< मर्कूस 6 >
1 उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।
Salió de allí. Vino a su tierra, y sus discípulos le siguieron.
2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?”
Cuando llegó el sábado, se puso a enseñar en la sinagoga, y muchos que le oían se asombraban, diciendo: “¿De dónde ha sacado éste estas cosas?” y “¿Qué sabiduría se le ha dado a éste, para que por sus manos se realicen obras tan grandes?
3 “के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।
¿No es éste el carpintero, hijo de María y hermano de Santiago, José, Judá y Simón? ¿No están sus hermanas aquí con nosotros?” Así que se ofendieron con él.
4 येशूले तिनीहरूलाई भन्नुभयो, “एउटा अगमवक्ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन ।”
Jesús les dijo: “Un profeta no carece de honor, sino en su propio país, entre sus parientes y en su propia casa.”
5 केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्यहाँ उहाँले कुनै शक्तिशाली कामहरू गर्न सक्नुभएन ।
No pudo hacer allí ninguna obra poderosa, salvo que impuso las manos sobre algunos enfermos y los sanó.
6 तिनीहरूको अविश्वासले उहाँलाई अच्चम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो ।
Se asombraba de la incredulidad de ellos. Recorría las aldeas enseñando.
7 उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो ।
Llamó a los doce, y comenzó a enviarlos de dos en dos; y les dio autoridad sobre los espíritus inmundos.
8 र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्न दिनुभयो ।
Les ordenó que no llevaran nada para el camino, sino sólo un bastón: ni pan, ni cartera, ni dinero en la bolsa,
9 तर उहाँले चप्पल लगाउन र दुई ओटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो ।
sino que llevaran sandalias y no se pusieran dos túnicas.
10 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्म त्यहीँ बस ।
Les dijo: “Dondequiera que entréis en una casa, quedaos allí hasta que salgáis de ella.
11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”
A quien no os reciba ni os escuche, cuando salgáis de allí, sacudid el polvo que está bajo vuestros pies como testimonio contra él. Os aseguro que el día del juicio será más tolerable para Sodoma y Gomorra que para esa ciudad”.
12 तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे ।
Salieron y predicaron que la gente debía arrepentirse.
13 तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।
Expulsaron a muchos demonios y ungieron con aceite a muchos enfermos y los sanaron.
14 हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्तिस्मा-दिने यूहन्ना मृत्युबाट जीवित भई उठे । त्यसैले, यी आश्चर्यकर्महरू उहाँद्वारा हुँदै छन् ।”
El rey Herodes oyó esto, pues su nombre se había hecho conocido, y dijo: “Juan el Bautista ha resucitado de entre los muertos, y por eso actúan en él estos poderes.”
15 अरूहरूले भने, “यिनी एलिया हुन्”, अझ हरूहरूले भने, “यिनी प्राचीन समयका एक जना अगमवक्ताहरूमध्ये एक हुन् ।”
Pero otros decían: “Es Elías”. Otros decían: “Es un profeta, o como uno de los profetas”.
16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन्!”
Pero Herodes, al oír esto, dijo: “Este es Juan, a quien yo decapité. Ha resucitado de entre los muertos”.
17 किनभने हेरोदले यूहन्नालाई हेरोदियास (तिनको भाइकी पत्नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए ।
Porque el mismo Herodes había enviado y arrestado a Juan y lo había encerrado en la cárcel por causa de Herodías, la mujer de su hermano Felipe, pues se había casado con ella.
18 किनभने यूहन्नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए ।”
Porque Juan había dicho a Herodes: “No te es lícito tener la mujer de tu hermano.”
19 तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्,
Herodías se puso en contra de él y deseaba matarlo, pero no pudo,
20 किनभने हेरोद यूहन्नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।
porque Herodes temía a Juan, sabiendo que era un hombre justo y santo, y lo mantenía a salvo. Cuando lo escuchó, hizo muchas cosas, y lo escuchó con gusto.
21 त्यसपछि एउटा उपयुक्त मौका मिल्यो । हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए ।
Llegó un día oportuno en que Herodes, en su cumpleaños, hizo una cena para sus nobles, los altos funcionarios y los principales hombres de Galilea.
22 हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्न तुल्याइन् । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, म तिमीलाई दिनेछु ।”
Cuando la hija de Herodías entró y bailó, agradó a Herodes y a los que estaban sentados con él. El rey dijo a la joven: “Pídeme lo que quieras y te lo daré”.
23 तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।”
Le juró: “Todo lo que me pidas, te lo daré, hasta la mitad de mi reino”.
24 तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ?” र तिनले भनिन्, “बप्तिस्मा-दिने यूहन्नाको शिर ।”
Salió y le dijo a su madre: “¿Qué voy a pedir?”. Ella dijo: “La cabeza de Juan el Bautista”.
25 तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्तिस्मा-दिने यूहन्नाको शिर थालीमा दिनुहोस् भन्ने म चाहन्छु ।”
Ella entró inmediatamente con premura al rey y le pidió: “Quiero que me des ahora mismo la cabeza de Juan el Bautista en una bandeja”.
26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्ती इन्कार गर्न सकेनन् ।
El rey lo lamentó mucho, pero por el bien de sus juramentos y de sus invitados a cenar, no quiso rechazarla.
27 त्यसैले, राजाले आफ्ना रक्षकहरूमध्ये एक जना सिपाहीलाई यूहन्नाको शिर ल्याउने आदेश दिएर पठाए । सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे ।
Inmediatamente el rey envió a un soldado de su guardia y ordenó que trajera la cabeza de Juan; éste fue y lo decapitó en la cárcel,
28 सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन् ।
y trajo su cabeza en una bandeja y se la dio a la joven; y la joven se la dio a su madre.
29 त्यो सुनेर यूहन्नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।
Cuando sus discípulos se enteraron de esto, vinieron, tomaron su cadáver y lo pusieron en un sepulcro.
30 अनि प्रेरितहरू येशूको वरिपरि भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए ।
Los apóstoles se reunieron con Jesús y le contaron todo lo que habían hecho y lo que habían enseñado.
31 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन ।
Él les dijo: “Venid a un lugar desierto y descansad un poco”. Porque eran muchos los que iban y venían, y no tenían tiempo ni para comer.
32 त्यसैले, उहाँहरू डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो ।
Se fueron en la barca a un lugar desierto, solos.
33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे ।
Los vieron ir, y muchos lo reconocieron y corrieron allí a pie desde todas las ciudades. Llegaron antes que ellos y se acercaron a él.
34 जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।
Salió Jesús, vio una gran multitud y se compadeció de ellos porque eran como ovejas sin pastor; y se puso a enseñarles muchas cosas.
35 जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।
Cuando se hizo tarde, sus discípulos se acercaron a él y le dijeron: “Este lugar está desierto, y ya es tarde.
36 उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्न सकून् ।”
Despídelos para que vayan al campo y a las aldeas de los alrededores y se compren el pan, porque no tienen qué comer.”
37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्न जाऊँ र उनीहरूलाई खान दिऊँ?”
Pero él les respondió: “Dadles vosotros de comer”. Le preguntaron: “¿Vamos a comprar doscientos denarios de pan y les damos de comer?”.
38 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”
Les dijo: “¿Cuántos panes tienen? Id a ver”. Cuando lo supieron, dijeron: “Cinco y dos peces”.
39 उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो ।
Les ordenó que todos se sentaran en grupos sobre la hierba verde.
40 उनीहरू सय र पचासको समूह- समूहमा बसे ।
Se sentaron en filas, de cien en cien y de cincuenta en cincuenta.
41 जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष् दिनुभयो, र भाँच्नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।
Tomó los cinco panes y los dos peces, y mirando al cielo, bendijo y partió los panes, y los dio a sus discípulos para que los pusieran delante, y repartió los dos peces entre todos.
42 तृप्त नहुन्जेल उनीहरू सबै जनाले खाए ।
Todos comieron y se saciaron.
43 तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।
Recogieron doce cestas llenas de trozos y también de los peces.
44 त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए ।
Los que comieron los panes fueron cinco mil hombres.
45 उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो ।
Inmediatamente hizo que sus discípulos subieran a la barca y se adelantaran a la otra orilla, a Betsaida, mientras él mismo despedía a la multitud.
46 जब तिनीहरू गए, त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो ।
Después de despedirse de ellos, subió al monte a orar.
47 साँझ पर्यो, र अब डुङ्गा समुद्रको बिचमा थियो, र उहाँ जमिनमा एकलै हुनुहुन्थ्यो ।
Cuando llegó la noche, la barca estaba en medio del mar, y él estaba solo en tierra.
48 तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्न चाहनुभयो ।
Viendo que se afanaban en remar, pues el viento les era contrario, hacia la cuarta vigilia de la noche se acercó a ellos, caminando sobre el mar; y hubiera querido pasar junto a ellos,
49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्च्याए,
pero ellos, al verlo caminar sobre el mar, supusieron que era un fantasma, y gritaron;
50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।”
pues todos lo vieron y se turbaron. Pero él habló enseguida con ellos y les dijo: “¡Anímense! ¡Soy yo! No tengáis miedo”.
51 उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।
Subió a la barca con ellos, y el viento cesó, y ellos se asombraron mucho entre sí, y se maravillaron;
52 किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो ।
porque no habían entendido lo de los panes, sino que tenían el corazón endurecido.
53 जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्याए ।
Cuando hubieron cruzado, llegaron a tierra en Genesaret y atracaron en la orilla.
54 जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।
Cuando bajaron de la barca, la gente lo reconoció inmediatamente,
55 तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले ।
y corrió por toda aquella región, y comenzó a llevar a los enfermos sobre sus esteras a donde oían que estaba.
56 जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्थे ।
Dondequiera que entraba — en las aldeas, o en las ciudades, o en el campo —, ponían a los enfermos en las plazas y le rogaban que sólo les dejara tocar los flecos de su manto; y todos los que lo tocaban quedaban sanos.