< मर्कूस 5 >
1 उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।
Ter pridejo na drugo stran morja, v okolico Gadarensko.
2 जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।
In precej, ko stopi iz ladje, sreča ga človek iz grobov, kteri je imel nečistega duha,
3 त्यो मानिस चिहानमा बस्थ्यो । कसैले पनि त्यसलाई रोक्न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्न पनि सकेको थिएन ।
In je prebivališče imel v grobih; in tudi z verigami ga ni mogel nihče zvezati:
4 त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्ने सामर्थ्य कसैमा थिएन ।
Kajti bil je velikokrat z oklepami in verigami zvezan, pa je verige potrgal in oklepe polomil, in nihče ga ni mogel ukrotiti.
5 हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।
In vedno, po noči in po dnevu, bil je po gorah in po grobih, ter je kričal in se bíl s kamenjem.
6 जब त्यसले येशूलई टाढैबाट देख्यो, त्यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्टो पर्यो ।
Ugledavši pa Jezusa oddaleč, steče, ter mu se pokloni.
7 त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
In zakričavši z močnim glasom, reče: Kaj imam s teboj, Jezus, sin Boga najvišega? Zaklinjam te pri Bogu, ne muči me!
8 किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”
(Govoril mu je namreč: Izidi, nečisti duh, iz tega človeka.)
9 उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
In vpraša ga: Kako ti je ime? Pa odgovorí in reče: Legeon mi je ime, ker nas je mnogo.
10 त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो ।
In prosil ga je zeló, naj jih ne izžene iz tega kraja.
11 त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
Bila je pa tam pri gorah velika čreda svinj, ktere so se pasle;
12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्न दिनुहोस् ।”
In zaprosijo ga vsi hudiči, govoreč: Dovoli nam, da vnidemo va-nje.
13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
In Jezus jim precej dovoli. In duhovi nečisti izidejo in vnidejo v svinje; in zakadí se čreda z brega v morje – bilo jih je pa kaki dve tisoči – ter potonejo v morji.
14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
Tisti pa, ki so svinje pasli, pobegnejo, in oznanijo po mestu in po vaséh. Pa izidejo, da pogledajo, kaj bi to bilo, kar se je zgodilo.
15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
In pridejo k Jezusu, in ugledajo obsedenca, da sedí in je oblečen in pameten, tistega, ki je imel legeon, in preplašijo se.
16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।
In povedó jim tisti, kteri so bili videli, kako se je zgodilo obsedencu, in o svinjah.
17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।
In začnó ga prositi, naj odide iž njih krajev.
18 जब येशू डुङ्गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्यो ।
In ko stopi na ladjo, prosil ga je obsedenec, da bi bil ž njim.
19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
Jezus mu pa ne dopustí, nego mu reče: Pojdi na dom svoj k svojim, in naznani jim, kaj ti je Gospod storil, in kako se te je usmilil.
20 त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्क परे ।
Ter odide in začne oznanjevati po Deseterih mestih, kaj mu je storil Jezus; in vsi so se čudili.
21 येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
In ko se prepelje Jezus v ladji zopet na drugo stran, zbere se pri njem mnogo ljudstva; in bil je pri morji.
22 यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
In glej, eden od starešin shajališča, po imenu Jair, pride in ko ga ugleda, pade mu pred noge;
23 उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्न सकून् ।”
In prosil ga je zeló, govoreč: Hči mi umira; pridi, polóži na njo roké, da ozdravi in bo živa.
24 त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
Pa odide ž njim; in šlo je za njim mnogo ljudstva, in stiskali so ga.
25 त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।
In neka žena, ktera je imela krvotok dvanajst let,
26 तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो ।
In je mnogo pretrpela od mnogih zdravnikov, in potrošila vse svoje; pa jej ni nič pomagalo, nego je še huje bilo;
27 तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।
Prišla je, slišavši za Jezusa, med ljudstvom od zadi in se je dotaknila obleke njegove.
28 किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”
Kajti djala je: Če se le obleke njegove dotaknem, ozdravela bom.
29 जब तिनले उहाँलाई छोइन्, रगत बग्न रोकियो, अनि तिनले आफू आफ्नो कष्टबाट निको भएकी महसुस गरिन् ।
In precej je usahnil vir krvi njene, in spoznala je po životu, da je ozdravela od bolezni.
30 येशूले आफूबाट शक्ति निस्केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भिडतिर फर्केर भन्नुभयो, “कसले मेरो लुगा छोयो?”
In začutivši Jezus precej po sebi, da je moč iž njega izšla, reče, obrnivši se med ljudstvom: Kdo se je dotaknil moje obleke?
31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्नुहुन्छ, अनि तपाईं भन्नुहुन्छ ‘मलाई कसले छोयो’?”
Pa mu rekó učenci njegovi: Saj vidiš ljudstvo, da te stiska, pa praviš: Kdo se me je dotaknil?
32 तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो ।
In oziral se je okoli, da bi ugledal tisto, ktera je to storila.
33 ती स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन् ।
Žena pa, vedoč, kaj jej se je zgodilo, uplašena in trepetaje pristopi, in pred njim pade in mu pové vso resnico.
34 उहाँले तिनलाई भन्नुभयो, “हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
On jej pa reče: Hči, vera tvoja ti je pomogla; pojdi v miru, in bodi zdrava od nadloge svoje.
35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने?”
In ko je še govoril, pridejo od starešine shajališčnega, govoreč: Hči tvoja je umrla; čemu nadleguješ še učeniku?
36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, “नडराऊ । विश्वास मात्र गर ।”
Jezus pa precej, ko je slišal besedo, ktero so povedali, reče starešini: Ne boj se, le veruj!
37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
In ni pustil nikomur, da bi šel za njim, razen Petru in Jakobu in Janezu bratu Jakobovemu.
38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्नुभयो ।
In pride v starešinovo hišo, in ugleda hrup in tiste, kteri so mnogo jokali in hrumeli.
39 जब उहाँ घरभित्र पस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”
In ko vnide, reče jim: Kaj hrumite in jokate? Deklica ni umrla, nego spí.
40 उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो ।
In posmehovali so mu se. On pa izžene vse, in vzeme očeta in mater deklice, in te, kteri so bili ž njim, in vnide, kjer je deklica ležala.
41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।”
In prijemši deklico za roko, velí jej: Talita, kumi! to se tolmači: Deklica, (pravim ti, ) vstani!
42 तुरुन्तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्यन्तै चकित भए ।
In precej je vstala deklica in hodila; imela je pa dvanajst let; in začudijo se z velikim čudom.
43 उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो ।
In zapové jim zeló, naj nikdor ne zvé tega; in reče, naj jej dadó jesti.