< मर्कूस 5 >

1 उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।
ܘܐܬܐ ܠܥܒܪܐ ܕܝܡܐ ܠܐܬܪܐ ܕܓܕܪܝܐ
2 जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।
ܘܟܕ ܢܦܩ ܡܢ ܤܦܝܢܬܐ ܦܓܥ ܒܗ ܡܢ ܒܝܬ ܩܒܘܪܐ ܓܒܪܐ ܕܐܝܬ ܒܗ ܪܘܚܐ ܛܢܦܬܐ
3 त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई रोक्‍न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन ।
ܘܥܡܪ ܗܘܐ ܒܝܬ ܩܒܘܪܐ ܘܒܫܫܠܬܐ ܐܢܫ ܠܐ ܡܫܟܚ ܗܘܐ ܠܡܐܤܪܗ
4 त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।
ܡܛܠ ܕܟܠ ܐܡܬܝ ܕܒܤܘܛܡܐ ܘܒܫܫܠܬܐ ܡܬܐܤܪ ܗܘܐ ܫܫܠܬܐ ܡܬܒܪ ܗܘܐ ܘܤܘܛܡܐ ܡܦܤܩ ܗܘܐ ܘܠܐ ܐܢܫ ܡܫܟܚ ܗܘܐ ܠܡܟܒܫܗ
5 हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।
ܘܒܟܠ ܙܒܢ ܒܠܠܝܐ ܘܒܐܝܡܡܐ ܒܒܝܬ ܩܒܘܪܐ ܘܒܛܘܪܐ ܐܝܬܘܗܝ ܗܘܐ ܘܩܥܐ ܗܘܐ ܘܡܨܠܦ ܢܦܫܗ ܒܟܐܦܐ
6 जब त्यसले येशूलई टाढैबाट देख्यो, त्यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्‍टो पर्‍यो ।
ܟܕ ܚܙܐ ܕܝܢ ܠܝܫܘܥ ܡܢ ܪܘܚܩܐ ܪܗܛ ܤܓܕ ܠܗ
7 त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
ܘܩܥܐ ܒܩܠܐ ܪܡܐ ܘܐܡܪ ܡܐ ܠܝ ܘܠܟ ܝܫܘܥ ܒܪܗ ܕܐܠܗܐ ܡܪܝܡܐ ܡܘܡܐ ܐܢܐ ܠܟ ܒܐܠܗܐ ܕܠܐ ܬܫܢܩܢܝ
8 किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”
ܐܡܪ ܗܘܐ ܠܗ ܓܝܪ ܦܘܩ ܡܢ ܒܪܢܫܐ ܪܘܚܐ ܛܢܦܐ
9 उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
ܘܫܐܠܗ ܐܝܟܢܐ ܫܡܟ ܐܡܪ ܠܗ ܠܓܝܘܢ ܫܡܢ ܡܛܠ ܕܤܓܝܐܐ ܚܢܢ
10 त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।
ܘܒܥܐ ܗܘܐ ܡܢܗ ܤܓܝ ܕܠܐ ܢܫܕܪܝܘܗܝ ܠܒܪ ܡܢ ܐܬܪܐ
11 त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
ܐܝܬ ܗܘܐ ܕܝܢ ܬܡܢ ܠܘܬ ܛܘܪܐ ܒܩܪܐ ܪܒܬܐ ܕܚܙܝܪܐ ܕܪܥܝܐ
12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस् ।”
ܘܒܥܝܢ ܗܘܘ ܡܢܗ ܗܢܘܢ ܫܐܕܐ ܘܐܡܪܝܢ ܫܕܪܝܢ ܥܠ ܗܢܘܢ ܚܙܝܪܐ ܕܒܗܘܢ ܢܥܘܠ
13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
ܘܐܦܤ ܠܗܘܢ ܘܢܦܩ ܪܘܚܐ ܗܠܝܢ ܛܢܦܬܐ ܘܥܠ ܒܚܙܝܪܐ ܘܪܗܛܬ ܗܝ ܒܩܪܐ ܠܫܩܝܦܐ ܘܢܦܠܬ ܒܝܡܐ ܐܝܟ ܬܪܝܢ ܐܠܦܝܢ ܘܐܬܚܢܩܘ ܒܡܝܐ
14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
ܘܗܢܘܢ ܕܪܥܝܢ ܗܘܘ ܠܗܘܢ ܥܪܩܘ ܘܐܡܪܘ ܒܡܕܝܢܬܐ ܘܐܦ ܒܩܘܪܝܐ ܘܢܦܩܘ ܠܡܚܙܐ ܡܕܡ ܕܗܘܐ
15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
ܘܐܬܘ ܠܘܬ ܝܫܘܥ ܘܚܙܐܘܗܝ ܠܗܘ ܕܫܐܕܘܗܝ ܟܕ ܠܒܝܫ ܘܡܢܟܦ ܘܝܬܒ ܗܘ ܕܐܝܬ ܗܘܐ ܒܗ ܠܓܝܘܢ ܘܕܚܠܘ
16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।
ܘܐܫܬܥܝܘ ܠܗܘܢ ܗܢܘܢ ܕܚܙܘ ܕܐܝܟܢܐ ܗܘܐ ܠܗܘ ܕܫܐܕܘܗܝ ܘܐܦ ܥܠ ܗܢܘܢ ܚܙܝܪܐ
17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।
ܘܫܪܝܘ ܒܥܝܢ ܡܢܗ ܕܢܐܙܠ ܠܗ ܡܢ ܬܚܘܡܗܘܢ
18 जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो ।
ܘܟܕ ܤܠܩ ܠܤܦܝܢܬܐ ܒܥܐ ܗܘܐ ܡܢܗ ܗܘ ܕܫܐܕܘܗܝ ܕܥܡܗ ܢܗܘܐ
19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्‍नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
ܘܠܐ ܫܒܩܗ ܐܠܐ ܐܡܪ ܠܗ ܙܠ ܠܒܝܬܟ ܠܘܬ ܐܢܫܝܟ ܘܐܫܬܥܐ ܠܗܘܢ ܡܕܡ ܕܥܒܕ ܠܟ ܡܪܝܐ ܘܕܐܬܪܚܡ ܥܠܝܟ
20 त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।
ܘܐܙܠ ܘܫܪܝ ܡܟܪܙ ܒܥܤܪܬ ܡܕܝܢܬܐ ܡܕܡ ܕܥܒܕ ܠܗ ܝܫܘܥ ܘܟܠܗܘܢ ܬܡܝܗܝܢ ܗܘܘ
21 येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
ܘܟܕ ܥܒܪ ܝܫܘܥ ܒܤܦܝܢܬܐ ܠܗܘ ܥܒܪܐ ܬܘܒ ܐܬܟܢܫܘ ܥܠܘܗܝ ܟܢܫܐ ܤܓܝܐܐ ܟܕ ܐܝܬܘܗܝ ܥܠ ܝܕ ܝܡܐ
22 यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
ܘܐܬܐ ܚܕ ܕܫܡܗ ܝܘܐܪܫ ܡܢ ܪܒܝ ܟܢܘܫܬܐ ܘܟܕ ܚܙܝܗܝ ܢܦܠ ܠܘܬ ܪܓܠܘܗܝ
23 उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून् ।”
ܘܒܥܐ ܗܘܐ ܡܢܗ ܤܓܝ ܘܐܡܪ ܠܗ ܒܪܬܝ ܒܝܫܐܝܬ ܥܒܝܕܐ ܬܐ ܤܝܡ ܐܝܕܟ ܥܠܝܗ ܘܬܬܚܠܡ ܘܬܚܐ
24 त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
ܘܐܙܠ ܥܡܗ ܝܫܘܥ ܘܕܒܝܩ ܗܘܐ ܠܗ ܟܢܫܐ ܤܓܝܐܐ ܘܚܒܨܝܢ ܗܘܘ ܠܗ
25 त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।
ܐܢܬܬܐ ܕܝܢ ܚܕܐ ܕܐܝܬܝܗ ܗܘܬ ܒܡܪܕܝܬܐ ܕܕܡܐ ܫܢܝܢ ܬܪܬܥܤܪܐ
26 तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्‍याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो ।
ܐܝܕܐ ܕܤܓܝ ܤܒܠܬ ܡܢ ܐܤܘܬܐ ܤܓܝܐܐ ܘܐܦܩܬ ܟܠ ܡܕܡ ܕܐܝܬ ܠܗ ܘܡܕܡ ܠܐ ܐܬܥܕܪܬ ܐܠܐ ܐܦ ܝܬܝܪܐܝܬ ܐܬܐܠܨܬ
27 तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।
ܟܕ ܫܡܥܬ ܥܠ ܝܫܘܥ ܐܬܬ ܒܚܒܨܐ ܕܟܢܫܐ ܡܢ ܒܤܬܪܗ ܩܪܒܬ ܠܠܒܘܫܗ
28 किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”
ܐܡܪܐ ܗܘܬ ܓܝܪ ܕܐܦܢ ܠܠܒܘܫܗ ܩܪܒܐ ܐܢܐ ܚܝܐ ܐܢܐ
29 जब तिनले उहाँलाई छोइन्, रगत बग्‍न रोकियो, अनि तिनले आफू आफ्‍नो कष्‍टबाट निको भएकी महसुस गरिन् ।
ܘܡܚܕܐ ܝܒܫܬ ܡܥܝܢܐ ܕܕܡܗ ܘܐܪܓܫܬ ܒܦܓܪܗ ܕܐܬܐܤܝܬ ܡܢ ܡܚܘܬܗ
30 येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भिडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो?”
ܝܫܘܥ ܕܝܢ ܡܚܕܐ ܝܕܥ ܒܢܦܫܗ ܕܚܝܠܐ ܢܦܩ ܡܢܗ ܘܐܬܦܢܝ ܠܘܬ ܟܢܫܐ ܘܐܡܪ ܡܢܘ ܩܪܒ ܠܡܐܢܝ
31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्‍नुहुन्छ, अनि तपाईं भन्‍नुहुन्छ ‘मलाई कसले छोयो’?”
ܘܐܡܪܝܢ ܠܗ ܬܠܡܝܕܘܗܝ ܚܙܐ ܐܢܬ ܠܟܢܫܐ ܕܚܒܨܝܢ ܠܟ ܘܐܡܪ ܐܢܬ ܡܢܘ ܩܪܒ ܠܝ
32 तर येशूले यो कसले गरेको थियो भनी देख्‍न वरिपरि हेर्नुभयो ।
ܘܚܐܪ ܗܘܐ ܕܢܚܙܐ ܡܢܘ ܗܕܐ ܥܒܕ
33 ती स्‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन् ।
ܗܝ ܕܝܢ ܐܢܬܬܐ ܟܕ ܕܚܝܠܐ ܘܪܬܝܬܐ ܕܝܕܥܬ ܡܐ ܕܗܘܐ ܠܗ ܐܬܬ ܢܦܠܬ ܩܕܡܘܗܝ ܘܐܡܪܬ ܠܗ ܟܠܗ ܫܪܪܐ
34 उहाँले तिनलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
ܗܘ ܕܝܢ ܐܡܪ ܠܗ ܒܪܬܝ ܗܝܡܢܘܬܟܝ ܐܚܝܬܟܝ ܙܠܝ ܒܫܠܡܐ ܘܗܘܝܬܝ ܚܠܝܡܐ ܡܢ ܡܚܘܬܟܝ
35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने?”
ܘܥܕ ܗܘ ܡܡܠܠ ܐܬܘ ܡܢ ܕܒܝܬ ܪܒ ܟܢܘܫܬܐ ܘܐܡܪܝܢ ܕܒܪܬܟ ܡܝܬܬ ܠܡܢܐ ܡܟܝܠ ܡܥܡܠ ܐܢܬ ܠܡܠܦܢܐ
36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ । विश्‍वास मात्र गर ।”
ܝܫܘܥ ܕܝܢ ܫܡܥ ܠܡܠܬܐ ܕܐܡܪܘ ܘܐܡܪ ܠܗܘ ܪܒ ܟܢܘܫܬܐ ܠܐ ܬܕܚܠ ܒܠܚܘܕ ܗܝܡܢ
37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
ܘܠܐ ܫܒܩ ܠܐܢܫ ܕܢܐܙܠ ܥܡܗ ܐܠܐ ܠܫܡܥܘܢ ܟܐܦܐ ܘܠܝܥܩܘܒ ܘܠܝܘܚܢܢ ܐܚܘܗܝ ܕܝܥܩܘܒ
38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्‍नुभयो ।
ܘܐܬܘ ܠܒܝܬܐ ܕܗܘ ܪܒ ܟܢܘܫܬܐ ܘܚܙܐ ܕܪܗܝܒܝܢ ܘܒܟܝܢ ܘܡܝܠܠܝܢ
39 जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”
ܘܥܠ ܘܐܡܪ ܠܗܘܢ ܡܢܐ ܪܗܝܒܝܢ ܐܢܬܘܢ ܘܒܟܝܢ ܛܠܝܬܐ ܠܐ ܡܝܬܬ ܐܠܐ ܕܡܟܐ ܗܝ
40 उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो ।
ܘܓܚܟܝܢ ܗܘܘ ܥܠܘܗܝ ܗܘ ܕܝܢ ܐܦܩ ܠܟܠܗܘܢ ܘܕܒܪ ܠܐܒܘܗ ܕܛܠܝܬܐ ܘܠܐܡܗ ܘܠܗܢܘܢ ܕܥܡܗ ܘܥܠ ܠܐܝܟܐ ܕܪܡܝܐ ܗܘܬ ܛܠܝܬܐ
41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।”
ܘܐܚܕ ܒܐܝܕܗ ܕܛܠܝܬܐ ܘܐܡܪ ܠܗ ܛܠܝܬܐ ܩܘܡܝ
42 तुरुन्तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्यन्तै चकित भए ।
ܘܒܪ ܫܥܬܗ ܩܡܬ ܛܠܝܬܐ ܘܡܗܠܟܐ ܗܘܬ ܐܝܬܝܗ ܗܘܬ ܓܝܪ ܒܪܬ ܫܢܝܢ ܬܪܬܥܤܪܐ ܘܡܬܕܡܪܝܢ ܗܘܘ ܕܘܡܪܐ ܪܒܐ
43 उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो ।
ܘܦܩܕ ܐܢܘܢ ܤܓܝ ܕܠܐ ܐܢܫ ܢܕܥ ܗܕܐ ܘܐܡܪ ܕܢܬܠܘܢ ܠܗ ܠܡܠܥܤ

< मर्कूस 5 >