< मर्कूस 8 >
1 ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो,
A w oneż dni, gdy nader wielki lud był, a nie mieli, co by jedli, zwoławszy Jezus uczniów swoich, rzekł im:
2 “यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
Żal mi tego ludu; bo już trzy dni trwają przy mnie, a nie mają, co by jedli;
3 यदि मैले तिनीहरूलाई केही नखुवाईकन पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।”
A jeźli je rozpuszczę głodne do domów ich, pomdleją na drodze; albowiem niektórzy z nich z daleka przyszli.
4 उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्त पार्न सक्ने पर्याप्त रोटी हामी कहाँ पाउन सक्छौँ?”
Tedy mu odpowiedzieli uczniowie jego: Skądże te kto będzie mógł nasycić chlebem tu na puszczy?
5 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।”
I spytał ich: Wieleż macie chlebów? A oni rzekli: Siedm.
6 उहाँले भिडलाई भुइँमा बस्न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।
I rozkazał ludowi, żeby usiadł na ziemi; a wziąwszy one siedm chlebów, podziękowawszy łamał, i dawał uczniom swoim, aby przed lud kładli; i kładli przed lud.
7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।
Mieli też trochę rybek, które pobłogosławiwszy, kazał i one przed lud kłaść.
8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।
Jedli tedy i nasyceni są, i zebrali, co zbyło ułomków, siedm koszów.
9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
A było tych, co jedli, około czterech tysięcy; i rozpuścił je.
10 त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।
A wnet wstąpiwszy w łódź z uczniami swoimi, przyszedł w strony Dalmanutskie.
11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।
I wyszli Faryzeuszowie, a poczęli z nim spór wieść, szukając od niego znamienia z nieba, a kusząc go.
12 उहाँले आत्मामा सुस्केर हाल्नुभयो र भन्नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”
Tedy westchnąwszy serdecznie w duchu swym, rzekł: Przeczże ten rodzaj znamienia szuka? Zaprawdę powiadam wam, że nie będzie dane znamię temu rodzajowi.
13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो ।
I opuściwszy ich, wstąpił zasię w łódź, i przeprawił się na drugą stronę.
14 अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन ।
A zapomnieli byli uczniowie wziąć z sobą chleba, i nie mieli z sobą nic więcej, tylko jeden chleb w łodzi.
15 उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”
Tedy im przykazał, mówiąc: Baczcież, a strzeżcie się kwasu Faryzeuszów i kwasu Herodowego.
16 चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”
I rozmawiali między sobą i rzekli: O tem snać mówi, że nie mamy chleba.
17 येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्?
Co poznawszy Jezus, rzekł im: O czemże rozmawiacie, iż nie macie chleba? Jeszczeż nie baczycie i nie zrozumiewacie? Jeszczeż macie serce swoje zdrętwiałe?
18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?
Oczy mając nie widzicie, i uszy mając nie słyszycie, i nie pamiętacie?
19 जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”
Gdym onych pięć chlebów łamał między pięć tysięcy ludzi, wiele żeście pełnych koszów ułomków zebrali? Rzekli mu: Dwanaście;
20 “अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”
A gdym onych siedm chlebów łamał między cztery tysiące ludzi, wieleście koszów pełnych ułomków zebrali? A oni rzekli: Siedm.
21 उहाँले भन्नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”
A on im rzekł: Jakoż tedy nie rozumiecie?
22 उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।
Potem przyszedł do Betsaidy; i przywiedli do niego ślepego, prosząc go, aby się go dotknął.
23 येशूले त्यस दृष्टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्नुभयो, र त्यसमाथि आफ्नो हात राख्नुभयो, उहाँले त्यसलाई सोध्नुभयो, “के तिमीले कुनै कुरा देख्छौ?”
A ująwszy onego ślepego za rękę, wywiódł go precz za miasteczko, i plunąwszy na oczy jego, włożył na niego ręce, i pytał go, jeźliby co widział.
24 त्यसले हेर्यो र भन्यो, “म मानिसहरू रुखहरूजस्तै हिँडेको देख्छु ।”
A on spojrzawszy w górę, rzekł: Widzę ludzi; bo widzę, że chodzą jako drzewa.
25 उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो र त्यसले सबै थोक स्पष्टसँग देख्यो ।
Potem zasię włożył ręce na oczy jego, i rozkazał mu w górę spojrzeć; i uzdrowiony jest na wzroku, tak że i z daleka wszystkich jasno widział.
26 येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्नुभयो, “त्यस सहरमा नपस ।”
I odesłał go do domu jego, mówiąc: I do tego miasteczka nie wchodź, i nikomu z miasteczka nie powiadaj.
27 येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भन्छन्?”
Tedy wyszedł Jezus i uczniowie jego do miasteczek należących do Cezaryi Filipowej, a w drodze pytał uczniów swoich, mówiąc im: Kimże mię powiadają być ludzie?
28 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्तिस्मा-दिने यूहन्ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्ताहरूमध्ये एक’ भन्छन् ।”
A oni mu odpowiedzieli: Jedni Janem Chrzcicielem, a drudzy Elijaszem, a drudzy jednym z proroków.
29 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ”
Ale on im rzekł: A wy kim mię być powiadacie? A odpowiadając Piotr, rzekł mu: Tyś jest on Chrystus.
30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।
I przygroził im, aby o nim nikomu nie powiadali.
31 उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।
I począł je nauczać, że Syn człowieczy musi wiele ucierpieć, i odrzuconym być od starszych ludu, i od przedniejszych kapłanów i nauczonych w Piśmie, i być zabity, a po trzech dniach zmartwychwstać.
32 उहाँले यो स्पष्टसँग भन्नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले ।
A to mówił jawnie. Tedy go Piotr wziąwszy na stronę, począł go strofować.
33 तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्नुभयो, “मबाट पछि हट् शैतान! तैँले परमेश्वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस् ।”
Ale on obróciwszy się, a wejrzawszy na ucznie swoje, zgromił Piotra, mówiąc: Idź ode mnie, szatanie; albowiem nie pojmujesz tego, co jest Bożego, ale co jest ludzkiego.
34 त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ ।
A zwoławszy ludu z uczniami swoimi, rzekł im: Ktokolwiek chce za mną iść, niech samego siebie zaprze, a weźmie krzyż swój, i naśladuje mię.
35 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ ।
Albowiem kto by chciał zachować duszę swą, straci ją; a kto by stracił duszę swą dla mnie i dla Ewangielii, ten ją zachowa.
36 मानिसले सारा संसार प्राप्त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र?
Bo cóż pomoże człowiekowi, choćby wszystek świat pozyskał, a szkodowałby na duszy swojej?
37 मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र?
Albo co za zamianę da człowiek za duszę swoję?
38 यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”
Albowiem kto by się wstydził za mię i za słowa moje między tym rodzajem cudzołożnym i grzesznym, i Syn człowieczy wstydzić się za niego będzie, gdy przyjdzie w chwale Ojca swego z Anioły świętymi.