< मर्कूस 7 >

1 यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए ।
ܘܟܢܫܘ ܠܘܬܗ ܦܪܝܫܐ ܘܤܦܪܐ ܕܐܬܘ ܡܢ ܐܘܪܫܠܡ
2 तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।
ܘܚܙܘ ܐܢܫܝܢ ܡܢ ܬܠܡܝܕܘܗܝ ܕܐܟܠܝܢ ܠܚܡܐ ܟܕ ܠܐ ܡܫܓܢ ܐܝܕܝܗܘܢ ܘܐܬܥܕܠܘ
3 (फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्,
ܟܠܗܘܢ ܓܝܪ ܝܗܘܕܝܐ ܘܦܪܝܫܐ ܐܢ ܗܘ ܕܒܛܝܠܐܝܬ ܠܐ ܡܫܝܓܝܢ ܐܝܕܝܗܘܢ ܠܐ ܠܥܤܝܢ ܡܛܠ ܕܐܚܝܕܝܢ ܡܫܠܡܢܘܬܐ ܕܩܫܝܫܐ
4 जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन् । कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्‍ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन् ।)
ܘܡܢ ܫܘܩܐ ܐܠܐ ܥܡܕܝܢ ܠܐ ܠܥܤܝܢ ܘܤܓܝܐܬܐ ܐܚܪܢܝܬܐ ܐܝܬ ܐܝܠܝܢ ܕܩܒܠܘ ܕܢܛܪܘܢ ܡܥܡܘܕܝܬܐ ܕܟܤܐ ܘܕܩܤܛܐ ܘܕܡܐܢܝ ܢܚܫܐ ܘܕܥܪܤܬܐ
5 फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”
ܘܫܐܠܘܗܝ ܤܦܪܐ ܘܦܪܝܫܐ ܠܡܢܐ ܬܠܡܝܕܝܟ ܠܐ ܡܗܠܟܝܢ ܐܝܟ ܡܫܠܡܢܘܬܐ ܕܩܫܝܫܐ ܐܠܐ ܟܕ ܠܐ ܡܫܓܢ ܐܝܕܝܗܘܢ ܐܟܠܝܢ ܠܚܡܐ
6 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे, उनले लेखे, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ ।’
ܗܘ ܕܝܢ ܐܡܪ ܠܗܘܢ ܫܦܝܪ ܐܬܢܒܝ ܥܠܝܟܘܢ ܐܫܥܝܐ ܢܒܝܐ ܢܤܒܝ ܒܐܦܐ ܐܝܟ ܕܟܬܝܒ ܕܥܡܐ ܗܢܐ ܒܤܦܘܬܗ ܗܘ ܡܝܩܪ ܠܝ ܠܒܗܘܢ ܕܝܢ ܤܓܝ ܪܚܝܩ ܡܢܝ
7 तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन् ।
ܘܤܪܝܩܐܝܬ ܕܚܠܝܢ ܠܝ ܟܕ ܡܠܦܝܢ ܝܘܠܦܢܐ ܕܦܘܩܕܢܐ ܕܒܢܝ ܐܢܫܐ
8 तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ ।”
ܫܒܩܬܘܢ ܓܝܪ ܦܘܩܕܢܐ ܕܐܠܗܐ ܘܐܚܝܕܝܢ ܐܢܬܘܢ ܡܫܠܡܢܘܬܐ ܕܒܢܝ ܐܢܫܐ ܡܥܡܘܕܝܬܐ ܕܟܤܐ ܘܕܩܤܛܐ ܘܤܓܝܐܬܐ ܐܝܠܝܢ ܕܠܗܠܝܢ ܕܡܝܢ
9 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक!
ܐܡܪ ܠܗܘܢ ܫܦܝܪ ܛܠܡܝܢ ܐܢܬܘܢ ܦܘܩܕܢܐ ܕܐܠܗܐ ܕܬܩܝܡܘܢ ܡܫܠܡܢܘܬܟܘܢ
10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’
ܡܘܫܐ ܓܝܪ ܐܡܪ ܕܝܩܪ ܠܐܒܘܟ ܘܠܐܡܟ ܘܡܢ ܕܡܨܚܐ ܠܐܒܐ ܘܠܐܡܐ ܡܘܬܐ ܢܡܘܬ
11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ) ।”
ܐܢܬܘܢ ܕܝܢ ܐܡܪܝܢ ܐܢܬܘܢ ܐܢ ܢܐܡܪ ܓܒܪܐ ܠܐܒܘܗܝ ܐܘ ܠܐܡܗ ܩܘܪܒܢܝ ܡܕܡ ܕܡܢܝ ܬܐܬܪ
12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ ।
ܘܠܐ ܫܒܩܝܢ ܐܢܬܘܢ ܠܗ ܕܢܥܒܕ ܡܕܡ ܠܐܒܘܗܝ ܐܘ ܠܐܡܗ
13 तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”
ܘܡܤܠܝܢ ܐܢܬܘܢ ܡܠܬܐ ܕܐܠܗܐ ܡܛܠ ܡܫܠܡܢܘܬܐ ܕܐܫܠܡܬܘܢ ܘܕܕܡܝܢ ܠܗܠܝܢ ܤܓܝܐܬܐ ܥܒܕܝܢ ܐܢܬܘܢ
14 उहाँले भिडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ ।
ܘܩܪܐ ܝܫܘܥ ܠܟܢܫܐ ܟܠܗ ܘܐܡܪ ܠܗܘܢ ܫܘܡܥܘܢܝ ܟܠܟܘܢ ܘܐܤܬܟܠܘ
15 व्यक्‍तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्‍ने त्यस्तो कुनै कुरा छैन । व्यक्‍तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।”
ܠܝܬ ܡܕܡ ܕܠܒܪ ܡܢ ܒܪܢܫܐ ܗܘ ܘܥܐܠ ܠܗ ܕܡܫܟܚ ܡܤܝܒ ܠܗ ܐܠܐ ܡܕܡ ܕܢܦܩ ܡܢܗ ܗܘ ܗܘ ܡܤܝܒ ܠܒܪ ܐܢܫܐ
16 (नोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्‍ने कान छ भने त्यसले सुनोस् ।
ܡܢ ܕܐܝܬ ܠܗ ܐܕܢܐ ܕܢܫܡܥ ܢܫܡܥ
17 जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।
ܟܕ ܕܝܢ ܥܠ ܝܫܘܥ ܠܒܝܬܐ ܡܢ ܟܢܫܐ ܫܐܠܘܗܝ ܬܠܡܝܕܘܗܝ ܥܠ ܡܬܠܐ ܗܘ
18 येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,
ܐܡܪ ܠܗܘܢ ܗܟܢܐ ܐܦ ܐܢܬܘܢ ܥܛܠܝܢ ܐܢܬܘܢ ܠܐ ܝܕܥܝܢ ܐܢܬܘܢ ܕܟܠ ܡܕܡ ܕܡܢ ܠܒܪ ܥܐܠ ܠܒܪ ܐܢܫܐ ܠܐ ܡܫܟܚ ܡܤܝܒ ܠܗ
19 किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो ।
ܕܠܐ ܗܘܐ ܠܠܒܗ ܥܐܠ ܐܠܐ ܠܟܪܤܗ ܘܡܫܬܕܐ ܒܬܕܟܝܬܐ ܕܡܕܟܝܐ ܟܠܗ ܡܐܟܘܠܬܐ
20 उहाँले भन्‍नुभयो, “मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ ।
ܡܕܡ ܕܝܢ ܕܢܦܩ ܡܢ ܒܪܢܫܐ ܗܘ ܗܘ ܡܤܝܒ ܠܒܪ ܐܢܫܐ
21 किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,
ܡܢ ܠܓܘ ܓܝܪ ܡܢ ܠܒܐ ܕܒܢܝ ܐܢܫܐ ܢܦܩܢ ܡܚܫܒܬܐ ܒܝܫܬܐ ܓܘܪܐ ܙܢܝܘܬܐ ܓܢܒܘܬܐ ܩܛܠܐ
22 व्यभिचार, लोभ, दुष्‍टता, धोखा, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् ।
ܥܠܘܒܘܬܐ ܒܝܫܘܬܐ ܢܟܠܐ ܨܚܢܘܬܐ ܥܝܢܐ ܒܝܫܬܐ ܓܘܕܦܐ ܫܒܗܪܢܘܬܐ ܫܛܝܘܬܐ
23 यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन् ।”
ܗܠܝܢ ܟܠܗܝܢ ܒܝܫܬܐ ܡܢ ܠܓܘ ܗܘ ܢܦܩܢ ܘܡܤܝܒܢ ܠܗ ܠܒܪܢܫܐ
24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन ।
ܡܢ ܬܡܢ ܩܡ ܝܫܘܥ ܘܐܬܐ ܠܬܚܘܡܐ ܕܨܘܪ ܘܕܨܝܕܢ ܘܥܠ ܠܒܝܬܐ ܚܕ ܘܠܐ ܨܒܐ ܗܘܐ ܕܐܢܫ ܢܕܥ ܒܗ ܘܠܐ ܐܫܟܚ ܕܢܛܫܐ
25 तर तुरुन्तै एउटा स्‍त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्‍टो परिन् ।
ܡܚܕܐ ܓܝܪ ܫܡܥܬ ܐܢܬܬܐ ܚܕܐ ܡܛܠܬܗ ܕܐܝܬ ܗܘܬ ܠܒܪܬܗ ܪܘܚܐ ܛܢܦܬܐ ܘܐܬܬ ܢܦܠܬ ܩܕܡ ܪܓܠܘܗܝ
26 ती स्‍त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् ।
ܗܝ ܕܝܢ ܐܢܬܬܐ ܐܝܬܝܗ ܗܘܬ ܚܢܦܬܐ ܡܢ ܦܘܢܝܩܐ ܕܤܘܪܝܐ ܘܒܥܝܐ ܗܘܬ ܡܢܗ ܕܢܦܩ ܫܐܕܐ ܡܢ ܒܪܬܗ
27 उहाँले तिनलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।”
ܘܐܡܪ ܠܗ ܝܫܘܥ ܫܒܘܩܝ ܠܘܩܕܡ ܕܢܤܒܥܘܢ ܒܢܝܐ ܠܐ ܗܘܬ ܓܝܪ ܫܦܝܪܐ ܕܢܤܒ ܠܚܡܐ ܕܒܢܝܐ ܘܢܪܡܐ ܠܟܠܒܐ
28 तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि ।”
ܗܝ ܕܝܢ ܥܢܬ ܘܐܡܪܐ ܠܗ ܐܝܢ ܡܪܝ ܐܦ ܟܠܒܐ ܡܢ ܬܚܝܬ ܦܬܘܪܐ ܐܟܠܝܢ ܦܪܬܘܬܐ ܕܒܢܝܐ
29 उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।”
ܐܡܪ ܠܗ ܝܫܘܥ ܙܠܝ ܡܛܠ ܗܕܐ ܡܠܬܐ ܢܦܩ ܠܗ ܫܐܕܐ ܡܢ ܒܪܬܟܝ
30 तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।
ܘܐܙܠܬ ܠܒܝܬܗ ܘܐܫܟܚܬ ܒܪܬܗ ܟܕ ܪܡܝܐ ܒܥܪܤܐ ܘܢܦܝܩ ܡܢܗ ܫܐܕܗ
31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो ।
ܬܘܒ ܢܦܩ ܝܫܘܥ ܡܢ ܬܚܘܡܐ ܕܨܘܪ ܘܕܨܝܕܢ ܘܐܬܐ ܠܝܡܐ ܕܓܠܝܠܐ ܒܬܚܘܡܐ ܕܥܤܪܬ ܡܕܝܢܬܐ
32 तिनीहरूले सुन्‍न नसक्‍ने र बोल्‍न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।
ܘܐܝܬܝܘ ܠܗ ܚܪܫܐ ܚܕ ܦܐܩܐ ܘܒܥܐ ܗܘܘ ܡܢܗ ܕܢܤܝܡ ܥܠܘܗܝ ܐܝܕܐ
33 उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो ।
ܘܢܓܕܗ ܡܢ ܟܢܫܐ ܒܠܚܘܕܘܗܝ ܘܐܪܡܝ ܨܒܥܬܗ ܒܐܕܢܘܗܝ ܘܪܩ ܘܩܪܒ ܠܠܫܢܗ
34 उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्‍नुभयो र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।”
ܘܚܪ ܒܫܡܝܐ ܘܐܬܬܢܚ ܘܐܡܪ ܠܗ ܐܬܦܬܚ
35 तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो ।
ܘܒܗ ܒܫܥܬܐ ܐܬܦܬܚ ܐܕܢܘܗܝ ܘܐܫܬܪܝ ܐܤܪܐ ܕܠܫܢܗ ܘܡܠܠ ܦܫܝܩܐܝܬ
36 उहाँले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए ।
ܘܙܗܪ ܐܢܘܢ ܕܠܐܢܫ ܠܐ ܢܐܡܪܘܢ ܘܟܡܐ ܕܗܘ ܡܙܗܪ ܗܘܐ ܠܗܘܢ ܗܢܘܢ ܝܬܝܪ ܡܟܪܙܝܢ ܗܘܘ
37 तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गुँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”
ܘܝܬܝܪܐܝܬ ܡܬܕܡܪܝܢ ܗܘܘ ܘܐܡܪܝܢ ܕܟܠ ܡܕܡ ܫܦܝܪ ܥܒܕ ܠܚܪܫܐ ܥܒܕ ܕܢܫܡܥܘܢ ܘܕܠܐ ܡܡܠܠܝܢ ܕܢܡܠܠܘܢ

< मर्कूस 7 >