< मर्कूस 2 >
1 केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्ने सुनियो ।
A opět všel do Kafarnaum po několika dnech. I uslyšáno jest, že by doma byl.
2 यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो ।
A hned sešlo se jich množství, takže již nemohli ani ke dveřům. I mluvil jim slovo.
3 केही मानिसहरू उहाँकहाँ आए, जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए ।
Tedy přijdou k němu někteří, nesouce šlakem poraženého, kterýžto ode čtyř nesen byl.
4 भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् । तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे ।
A když k němu nemohli pro zástupy, loupali střechu, kdež byl Ježíš, a probořivše půdu, spustili po provazích dolů ložce, na němž ležel šlakem poražený.
5 तिनीहरूको विश्वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।”
A vida Ježíš víru jejich, dí šlakem poraženému: Synu, odpouštějí se tobě hříchové tvoji.
6 तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे ।
A byli tu někteří z zákoníků, sedíce a myslíce v srdcích svých:
7 “यो मानिसले कसरी यसरी बोल्न सक्छ? यसले त ईश्वर-निन्दा गर्यो! परमेश्वरले बाहेक कसले पाप क्षमा गर्न सक्छ?”
Co tento tak mluví rouhavě? Kdo můž odpustiti hříchy, jediné sám Bůh?
8 तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ?”
To hned poznav Ježíš duchem svým, že by tak přemyšlovali sami v sobě, řekl jim: Proč o tom přemyšlujete v srdcích svých?
9 पक्षाघाती मानिसलाई के भन्न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्नु?”
Co jest snáze říci šlakem poraženému: Odpouštějí se tobě hříchové, čili říci: Vstaň a vezmi lože své a choď?
10 तर तिमीहरूले यो जान्न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्नुभयो,
Ale abyste věděli, že Syn člověka má moc na zemi odpouštěti hříchy, dí šlakem poraženému:
11 “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।”
Toběť pravím: Vstaň, a vezmi lože své, a jdi do domu svého.
12 त्यो मानिस उठ्यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले, तिनीहरू छक्क परे, र परमेश्वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौँ ।”
I vstal hned, a vzav lože své přede všemi, odšel, takže se děsili všickni, a chválili Boha, řkouce: Nikdy jsme toho neviděli.
13 फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।
I vyšel opět k moři, a všecken zástup přicházel k němu, i učil je.
14 उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।
A pomíjeje Ježíš, uzřel Léví syna Alfeova, sedícího na cle. I dí jemu: Pojď za mnou. A on vstav, šel za ním.
15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए ।
I stalo se, když seděl za stolem v domu jeho, že i publikáni mnozí a hříšníci seděli spolu s Ježíšem a s učedlníky jeho; neb mnoho jich bylo, a šlo za ním.
16 जब शास्त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”
Zákoníci pak a farizeové vidouce, že jedl s publikány a s hříšníky, řekli učedlníkům jeho: Což jest toho, že s publikány a hříšníky jí a pije Mistr váš?
17 जब येशूले यो सुन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”
To uslyšav Ježíš, dí jim: Nepotřebují zdraví lékaře, ale nemocní. Nepřišelť jsem volati spravedlivých, ale hříšných ku pokání.
18 यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
Učedlníci pak Janovi a farizejští postívali se. I přišli a řekli jemu: Proč učedlníci Janovi a farizejští postí se, a tvoji učedlníci se nepostí?
19 येशूले तिनीहरूलाई भन्नुभयो, “के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्न सक्दैनन् ।
I řekl jim Ježíš: Kterakž mohou synové Ženichovi postiti se, když jest s nimi Ženich? Dokavadž mají s sebou Ženicha, nemohouť se postiti.
20 तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्नेछन् ।
Ale přijdouť dnové, když od nich odjat bude Ženich, a tehdáž se budou postiti v těch dnech.
21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्रता त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ, अनि उक्त फटाइ झनै नराम्रो हुनेछ ।
Ano nižádný záplaty sukna nového nepřišívá k rouchu starému; jinak odtrhne ta záplata nová od starého ještě něco, i bývá větší díra.
22 कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्नेछन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल ।”
A žádný nevlévá vína nového do nádob starých; jinak rozpučí nové víno nádoby, a tak víno se vyleje, a nádoby se pokazí. Ale víno nové má lito býti do nádob nových.
23 शबाथ-दिन येशू अन्नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्नका बाला टिप्न थाले ।
I stalo se, že šel Ježíš v sobotu skrze obilí, i počali učedlníci jeho jdouce vymínati klasy.
24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”
Tedy farizeové řekli jemu: Pohleď, coť činí učedlníci tvoji, čehož nesluší činiti v sobotu.
25 उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”
I řekl jim: Nikdy-liž jste nečtli, co učinil David, když nouze byla, a lačněl, on i ti, kteříž s ním byli?
26 अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए?
Kterak všel do domu Božího za Abiatara nejvyššího kněze, a jedl chleby posvátné, (jichžto neslušelo jísti než samým kněžím, ) a dal i těm, kteříž s ním byli?
27 येशूले भन्नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन ।
I pravil jim: Sobota pro člověka učiněna jest, a ne člověk pro sobotu.
28 यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो ।”
Protož Syn člověka jest pánem také i soboty.