍ୟା ହସ୍ତଂ ଧୃତ୍ୱା ତାମୁଦସ୍ଥାପଯତ୍; ତଦୈୱ ତାଂ ଜ୍ୱରୋଽତ୍ୟାକ୍ଷୀତ୍ ତତଃ ପରଂ ସା ତାନ୍ ସିଷେୱେ|
32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।
ଅଥାସ୍ତଂ ଗତେ ରୱୌ ସନ୍ଧ୍ୟାକାଲେ ସତି ଲୋକାସ୍ତତ୍ସମୀପଂ ସର୍ୱ୍ୱାନ୍ ରୋଗିଣୋ ଭୂତଧୃତାଂଶ୍ଚ ସମାନିନ୍ୟୁଃ|
33 सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।
ସର୍ୱ୍ୱେ ନାଗରିକା ଲୋକା ଦ୍ୱାରି ସଂମିଲିତାଶ୍ଚ|
34 उहाँले विभिन्न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।
ତତଃ ସ ନାନାୱିଧରୋଗିଣୋ ବହୂନ୍ ମନୁଜାନରୋଗିଣଶ୍ଚକାର ତଥା ବହୂନ୍ ଭୂତାନ୍ ତ୍ୟାଜଯାଞ୍ଚକାର ତାନ୍ ଭୂତାନ୍ କିମପି ୱାକ୍ୟଂ ୱକ୍ତୁଂ ନିଷିଷେଧ ଚ ଯତୋହେତୋସ୍ତେ ତମଜାନନ୍|
35 उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो ।
ଅପରଞ୍ଚ ସୋଽତିପ୍ରତ୍ୟୂଷେ ୱସ୍ତୁତସ୍ତୁ ରାତ୍ରିଶେଷେ ସମୁତ୍ଥାଯ ବହିର୍ଭୂଯ ନିର୍ଜନଂ ସ୍ଥାନଂ ଗତ୍ୱା ତତ୍ର ପ୍ରାର୍ଥଯାଞ୍ଚକ୍ରେ|
36 सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।
ଅନନ୍ତରଂ ଶିମୋନ୍ ତତ୍ସଙ୍ଗିନଶ୍ଚ ତସ୍ୟ ପଶ୍ଚାଦ୍ ଗତୱନ୍ତଃ|
37 तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”
ତଦୁଦ୍ଦେଶଂ ପ୍ରାପ୍ୟ ତମୱଦନ୍ ସର୍ୱ୍ୱେ ଲୋକାସ୍ତ୍ୱାଂ ମୃଗଯନ୍ତେ|
38 उहाँले भन्नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।
ତଦା ସୋଽକଥଯତ୍ ଆଗଚ୍ଛତ ୱଯଂ ସମୀପସ୍ଥାନି ନଗରାଣି ଯାମଃ, ଯତୋଽହଂ ତତ୍ର କଥାଂ ପ୍ରଚାରଯିତୁଂ ବହିରାଗମମ୍|
39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।
ଅଥ ସ ତେଷାଂ ଗାଲୀଲ୍ପ୍ରଦେଶସ୍ୟ ସର୍ୱ୍ୱେଷୁ ଭଜନଗୃହେଷୁ କଥାଃ ପ୍ରଚାରଯାଞ୍ଚକ୍ରେ ଭୂତାନତ୍ୟାଜଯଞ୍ଚ|
40 एक जना कुष्ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्नुहुन्छ ।”
ଅନନ୍ତରମେକଃ କୁଷ୍ଠୀ ସମାଗତ୍ୟ ତତ୍ସମ୍ମୁଖେ ଜାନୁପାତଂ ୱିନଯଞ୍ଚ କୃତ୍ୱା କଥିତୱାନ୍ ଯଦି ଭୱାନ୍ ଇଚ୍ଛତି ତର୍ହି ମାଂ ପରିଷ୍କର୍ତ୍ତୁଂ ଶକ୍ନୋତି|
41 येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”
ତତଃ କୃପାଲୁ ର୍ୟୀଶୁଃ କରୌ ପ୍ରସାର୍ୟ୍ୟ ତଂ ସ୍ପଷ୍ଟ୍ୱା କଥଯାମାସ
42 तुरुन्तै कुष्ठ रोगले त्यसलाई छोड्यो र त्यो शुद्ध भयो ।
ମମେଚ୍ଛା ୱିଦ୍ୟତେ ତ୍ୱଂ ପରିଷ୍କୃତୋ ଭୱ| ଏତତ୍କଥାଯାଃ କଥନମାତ୍ରାତ୍ ସ କୁଷ୍ଠୀ ରୋଗାନ୍ମୁକ୍ତଃ ପରିଷ୍କୃତୋଽଭୱତ୍|
43 येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो ।
ତଦା ସ ତଂ ୱିସୃଜନ୍ ଗାଢମାଦିଶ୍ୟ ଜଗାଦ
44 उहाँले त्यसलाई भन्नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पुजारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”
ସାୱଧାନୋ ଭୱ କଥାମିମାଂ କମପି ମା ୱଦ; ସ୍ୱାତ୍ମାନଂ ଯାଜକଂ ଦର୍ଶଯ, ଲୋକେଭ୍ୟଃ ସ୍ୱପରିଷ୍କୃତେଃ ପ୍ରମାଣଦାନାଯ ମୂସାନିର୍ଣୀତଂ ଯଦ୍ଦାନଂ ତଦୁତ୍ସୃଜସ୍ୱ ଚ|
45 तर त्यो व्यक्ति गयो र सबैलाई भन्न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्नुभयो, र मानिसहरू उहाँकहाँ आए ।
କିନ୍ତୁ ସ ଗତ୍ୱା ତତ୍ କର୍ମ୍ମ ଇତ୍ଥଂ ୱିସ୍ତାର୍ୟ୍ୟ ପ୍ରଚାରଯିତୁଂ ପ୍ରାରେଭେ ତେନୈୱ ଯୀଶୁଃ ପୁନଃ ସପ୍ରକାଶଂ ନଗରଂ ପ୍ରୱେଷ୍ଟୁଂ ନାଶକ୍ନୋତ୍ ତତୋହେତୋର୍ବହିଃ କାନନସ୍ଥାନେ ତସ୍ୟୌ; ତଥାପି ଚତୁର୍ଦ୍ଦିଗ୍ଭ୍ୟୋ ଲୋକାସ୍ତସ୍ୟ ସମୀପମାଯଯୁଃ|