< मर्कूस 15 >
1 बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्त्रीहरू र सम्पूर्ण यहूदी परिषद्सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।
ଅଥ ପ୍ରଭାତେ ସତି ପ୍ରଧାନଯାଜକାଃ ପ୍ରାଞ୍ଚ ଉପାଧ୍ୟାଯାଃ ସର୍ୱ୍ୱେ ମନ୍ତ୍ରିଣଶ୍ଚ ସଭାଂ କୃତ୍ୱା ଯୀଶୁଂ ବନ୍ଧଯିତ୍ୱ ପୀଲାତାଖ୍ୟସ୍ୟ ଦେଶାଧିପତେଃ ସୱିଧଂ ନୀତ୍ୱା ସମର୍ପଯାମାସୁଃ|
2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ ।”
ତଦା ପୀଲାତସ୍ତଂ ପୃଷ୍ଟୱାନ୍ ତ୍ୱଂ କିଂ ଯିହୂଦୀଯଲୋକାନାଂ ରାଜା? ତତଃ ସ ପ୍ରତ୍ୟୁକ୍ତୱାନ୍ ସତ୍ୟଂ ୱଦସି|
3 मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।
ଅପରଂ ପ୍ରଧାନଯାଜକାସ୍ତସ୍ୟ ବହୁଷୁ ୱାକ୍ୟେଷୁ ଦୋଷମାରୋପଯାଞ୍ଚକ୍ରୁଃ କିନ୍ତୁ ସ କିମପି ନ ପ୍ରତ୍ୟୁୱାଚ|
4 पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्?”
ତଦାନୀଂ ପୀଲାତସ୍ତଂ ପୁନଃ ପପ୍ରଚ୍ଛ ତ୍ୱଂ କିଂ ନୋତ୍ତରଯସି? ପଶ୍ୟୈତେ ତ୍ୱଦ୍ୱିରୁଦ୍ଧଂ କତିଷୁ ସାଧ୍ୟେଷୁ ସାକ୍ଷଂ ଦଦତି|
5 तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्क परे ।
କନ୍ତୁ ଯୀଶୁସ୍ତଦାପି ନୋତ୍ତରଂ ଦଦୌ ତତଃ ପୀଲାତ ଆଶ୍ଚର୍ୟ୍ୟଂ ଜଗାମ|
6 अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्त गर्थे ।
ଅପରଞ୍ଚ କାରାବଦ୍ଧେ କସ୍ତିଂଶ୍ଚିତ୍ ଜନେ ତନ୍ମହୋତ୍ସୱକାଲେ ଲୋକୈ ର୍ୟାଚିତେ ଦେଶାଧିପତିସ୍ତଂ ମୋଚଯତି|
7 विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए ।
ଯେ ଚ ପୂର୍ୱ୍ୱମୁପପ୍ଲୱମକାର୍ଷୁରୁପପ୍ଲୱେ ୱଧମପି କୃତୱନ୍ତସ୍ତେଷାଂ ମଧ୍ୟେ ତଦାନୋଂ ବରବ୍ବାନାମକ ଏକୋ ବଦ୍ଧ ଆସୀତ୍|
8 भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले ।
ଅତୋ ହେତୋଃ ପୂର୍ୱ୍ୱାପରୀଯାଂ ରୀତିକଥାଂ କଥଯିତ୍ୱା ଲୋକା ଉଚ୍ଚୈରୁୱନ୍ତଃ ପୀଲାତସ୍ୟ ସମକ୍ଷଂ ନିୱେଦଯାମାସୁଃ|
9 पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्त गरेको चाहन्छौ?”
ତଦା ପୀଲାତସ୍ତାନାଚଖ୍ୟୌ ତର୍ହି କିଂ ଯିହୂଦୀଯାନାଂ ରାଜାନଂ ମୋଚଯିଷ୍ୟାମି? ଯୁଷ୍ମାଭିଃ କିମିଷ୍ୟତେ?
10 किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्ने तिनलाई थाहा थियो ।
ଯତଃ ପ୍ରଧାନଯାଜକା ଈର୍ଷ୍ୟାତ ଏୱ ଯୀଶୁଂ ସମାର୍ପଯନ୍ନିତି ସ ୱିୱେଦ|
11 तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्त गरिनुपर्छ भनी कराउन उक्साएका थिए ।
କିନ୍ତୁ ଯଥା ବରବ୍ବାଂ ମୋଚଯତି ତଥା ପ୍ରାର୍ଥଯିତୁଂ ପ୍ରଧାନଯାଜକା ଲୋକାନ୍ ପ୍ରୱର୍ତ୍ତଯାମାସୁଃ|
12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?”
ଅଥ ପୀଲାତଃ ପୁନଃ ପୃଷ୍ଟୱାନ୍ ତର୍ହି ଯଂ ଯିହୂଦୀଯାନାଂ ରାଜେତି ୱଦଥ ତସ୍ୟ କିଂ କରିଷ୍ୟାମି ଯୁଷ୍ମାଭିଃ କିମିଷ୍ୟତେ?
13 तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस्!”
ତଦା ତେ ପୁନରପି ପ୍ରୋଚ୍ଚୈଃ ପ୍ରୋଚୁସ୍ତଂ କ୍ରୁଶେ ୱେଧଯ|
14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस् ।”
ତସ୍ମାତ୍ ପୀଲାତଃ କଥିତୱାନ୍ କୁତଃ? ସ କିଂ କୁକର୍ମ୍ମ କୃତୱାନ୍? କିନ୍ତୁ ତେ ପୁନଶ୍ଚ ରୁୱନ୍ତୋ ୱ୍ୟାଜହ୍ରୁସ୍ତଂ କ୍ରୁଶେ ୱେଧଯ|
15 पिलातसले भिडलाई सन्तुष्ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्नको निम्ति सुम्पिदिए ।
ତଦା ପୀଲାତଃ ସର୍ୱ୍ୱାଲ୍ଲୋକାନ୍ ତୋଷଯିତୁମିଚ୍ଛନ୍ ବରବ୍ବାଂ ମୋଚଯିତ୍ୱା ଯୀଶୁଂ କଶାଭିଃ ପ୍ରହୃତ୍ୟ କ୍ରୁଶେ ୱେଦ୍ଧୁଂ ତଂ ସମର୍ପଯାମ୍ବଭୂୱ|
16 सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।
ଅନନ୍ତରଂ ସୈନ୍ୟଗଣୋଽଟ୍ଟାଲିକାମ୍ ଅର୍ଥାଦ୍ ଅଧିପତେ ର୍ଗୃହଂ ଯୀଶୁଂ ନୀତ୍ୱା ସେନାନିୱହଂ ସମାହୁଯତ୍|
17 तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।
ପଶ୍ଚାତ୍ ତେ ତଂ ଧୂମଲୱର୍ଣୱସ୍ତ୍ରଂ ପରିଧାପ୍ୟ କଣ୍ଟକମୁକୁଟଂ ରଚଯିତ୍ୱା ଶିରସି ସମାରୋପ୍ୟ
18 तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले ।
ହେ ଯିହୂଦୀଯାନାଂ ରାଜନ୍ ନମସ୍କାର ଇତ୍ୟୁକ୍ତ୍ୱା ତଂ ନମସ୍କର୍ତ୍ତାମାରେଭିରେ|
19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके ।
ତସ୍ୟୋତ୍ତମାଙ୍ଗେ ୱେତ୍ରାଘାତଂ ଚକ୍ରୁସ୍ତଦ୍ଗାତ୍ରେ ନିଷ୍ଠୀୱଞ୍ଚ ନିଚିକ୍ଷିପୁଃ, ତଥା ତସ୍ୟ ସମ୍ମୁଖେ ଜାନୁପାତଂ ପ୍ରଣୋମୁଃ
20 जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्न लिएर गए ।
ଇତ୍ଥମୁପହସ୍ୟ ଧୂମ୍ରୱର୍ଣୱସ୍ତ୍ରମ୍ ଉତ୍ତାର୍ୟ୍ୟ ତସ୍ୟ ୱସ୍ତ୍ରଂ ତଂ ପର୍ୟ୍ୟଧାପଯନ୍ କ୍ରୁଶେ ୱେଦ୍ଧୁଂ ବହିର୍ନିନ୍ୟୁଶ୍ଚ|
21 तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्न कर लगाए ।
ତତଃ ପରଂ ସେକନ୍ଦରସ୍ୟ ରୁଫସ୍ୟ ଚ ପିତା ଶିମୋନ୍ନାମା କୁରୀଣୀଯଲୋକ ଏକଃ କୁତଶ୍ଚିଦ୍ ଗ୍ରାମାଦେତ୍ୟ ପଥି ଯାତି ତଂ ତେ ଯୀଶୋଃ କ୍ରୁଶଂ ୱୋଢୁଂ ବଲାଦ୍ ଦଧ୍ନୁଃ|
22 सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) ।
ଅଥ ଗୁଲ୍ଗଲ୍ତା ଅର୍ଥାତ୍ ଶିରଃକପାଲନାମକଂ ସ୍ଥାନଂ ଯୀଶୁମାନୀଯ
23 तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन ।
ତେ ଗନ୍ଧରସମିଶ୍ରିତଂ ଦ୍ରାକ୍ଷାରସଂ ପାତୁଂ ତସ୍ମୈ ଦଦୁଃ କିନ୍ତୁ ସ ନ ଜଗ୍ରାହ|
24 तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।
ତସ୍ମିନ୍ କ୍ରୁଶେ ୱିଦ୍ଧେ ସତି ତେଷାମେକୈକଶଃ କିଂ ପ୍ରାପ୍ସ୍ୟତୀତି ନିର୍ଣଯାଯ
25 तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा तेस्रो पहर भएको थियो ।
ତସ୍ୟ ପରିଧେଯାନାଂ ୱିଭାଗାର୍ଥଂ ଗୁଟିକାପାତଂ ଚକ୍ରୁଃ|
26 तिनीहरूले उहाँको विरुद्धमा यस्तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”
ଅପରମ୍ ଏଷ ଯିହୂଦୀଯାନାଂ ରାଜେତି ଲିଖିତଂ ଦୋଷପତ୍ରଂ ତସ୍ୟ ଶିରଊର୍ଦ୍ୱ୍ୱମ୍ ଆରୋପଯାଞ୍ଚକ୍ରୁଃ|
27 तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।
ତସ୍ୟ ୱାମଦକ୍ଷିଣଯୋ ର୍ଦ୍ୱୌ ଚୌରୌ କ୍ରୁଶଯୋ ର୍ୱିୱିଧାତେ|
28 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्ने धर्मशास्त्रको वचन पुरा भयो ।
ତେନୈୱ "ଅପରାଧିଜନୈଃ ସାର୍ଦ୍ଧଂ ସ ଗଣିତୋ ଭୱିଷ୍ୟତି," ଇତି ଶାସ୍ତ୍ରୋକ୍ତଂ ୱଚନଂ ସିଦ୍ଧମଭୂତ|
29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,
ଅନନ୍ତରଂ ମାର୍ଗେ ଯେ ଯେ ଲୋକା ଗମନାଗମନେ ଚକ୍ରୁସ୍ତେ ସର୍ୱ୍ୱ ଏୱ ଶିରାଂସ୍ୟାନ୍ଦୋଲ୍ୟ ନିନ୍ଦନ୍ତୋ ଜଗଦୁଃ, ରେ ମନ୍ଦିରନାଶକ ରେ ଦିନତ୍ରଯମଧ୍ୟେ ତନ୍ନିର୍ମ୍ମାଯକ,
30 आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ!”
ଅଧୁନାତ୍ମାନମ୍ ଅୱିତ୍ୱା କ୍ରୁଶାଦୱରୋହ|
31 त्यसै गरी, मुख्य पुजारीहरूले शास्त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्दै उहाँको गिल्ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन ।
କିଞ୍ଚ ପ୍ରଧାନଯାଜକା ଅଧ୍ୟାପକାଶ୍ଚ ତଦ୍ୱତ୍ ତିରସ୍କୃତ୍ୟ ପରସ୍ପରଂ ଚଚକ୍ଷିରେ ଏଷ ପରାନାୱତ୍ କିନ୍ତୁ ସ୍ୱମୱିତୁଂ ନ ଶକ୍ନୋତି|
32 इस्राएलका राजा ख्रीष्ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्ला गरे ।
ଯଦୀସ୍ରାଯେଲୋ ରାଜାଭିଷିକ୍ତସ୍ତ୍ରାତା ଭୱତି ତର୍ହ୍ୟଧୁନୈନ କ୍ରୁଶାଦୱରୋହତୁ ୱଯଂ ତଦ୍ ଦୃଷ୍ଟ୍ୱା ୱିଶ୍ୱସିଷ୍ୟାମଃ; କିଞ୍ଚ ଯୌ ଲୋକୌ ତେନ ସାର୍ଦ୍ଧଂ କ୍ରୁଶେ ଽୱିଧ୍ୟେତାଂ ତାୱପି ତଂ ନିର୍ଭର୍ତ୍ସଯାମାସତୁଃ|
33 छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्मा अन्धकार छायो ।
ଅଥ ଦ୍ୱିତୀଯଯାମାତ୍ ତୃତୀଯଯାମଂ ଯାୱତ୍ ସର୍ୱ୍ୱୋ ଦେଶଃ ସାନ୍ଧକାରୋଭୂତ୍|
34 नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” जसको अर्थ, “मेरा परमेश्वर, मेरा परमेश्वर, मलाई किन त्याग्नुभएको?” भन्ने हुन्छ ।
ତତସ୍ତୃତୀଯପ୍ରହରେ ଯୀଶୁରୁଚ୍ଚୈରୱଦତ୍ ଏଲୀ ଏଲୀ ଲାମା ଶିୱକ୍ତନୀ ଅର୍ଥାଦ୍ "ହେ ମଦୀଶ ମଦୀଶ ତ୍ୱଂ ପର୍ୟ୍ୟତ୍ୟାକ୍ଷୀଃ କୁତୋ ହି ମାଂ?"
35 त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।”
ତଦା ସମୀପସ୍ଥଲୋକାନାଂ କେଚିତ୍ ତଦ୍ୱାକ୍ୟଂ ନିଶମ୍ୟାଚଖ୍ୟୁଃ ପଶ୍ୟୈଷ ଏଲିଯମ୍ ଆହୂଯତି|
36 कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”
ତତ ଏକୋ ଜନୋ ଧାୱିତ୍ୱାଗତ୍ୟ ସ୍ପଞ୍ଜେ ଽମ୍ଲରସଂ ପୂରଯିତ୍ୱା ତଂ ନଡାଗ୍ରେ ନିଧାଯ ପାତୁଂ ତସ୍ମୈ ଦତ୍ତ୍ୱାୱଦତ୍ ତିଷ୍ଠ ଏଲିଯ ଏନମୱରୋହଯିତୁମ୍ ଏତି ନ ୱେତି ପଶ୍ୟାମି|
37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्नुभयो ।
ଅଥ ଯୀଶୁରୁଚ୍ଚୈଃ ସମାହୂଯ ପ୍ରାଣାନ୍ ଜହୌ|
38 मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो ।
ତଦା ମନ୍ଦିରସ୍ୟ ଜୱନିକୋର୍ଦ୍ୱ୍ୱାଦଧଃର୍ୟ୍ୟନ୍ତା ୱିଦୀର୍ଣା ଦ୍ୱିଖଣ୍ଡାଭୂତ୍|
39 जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्ने कप्तानले यो देखे, तिनले भने, “साँच्चै, यी मानिस परमेश्वरका पुत्र नै थिए ।”
କିଞ୍ଚ ଇତ୍ଥମୁଚ୍ଚୈରାହୂଯ ପ୍ରାଣାନ୍ ତ୍ୟଜନ୍ତଂ ତଂ ଦୃଷ୍ଦ୍ୱା ତଦ୍ରକ୍ଷଣାଯ ନିଯୁକ୍ତୋ ଯଃ ସେନାପତିରାସୀତ୍ ସୋୱଦତ୍ ନରୋଯମ୍ ଈଶ୍ୱରପୁତ୍ର ଇତି ସତ୍ୟମ୍|
40 त्यहाँ टाढाबाटै हेर्ने स्त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए ।
ତଦାନୀଂ ମଗ୍ଦଲୀନୀ ମରିସମ୍ କନିଷ୍ଠଯାକୂବୋ ଯୋସେଶ୍ଚ ମାତାନ୍ୟମରିଯମ୍ ଶାଲୋମୀ ଚ ଯାଃ ସ୍ତ୍ରିଯୋ
41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्त्री पनि उहाँसँग यरूशलेम आएका थिए ।
ଗାଲୀଲ୍ପ୍ରଦେଶେ ଯୀଶୁଂ ସେୱିତ୍ୱା ତଦନୁଗାମିନ୍ୟୋ ଜାତା ଇମାସ୍ତଦନ୍ୟାଶ୍ଚ ଯା ଅନେକା ନାର୍ୟୋ ଯୀଶୁନା ସାର୍ଦ୍ଧଂ ଯିରୂଶାଲମମାଯାତାସ୍ତାଶ୍ଚ ଦୂରାତ୍ ତାନି ଦଦୃଶୁଃ|
42 जब साँझ पर्यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले
ଅଥାସାଦନଦିନସ୍ୟାର୍ଥାଦ୍ ୱିଶ୍ରାମୱାରାତ୍ ପୂର୍ୱ୍ୱଦିନସ୍ୟ ସାଯଂକାଲ ଆଗତ
43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्यक्ति थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे ।
ଈଶ୍ୱରରାଜ୍ୟାପେକ୍ଷ୍ୟରିମଥୀଯଯୂଷଫନାମା ମାନ୍ୟମନ୍ତ୍ରୀ ସମେତ୍ୟ ପୀଲାତସୱିଧଂ ନିର୍ଭଯୋ ଗତ୍ୱା ଯୀଶୋର୍ଦେହଂ ଯଯାଚେ|
44 येशू पहिले नै मरिसक्नुभएको थियो भनी सुन्दा पिलातस छक्क परे; तिनले कप्तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।
କିନ୍ତୁ ସ ଇଦାନୀଂ ମୃତଃ ପୀଲାତ ଇତ୍ୟସମ୍ଭୱଂ ମତ୍ୱା ଶତସେନାପତିମାହୂଯ ସ କଦା ମୃତ ଇତି ପପ୍ରଚ୍ଛ|
45 जब तिनले येशू मरिसक्नुभएको कुरा कप्तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए ।
ଶତସେମନାପତିମୁଖାତ୍ ତଜ୍ଜ୍ଞାତ୍ୱା ଯୂଷଫେ ଯୀଶୋର୍ଦେହଂ ଦଦୌ|
46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे ।
ପଶ୍ଚାତ୍ ସ ସୂକ୍ଷ୍ମଂ ୱାସଃ କ୍ରୀତ୍ୱା ଯୀଶୋଃ କାଯମୱରୋହ୍ୟ ତେନ ୱାସସା ୱେଷ୍ଟାଯିତ୍ୱା ଗିରୌ ଖାତଶ୍ମଶାନେ ସ୍ଥାପିତୱାନ୍ ପାଷାଣଂ ଲୋଠଯିତ୍ୱା ଦ୍ୱାରି ନିଦଧେ|
47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्ने देखेका थिए ।
କିନ୍ତୁ ଯତ୍ର ସୋସ୍ଥାପ୍ୟତ ତତ ମଗ୍ଦଲୀନୀ ମରିଯମ୍ ଯୋସିମାତୃମରିଯମ୍ ଚ ଦଦୃଶତୃଃ|