< मर्कूस 7 >
1 यरूशलेमबाट आएका फरिसीहरू र केही शास्त्रीहरू उहाँको वरिपरि भेला भए ।
ཨནནྟརཾ ཡིརཱུཤཱལམ ཨཱགཏཱཿ ཕིརཱུཤིནོ྅དྷྱཱཔཀཱཤྩ ཡཱིཤོཿ སམཱིཔམ྄ ཨཱགཏཱཿ།
2 तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।
ཏེ ཏསྱ ཀིཡཏཿ ཤིཥྱཱན྄ ཨཤུཙིཀརཻརརྠཱད ཨཔྲཀྵཱལིཏཧསྟཻ རྦྷུཉྫཏོ དྲྀཥྚྭཱ ཏཱནདཱུཥཡན྄།
3 (फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्,
ཡཏཿ ཕིརཱུཤིནཿ སཪྻྭཡིཧཱུདཱིཡཱཤྩ པྲཱཙཱཾ པརམྤརཱགཏཝཱཀྱཾ སམྨནྱ པྲཏལེན ཧསྟཱན྄ ཨཔྲཀྵཱལྱ ན བྷུཉྫཏེ།
4 जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन् । कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन् ।)
ཨཱཔནཱདཱགཏྱ མཛྫནཾ ཝིནཱ ན ཁཱདནྟི; ཏཐཱ པཱནཔཱཏྲཱཎཱཾ ཛལཔཱཏྲཱཎཱཾ པིཏྟལཔཱཏྲཱཎཱམ྄ ཨཱསནཱནཱཉྩ ཛལེ མཛྫནམ྄ ཨིཏྱཱདཡོནྱེཔི བཧཝསྟེཥཱམཱཙཱརཱཿ སནྟི།
5 फरिसी र शास्त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”
ཏེ ཕིརཱུཤིནོ྅དྷྱཱཔཀཱཤྩ ཡཱིཤུཾ པཔྲཙྪུཿ, ཏཝ ཤིཥྱཱཿ པྲཱཙཱཾ པརམྤརཱགཏཝཱཀྱཱནུསཱརེཎ ནཱཙརནྟོ྅པྲཀྵཱལིཏཀརཻཿ ཀུཏོ བྷུཛཾཏེ?
6 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे, उनले लेखे, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ ।’
ཏཏཿ ས པྲཏྱུཝཱཙ ཀཔཊིནོ ཡུཥྨཱན྄ ཨུདྡིཤྱ ཡིཤཡིཡབྷཝིཥྱདྭཱདཱི ཡུཀྟམཝཱདཱིཏ྄། ཡཐཱ སྭཀཱིཡཻརདྷརཻརེཏེ སམྨནྱནཏེ སདཻཝ མཱཾ། ཀིནྟུ མཏྟོ ཝིཔྲཀརྵེ སནྟི ཏེཥཱཾ མནཱཾསི ཙ།
7 तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन् ।
ཤིཀྵཡནྟོ བིདྷཱིན྄ ནྣཱཛྙཱ བྷཛནྟེ མཱཾ མུདྷཻཝ ཏེ།
8 तिमीहरू परमेश्वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ ।”
ཡཱུཡཾ ཛལཔཱཏྲཔཱནཔཱཏྲཱདཱིནི མཛྫཡནྟོ མནུཛཔརམྤརཱགཏཝཱཀྱཾ རཀྵཐ ཀིནྟུ ཨཱིཤྭརཱཛྙཱཾ ལཾགྷདྷྭེ; ཨཔརཱ ཨཱིདྲྀཤྱོནེཀཱཿ ཀྲིཡཱ ཨཔི ཀུརུདྷྭེ།
9 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परमेश्वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक!
ཨནྱཉྩཱཀཐཡཏ྄ ཡཱུཡཾ སྭཔརམྤརཱགཏཝཱཀྱསྱ རཀྵཱརྠཾ སྤཥྚརཱུཔེཎ ཨཱིཤྭརཱཛྙཱཾ ལོཔཡཐ།
10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्चय नै मारिनेछ ।’
ཡཏོ མཱུསཱདྭཱརཱ པྲོཀྟམསྟི སྭཔིཏརཽ སམྨནྱདྷྭཾ ཡསྟུ མཱཏརཾ པིཏརཾ ཝཱ དུཪྻྭཱཀྱཾ ཝཀྟི ས ནིཏཱནྟཾ ཧནྱཏཱཾ།
11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्वरलाई दिइएको छ) ।”
ཀིནྟུ མདཱིཡེན ཡེན དྲཝྱེཎ ཏཝོཔཀཱརོབྷཝཏ྄ ཏཏ྄ ཀརྦྦཱཎམརྠཱད྄ ཨཱིཤྭརཱཡ ནིཝེདིཏམ྄ ཨིདཾ ཝཱཀྱཾ ཡདི ཀོཔི པིཏརཾ མཱཏརཾ ཝཱ ཝཀྟི
12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ ।
ཏརྷི ཡཱུཡཾ མཱཏུཿ པིཏུ ཪྻོཔཀཱརཾ ཀརྟྟཱཾ ཏཾ ཝཱརཡཐ།
13 तिमीहरूले परमेश्वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”
ཨིཏྠཾ སྭཔྲཙཱརིཏཔརམྤརཱགཏཝཱཀྱེན ཡཱུཡམ྄ ཨཱིཤྭརཱཛྙཱཾ མུདྷཱ ཝིདྷདྭྭེ, ཨཱིདྲྀཤཱནྱནྱཱནྱནེཀཱནི ཀརྨྨཱཎི ཀུརུདྷྭེ།
14 उहाँले भिडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ ।
ཨཐ ས ལོཀཱནཱཧཱུཡ བབྷཱཥེ ཡཱུཡཾ སཪྻྭེ མདྭཱཀྱཾ ཤྲྀཎུཏ བུདྷྱདྷྭཉྩ།
15 व्यक्तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्ने त्यस्तो कुनै कुरा छैन । व्यक्तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।”
བཱཧྱཱདནྟརཾ པྲཝིཤྱ ནརམམེདྷྱཾ ཀརྟྟཱཾ ཤཀྣོཏི ཨཱིདྲྀཤཾ ཀིམཔི ཝསྟུ ནཱསྟི, ཝརམ྄ ཨནྟརཱད྄ བཧིརྒཏཾ ཡདྭསྟུ ཏནྨནུཛམ྄ ཨམེདྷྱཾ ཀརོཏི།
16 (नोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्ने कान छ भने त्यसले सुनोस् ।
ཡསྱ ཤྲོཏུཾ ཤྲོཏྲེ སྟཿ ས ཤྲྀཎོཏུ།
17 जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्नुभयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।
ཏཏཿ ས ལོཀཱན྄ ཧིཏྭཱ གྲྀཧམདྷྱཾ པྲཝིཥྚསྟདཱ ཤིཥྱཱསྟདྲྀཥྚཱནྟཝཱཀྱཱརྠཾ པཔྲཙྪུཿ།
18 येशूले भन्नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्दैनौ, कि बाहिरबाट मानिसभित्र पस्ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,
ཏསྨཱཏ྄ ས ཏཱན྄ ཛགཱད ཡཱུཡམཔི ཀིམེཏཱདྲྀགབོདྷཱཿ? ཀིམཔི དྲཝྱཾ བཱཧྱཱདནྟརཾ པྲཝིཤྱ ནརམམེདྷྱཾ ཀརྟྟཱཾ ན ཤཀྣོཏི ཀཐཱམིམཱཾ ཀིཾ ན བུདྷྱདྷྭེ?
19 किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्केर शौचालयमा पुग्छ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो ।
ཏཏ྄ ཏདནྟརྣ པྲཝིཤཏི ཀིནྟུ ཀུཀྵིམདྷྱཾ པྲཝིཤཏི ཤེཥེ སཪྻྭབྷུཀྟཝསྟུགྲཱཧིཎི བཧིརྡེཤེ ནིཪྻཱཏི།
20 उहाँले भन्नुभयो, “मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ ।
ཨཔརམཔྱཝཱདཱིད྄ ཡནྣརཱནྣིརེཏི ཏདེཝ ནརམམེདྷྱཾ ཀརོཏི།
21 किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचार, यौन अनैतिकता, चोरी, हत्या,
ཡཏོ྅ནྟརཱད྄ ཨརྠཱན྄ མཱནཝཱནཱཾ མནོབྷྱཿ ཀུཙིནྟཱ པརསྟྲཱིཝེཤྱཱགམནཾ
22 व्यभिचार, लोभ, दुष्टता, धोखा, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् ।
ནརཝདྷཤྩཽཪྻྱཾ ལོབྷོ དུཥྚཏཱ པྲཝཉྩནཱ ཀཱམུཀཏཱ ཀུདྲྀཥྚིརཱིཤྭརནིནྡཱ གཪྻྭསྟམ ཨིཏྱཱདཱིནི ནིརྒཙྪནྟི།
23 यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन् ।”
ཨེཏཱནི སཪྻྭཱཎི དུརིཏཱནྱནྟརཱདེཏྱ ནརམམེདྷྱཾ ཀུཪྻྭནྟི།
24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्न सक्नुभएन ।
ཨཐ ས ཨུཏྠཱཡ ཏཏྶྠཱནཱཏ྄ སོརསཱིདོནྤུརཔྲདེཤཾ ཛགཱམ ཏཏྲ ཀིམཔི ནིཝེཤནཾ པྲཝིཤྱ སཪྻྭཻརཛྙཱཏཿ སྠཱཏུཾ མཏིཉྩཀྲེ ཀིནྟུ གུཔྟཿ སྠཱཏུཾ ན ཤཤཱཀ།
25 तर तुरुन्तै एउटा स्त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्टो परिन् ।
ཡཏཿ སུརཕཻནིཀཱིདེཤཱིཡཡཱུནཱནཱིཝཾཤོདྦྷཝསྟྲིཡཱཿ ཀནྱཱ བྷཱུཏགྲསྟཱསཱིཏ྄། སཱ སྟྲཱི ཏདྭཱརྟྟཱཾ པྲཱཔྱ ཏཏྶམཱིཔམཱགཏྱ ཏཙྩརཎཡོཿ པཏིཏྭཱ
26 ती स्त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् ।
སྭཀནྱཱཏོ བྷཱུཏཾ ནིརཱཀརྟྟཱཾ ཏསྨིན྄ ཝིནཡཾ ཀྲྀཏཝཏཱི།
27 उहाँले तिनलाई भन्नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।”
ཀིནྟུ ཡཱིཤུསྟཱམཝདཏ྄ པྲཐམཾ བཱལཀཱསྟྲྀཔྱནྟུ ཡཏོ བཱལཀཱནཱཾ ཁཱདྱཾ གྲྀཧཱིཏྭཱ ཀུཀྐུརེབྷྱོ ནིཀྵེཔོ྅ནུཙིཏཿ།
28 तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि ।”
ཏདཱ སཱ སྟྲཱི ཏམཝཱདཱིཏ྄ བྷོཿ པྲབྷོ ཏཏ྄ སཏྱཾ ཏཐཱཔི མཉྩཱདྷཿསྠཱཿ ཀུཀྐུརཱ བཱལཱནཱཾ ཀརཔཏིཏཱནི ཁཱདྱཁཎྜཱནི ཁཱདནྟི།
29 उहाँले तिनलाई भन्नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।”
ཏཏཿ སོ྅ཀཐཡད྄ ཨེཏཏྐཐཱཧེཏོཿ སཀུཤལཱ ཡཱཧི ཏཝ ཀནྱཱཾ ཏྱཀྟྭཱ བྷཱུཏོ གཏཿ།
30 तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।
ཨཐ སཱ སྟྲཱི གྲྀཧཾ གཏྭཱ ཀནྱཱཾ བྷཱུཏཏྱཀྟཱཾ ཤཡྻཱསྠིཏཱཾ དདརྴ།
31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो ।
པུནཤྩ ས སོརསཱིདོནྤུརཔྲདེཤཱཏ྄ པྲསྠཱཡ དིཀཱཔལིདེཤསྱ པྲཱནྟརབྷཱགེན གཱལཱིལྫལདྷེཿ སམཱིཔཾ གཏཝཱན྄།
32 तिनीहरूले सुन्न नसक्ने र बोल्न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।
ཏདཱ ལོཀཻརེཀཾ བདྷིརཾ ཀདྭདཉྩ ནརཾ ཏནྣིཀཊམཱནཱིཡ ཏསྱ གཱཏྲེ ཧསྟམརྤཡིཏུཾ ཝིནཡཿ ཀྲྀཏཿ།
33 उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो ।
ཏཏོ ཡཱིཤུ རློཀཱརཎྱཱཏ྄ ཏཾ ནིརྫནམཱནཱིཡ ཏསྱ ཀརྞཡོངྒུལཱི རྡདཽ ནིཥྛཱིཝཾ དཏྟྭཱ ཙ ཏཛྫིཧྭཱཾ པསྤརྴ།
34 उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्नुभयो र त्यसलाई भन्नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।”
ཨནནྟརཾ སྭརྒཾ ནིརཱིཀྵྱ དཱིརྒྷཾ ནིཤྭསྱ ཏམཝདཏ྄ ཨིཏཕཏཿ ཨརྠཱན྄ མུཀྟོ བྷཱུཡཱཏ྄།
35 तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो ।
ཏཏསྟཏྐྵཎཾ ཏསྱ ཀརྞཽ མུཀྟཽ ཛིཧྭཱཡཱཤྩ ཛཱཌྱཱཔགམཱཏ྄ ས སུསྤཥྚཝཱཀྱམཀཐཡཏ྄།
36 उहाँले कसैलाई केही पनि नभन्नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए ।
ཨཐ ས ཏཱན྄ ཝཱཌྷམིཏྱཱདིདེཤ ཡཱུཡམིམཱཾ ཀཐཱཾ ཀསྨཻཙིདཔི མཱ ཀཐཡཏ, ཀིནྟུ ས ཡཏི ནྱཥེདྷཏ྄ ཏེ ཏཏི བཱཧུལྱེན པྲཱཙཱརཡན྄;
37 तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्ने र गुँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”
ཏེ྅ཏིཙམཏྐྲྀཏྱ པརསྤརཾ ཀཐཡཱམཱསུཿ ས བདྷིརཱཡ ཤྲཝཎཤཀྟིཾ མཱུཀཱཡ ཙ ཀཐནཤཀྟིཾ དཏྟྭཱ སཪྻྭཾ ཀརྨྨོཏྟམརཱུཔེཎ ཙཀཱར།