< मर्कूस 8 >

1 ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
Wakati huo umati mkubwa wa watu ulikusanyika tena, na hawakuwa na chakula. Basi, Yesu akawaita wanafunzi wake, akawaambia,
2 “यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
“Nawahurumia watu hawa kwa sababu wamekuwa nami kwa muda wa siku tatu, wala hawana chakula.
3 यदि मैले तिनीहरूलाई केही नखुवाईकन पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।”
Nikiwaacha waende nyumbani wakiwa na njaa watazimia njiani, maana baadhi yao wametoka mbali.”
4 उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ?”
Wanafunzi wake wakamwuliza, “Hapa nyikani itapatikana wapi mikate ya kuwashibisha watu hawa wote?”
5 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।”
Yesu akawauliza, “Mnayo mikate mingapi?” Nao wakamjibu, “Saba.”
6 उहाँले भिडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्‍नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।
Basi, akawaamuru watu wakae chini. Akaitwaa ile mikate saba, akamshukuru Mungu, akaimega, akawapa wanafunzi wake wawagawie watu, nao wakawagawia.
7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।
Walikuwa pia na visamaki vichache. Yesu akavibariki, akaamuru vigawiwe watu vilevile.
8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।
Watu wakala, wakashiba. Wakaokota mabaki yaliyosalia wakajaza makapu saba.
9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
Nao waliokula walikuwa watu wapatao elfu nne. Yesu akawaaga,
10 त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।
na mara akapanda mashua pamoja na wanafunzi wake, akaenda wilaya ya Dalmanutha.
11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।
Mafarisayo walikuja, wakaanza kujadiliana na Yesu. Kwa kumjaribu, wakamtaka awafanyie ishara kuonyesha anayo idhini kutoka mbinguni.
12 उहाँले आत्मामा सुस्केर हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”
Yesu akahuzunika rohoni, akasema, “Mbona kizazi hiki kinataka ishara? Kweli nawaambieni, kizazi hiki hakitapewa ishara yoyote!”
13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो ।
Basi, akawaacha, akapanda tena mashua, akaanza safari kwenda ng'ambo ya pili ya ziwa.
14 अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन ।
Wanafunzi walikuwa wamesahau kuchukua mikate; walikuwa na mkate mmoja tu katika mashua.
15 उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्‍नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”
Yesu akawaonya, “Angalieni sana! Jihadharini na chachu ya Mafarisayo na chachu ya Herode.”
16 चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”
Wanafunzi wakaanza kujadiliana wao kwa wao, “Anasema hivyo kwa kuwa hatuna mikate.”
17 येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्?
Yesu alitambua hayo, akawaambia, “Mbona mnajadiliana juu ya kutokuwa na mikate? Je, bado hamjafahamu, wala hamjaelewa? Je, mioyo yenu imeshupaa?
18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?
Je, Mnayo macho na hamwoni? Mnayo masikio na hamsikii? Je, hamkumbuki
19 जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”
wakati ule nilipoimega ile mikate mitano na kuwapa watu elfu tano? Mlikusanya vikapu vingapi vya mabaki ya makombo?” Wakamjibu, “Kumi na viwili.”
20 “अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”
“Na nilipoimega ile mikate saba na kuwapa watu elfu nne, mlikusanya makapu mangapi ya makombo?” Wakamjibu, “Saba.”
21 उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”
Basi, akawaambia, “Na bado hamjaelewa?”
22 उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्‍टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।
Yesu alifika Bethsaida pamoja na wanafunzi wake. Huko watu wakamletea kipofu mmoja, wakamwomba amguse.
23 येशूले त्यस दृष्‍टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो, र त्यसमाथि आफ्नो हात राख्‍नुभयो, उहाँले त्यसलाई सोध्‍नुभयो, “के तिमीले कुनै कुरा देख्छौ?”
Yesu akamshika mkono huyo kipofu, akampeleka nje ya kijiji. Akamtemea mate machoni, akamwekea mikono, akamwuliza, “Je, unaweza kuona kitu?”
24 त्यसले हेर्‍यो र भन्यो, “म मानिसहरू रुखहरूजस्तै हिँडेको देख्‍छु ।”
Huyo kipofu akatazama, akasema, “Ninawaona watu wanaoonekana kama miti inayotembea.”
25 उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्‍नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्‍टि पुनः प्राप्‍त भयो र त्यसले सबै थोक स्पष्‍टसँग देख्यो ।
Kisha Yesu akamwekea tena mikono machoni, naye akakaza macho, uwezo wake wa kuona ukamrudia, akaona kila kitu sawasawa.
26 येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्‍नुभयो, “त्यस सहरमा नपस ।”
Yesu akamwambia aende zake nyumbani na kumwamuru, “Usirudi kijijini!”
27 येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भन्छन्?”
Kisha Yesu na wanafunzi wake walikwenda katika vijiji vya Kaisarea Filipi. Walipokuwa njiani, Yesu aliwauliza wanafunzi wake, “Watu wanasema mimi ni nani?”
28 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्‍तिस्मा-दिने यूहन्‍ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्‍ताहरूमध्ये एक’ भन्छन् ।”
Wakamjibu, “Wengine wanasema wewe ni Yohane Mbatizaji, wengine Eliya na wengine mmojawapo wa manabii.”
29 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ”
Naye akawauliza, “Na ninyi je, mnasema mimi ni nani?” Petro akamjibu, “Wewe ndiwe Kristo.”
30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।
Kisha Yesu akawaonya wasimwambie mtu yeyote habari zake.
31 उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।
Yesu alianza kuwafundisha wanafunzi wake: “Ni lazima Mwana wa Mtu apatwe na mateso mengi na kukataliwa na wazee na makuhani wakuu na walimu wa Sheria. Atauawa na baada ya siku tatu atafufuka.”
32 उहाँले यो स्पष्‍टसँग भन्‍नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले ।
Yesu aliwaambia jambo hilo waziwazi. Basi, Petro akamchukua kando, akaanza kumkemea.
33 तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्‍नुभयो, “मबाट पछि हट् शैतान! तैँले परमेश्‍वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस् ।”
Lakini Yesu akageuka, akawatazama wanafunzi wake, akamkemea Petro akisema, “Ondoka mbele yangu, Shetani! Fikira zako si za kimungu ila ni za kibinadamu!”
34 त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ ।
Kisha akauita umati wa watu pamoja na wanafunzi wake, akawaambia, “Mtu yeyote akitaka kuwa mfuasi wangu, lazima ajikane mwenyewe, auchukue msalaba wake, anifuate.
35 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ ।
Maana mtu anayetaka kuyaokoa maisha yake mwenyewe, atayapoteza, lakini mtu atakayepoteza maisha yake kwa ajili yangu na kwa ajili ya Habari Njema, atayaokoa.
36 मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र?
Je, kuna faida gani mtu kuupata ulimwengu wote na kuyapoteza maisha yake?
37 मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र?
Ama mtu atatoa kitu gani badala ya maisha yake?
38 यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”
Mtu yeyote katika kizazi hiki kiovu na kisichomjali Mungu anayenionea aibu mimi na mafundisho yangu, Mwana wa Mtu atamwonea aibu mtu huyo wakati atakapokuja katika utukufu wa Baba yake pamoja na malaika watakatifu.”

< मर्कूस 8 >