< मर्कूस 9 >
1 उहाँले तिनीहरूलाई भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्वरको राज्य शक्तिसित आएको देख्नुअगि मृत्यु चाख्नेछैनन् ।
I pravil jim: Amen pravím vám, žeť jsou někteří z stojících tuto, kteříž neokusí smrti, až i uzří království Boží přicházející v moci.
2 ६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।
A po šesti dnech pojal Ježíš Petra a Jakuba a Jana, i uvedl je na horu vysokou soukromí samy, a proměnil se před nimi.
3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो ।
A učiněno jest roucho jeho stkvoucí a bílé velmi jako sníh, ješto tak bílého bělič na zemi učiniti nemůže.
4 त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए ।
I uzřeli Eliáše s Mojžíšem, ani s Ježíšem mluví.
5 पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्न राम्रो छ । त्यसैले, यहाँ हामी तिनवटा बस्ने ठाउँ बनाऔँ: एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
A odpověděv Petr, řekl Ježíšovi: Mistře, dobréť jest nám tuto býti. Protož udělejme tři stánky, tobě jeden, Mojžíšovi jeden, a Eliášovi jeden.
6 (तिनले के भन्ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)
Nebo nevěděl, co mluví; byli zajisté přestrašeni.
7 बादल आयो र उहाँहरूलाई छोप्यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।”
I stal se oblak zastěňující je, a přišel hlas z oblaku, řkoucí: Tentoť jest ten Syn můj milý, jeho poslouchejte.
8 अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।
A hned obezřevše se, žádného víc neviděli než samého Ježíše s sebou.
9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्म कसैलाई केही पनि नभन्नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।
A když sstupovali s hory, přikázal jim, aby toho žádnému nevypravovali, co viděli, než až Syn člověka z mrtvých vstane.
10 त्यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे ।
I zachovali tu věc u sebe, tížíce mezi sebou, co by to bylo z mrtvých vstáti.
11 तिनीहरूले उहाँलाई सोधे “शास्त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त?”
I otázali se ho, řkouce: Což to pak zákonníci praví, že Eliáš musí přijíti prvé?
12 उहाँले तिनीहरूलाई भन्नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । मानिसका पुत्रले धेरै कष्ट भोग्नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त?”
On pak odpověděv, řekl jim: Eliáš přijda nejprvé, napraví všecky věci, a jakož psáno jest o Synu člověka, že musí mnoho trpěti, a za nic položen býti.
13 तर म तिमीहरूलाई यो भन्छु, कि एलिया आइसकेका छन्, र वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्यही गरे ।”
Ale pravím vám, že i Eliáš přišel, i učinili mu, což chtěli, jakož psáno jest o něm.
14 जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्नुभयो, र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।
Tedy přišed k učedlníkům, uzřel zástup veliký okolo nich, a zákonníky, an se hádají s nimi.
15 जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।
A hned všecken zástup uzřev jej, ulekli se; a zběhše se, přivítali ho.
16 उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”
I otázal se zákonníků: Co se hádáte spolu?
17 भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन,
A odpovídaje jeden z zástupu, řekl: Mistře, přivedl jsem syna svého k tobě, kterýž má ducha němého.
18 र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।”
Ten kdyžkoli jej pochopí, lomcuje jím, a on se sliní, a škřipí zubami svými, a svadne. I řekl jsem učedlníkům tvým, aby jej vyvrhli, ale nemohli.
19 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ ।”
A on odpovídaje jemu, řekl: Ó národe nevěrný. Ale dokudž s vámi budu? A dokudž vás trpěti budu? Přiveďte jej ke mně.
20 तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्न लगायो । त्यो केटो भुइँमा लड्यो र मुखमा फिँज काढ्यो ।
I přivedli ho k němu. A jakž jej uzřel, hned ním duch lomcoval; a padna na zemi, válel se a slinil.
21 येशूले त्यसको बुबालाई सोध्नुभयो, “यस्तो भएको कति भयो?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।
I otázal se otce jeho: Dávno-li se jemu to stalo? A on řekl: Od dětinství.
22 यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”
A často jím metal i na oheň i do vody, aby jej zahubil. Ale můžeš-li co, spomoz nám, slituje se nad námi.
23 येशूले तिनलाई भन्नुभयो, “‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
A Ježíš řekl jemu: Můžeš-li tomu věřiti; všeckoť jest možné věřícímu.
24 तुरुन्तै त्यस बालकको बुबा चिच्च्याए र भने, “म विश्वास गर्छु! मेरो अविश्वासमा सहायता गर्नुहोस् ।”
A i hned zvolav otec mládence toho s slzami, řekl: Věřím, Pane, spomoz nedověře mé.
25 जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”
Uzřev pak Ježíš, že se zbíhá zástup, přimluvil duchu tomu nečistému, řka jemu: Duchu němý a hluchý, já tobě přikazuji, vyjdi z něho, a nevcházej více do něho.
26 यो चिच्च्यायो र डरलाग्दो गरी लछारपछार गर्यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्यो ।”
Tedy křiče a velmi jím lomcuje, vyšel. I učiněn jest jako mrtvý, tak že mnozí pravili, že umřel.
27 तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।
Ale Ježíš ujav jej za ruku, pozdvihl ho. I vstal.
28 जब येशू घरभित्र पस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ?”
A když všel do domu, učedlníci jeho otázali se ho soukromí: Proč jsme my ho nemohli vyvrci?
29 उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिँदैन ।”
I řekl jim: Toto pokolení nijakž nemůž vyjíti, jediné skrze modlitbu a půst.
30 उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्ने उहाँले चाहनुभयो,
A jdouce odtud, šli spolu skrze Galilei, ale nechtěl, aby kdo věděl.
31 किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”
Nebo učil učedlníky své a pravil jim: Že Syn člověka dán bude v ruce lidské, a zamordujíť jej, ale zamordován jsa, třetího dne z mrtvých vstane.
32 तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए ।
Oni pak nesrozuměli tomu povědění, a však ostýchali se ho otázati.
33 अनि उहाँहरू कफर्नहुममा आइपुग्नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?”
I přišel do Kafarnaum, a v domě byv, otázal se jich: Co jste na cestě mezi sebou rozjímali?
34 तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
Ale oni mlčeli. Nebo hádali se byli na cestě mezi sebou, kdo by z nich byl větší.
35 उहाँ बस्नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।”
A posadiv se, zavolal dvanácti, a dí jim: Chce-li kdo první býti, budeť ze všech nejposlednější a všech služebník.
36 उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो । उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्नुभयो,
A vzav pacholátko, postavil je u prostřed nich, a vzav je na lokty, řekl jim:
37 “जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”
Kdož by koli jedno z takových pacholátek přijal ve jménu mém, mneť přijímá; a kdož by mne koli přijal, ne mneť přijímá, ale toho, kterýž mne poslal.
38 यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन ।”
I odpověděl mu Jan, řka: Mistře, viděli jsme jednoho, an ve jménu tvém ďábly vymítá, kterýž nechodí s námi; i bránili jsme mu, proto že s námi nechodí.
39 तर येशूले भन्नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्न सक्दैन ।
Ježíš pak řekl: Nebraňtež mu. Neboť není žádného, kterýž by divy činil ve jménu mém, aby mohl snadně zle mluviti o mně.
40 जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो ।
Nebo kdož není proti nám, s námiť jest.
41 तिमीहरू ख्रीष्टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
Kdož by koli zajisté dal vám píti číši vody ve jménu mém, proto že jste Kristovi, amen pravím vám, neztratíť nikoli odplaty své.
42 ममा विश्वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा त, त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्नु राम्रो हुने थियो ।
A kdož by koli pohoršil jednoho z těchto maličkých, věřících ve mne, mnohem by mu lépe bylo, aby byl zavěšen na hrdlo jeho žernov mlýnský a vržen byl do moře.
43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ । (Geenna )
A horšila-li by tě ruka tvá, utni ji. Lépeť jest tobě bezrukému vjíti do života, nežli obě ruce majícímu jíti do pekla v ten oheň neuhasitelný, (Geenna )
44 (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।”
Kdež červ jejich neumírá, a oheň nehasne.
45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ । (Geenna )
A pakli noha tvá horšila by tě, utni ji. Lépeť jest tobě kulhavému vjíti do života, nežli obě noze majícímu uvrženu býti do pekla, v ten oheň neuhasitelný, (Geenna )
46 (४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।)
Kdež červ jejich neumírá, a oheň nehasne.
47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ । (Geenna )
Pakli by tě oko tvé horšilo, vylup je. Lépeť jest tobě jednookému vjíti do království Božího, nežli obě oči majícímu uvrženu býti do ohně pekelného, (Geenna )
48 जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।
Kdež červ jejich neumírá, a oheň nehasne.
49 किनकि सबैलाई आगोले नुनिलो पार्नेछ ।
Nebo každý ohněm bude solen, a všeliká obět solí bude osolena.
50 नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस ।
Dobráť jest sůl. Pakli sůl bude neslaná, čím ji osolíte? Mějte sůl sami v sobě, a pokoj mějte mezi sebou.