< मर्कूस 14 >
1 यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी गुप्त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।
ⲁ̅ⲛⲉⲣⲉⲡⲡⲁⲥⲭⲁ ⲇⲉ ⲁⲩⲱ ⲡⲉϩⲟⲟⲩ ⲛ̅ⲛ̅ⲁⲑⲁⲃ. ⲛⲁϣⲱⲡⲉ ⲙ̅ⲙⲛ̅ⲛ̅ⲥⲁϩⲟⲟⲩ ⲥⲛⲁⲩ ⲁⲩⲱ ⲛⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲙⲛ̅ⲛⲉⲅⲣⲁⲙⲙⲁⲧⲉⲩⲥ ⲛⲉⲩⲕⲱⲧⲉ ⲛ̅ⲥⲁⲑⲉ ⲛ̅ϭⲟⲡϥ̅ ϩⲛ̅ⲟⲩⲕⲣⲟϥ ⲛ̅ⲥⲉⲙⲟⲟⲩⲧϥ̅
2 किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्न नहोस् ।”
ⲃ̅ⲁⲩϫⲟⲟⲥ ⲇⲉ ϫⲉ ϩⲙ̅ⲡϣⲁ ⲁⲛ ϫⲉ ⲛ̅ⲛⲉⲩϣⲧⲟⲣⲧⲣ̅ ϣⲱⲡⲉ ϩⲙ̅ⲡⲗⲁⲟⲥ
3 जब येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्
ⲅ̅ⲁⲩⲱ ⲉⲣⲉⲓ̅ⲥ̅ ϩⲛ̅ⲃⲏⲑⲁⲛⲓⲁ ⲉϥⲛⲏϫ ϩⲙ̅ⲡⲏⲓ̈ ⲛ̅ⲥⲓⲙⲱⲛ ⲡⲉⲧⲥⲟⲃϩ̅ ⲁⲥⲉ͡ⲓ ⲛ̅ϭⲓⲟⲩⲥϩⲓⲙⲉ ⲉⲣⲉⲟⲩⲁⲗⲁⲃⲁⲥⲧⲣⲟⲛ ⲛ̅ⲥⲟϭⲛ̅ ⲛ̅ⲧⲟⲟⲧⲥ̅ ⲛ̅ⲛⲁⲣⲇⲟⲥ ⲉϥⲥⲟⲧⲡ̅ ⲉⲛⲁϣⲉⲥⲟⲩⲛ̅ⲧⲥ̅ ⲁⲥⲧⲁϩⲧⲁⲗⲁⲃⲁⲥⲧⲣⲟⲛ ⲇⲉ ⲁⲥⲡⲁϩⲧⲥ̅ ⲉϫⲛ̅ⲧⲉϥⲁⲡⲉ.
4 तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ?
ⲇ̅ⲁϩⲟⲓ̈ⲛⲉ ⲇⲉ ϭⲛⲁⲧ ⲉⲩϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛ̅ⲛⲉⲩⲉⲣⲏⲩ ϫⲉ ⲉⲧⲃⲉⲟⲩ ⲡⲉⲓ̈ⲥⲟϭⲛ̅ ⲁⲩⲧⲁⲕⲟϥ
5 यो अत्तरलाई तिन सय चाँदीका सिक्काभन्दा बढीमा बेच्न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए ।
ⲉ̅ⲛⲉⲩⲉϣⲧⲁⲁϥ ⲅⲁⲣ ⲉⲃⲟⲗ ϩⲁϩⲟⲩⲟ ⲉϣⲙⲧ̅ϣⲉ ⲛ̅ⲥⲁⲧⲉⲉⲣⲉ ⲛ̅ⲥⲉⲧⲁⲁⲩ ⲛⲛ̅ϩⲏⲕⲉ. ⲁⲩⲱ ⲛⲉⲩϭⲟⲛⲧ ⲉⲣⲟⲥ.
6 तर येशूले भन्नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।
ⲋ̅ⲓ̅ⲥ̅ ⲇⲉ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲁⲗⲱⲧⲛ̅ ϩⲁⲣⲟⲥ ⲉⲧⲃⲉⲟⲩ ⲧⲉⲧⲛ̅ⲟⲩⲉϩϩⲓⲥⲉ ⲉⲣⲟⲥ ⲟⲩϩⲱⲃ ⲉⲛⲁⲛⲟⲩϥ ⲡⲉ ⲛ̅ⲧⲁⲥⲁⲁϥ ⲛⲁⲓ̈.
7 गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन ।
ⲍ̅ⲛ̅ϩⲏⲕⲉ ⲅⲁⲣ ⲛⲙ̅ⲙⲏⲧⲛ̅ ⲟⲩⲟⲓ̈ϣ ⲛⲓⲙ ⲁⲩⲱ ⲉⲧⲉⲧⲛ̅ϣⲁⲛⲣ̅ϩⲛⲏⲧⲛ̅ ⲉⲧⲉⲧⲛ̅ⲉϣⲣ̅ⲡⲉⲧⲛⲁⲛⲟⲩϥ ⲛⲁⲩ ⲟⲩⲟⲓ̈ϣ ⲛⲓⲙ ⲁⲛⲟⲕ ⲇⲉ ⲛⲉⲓ̈ⲛⲁϭⲱ ⲁⲛ ⲛⲙ̅ⲙⲏⲧⲛ̅ ⲟⲩⲟⲉⲓϣ ⲛⲓⲙ.
8 तिनले जे गर्न सक्थिन् त्यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन् ।
ⲏ̅ⲡⲉⲛⲧⲁϥⲣ̅ⲁⲧⲟⲟⲧⲥ̅ ⲁⲥⲁⲁϥ ⲁⲥⲣ̅ϣⲟⲣⲡ̅ ⲉⲧⲉϩⲥ̅ⲡⲁⲥⲱⲙⲁ ⲛ̅ⲥⲟϭⲛ̅ ⲉⲡⲕⲟⲟⲥⲧ
9 साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।
ⲑ̅ϩⲁⲙⲏⲛ ⲇⲉ ϯϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲏⲧⲛ̅ ϫⲉ ⲡⲙⲁ ⲉⲧⲟⲩⲛⲁⲧⲁϣⲉⲟⲓ̈ϣ ⲙ̅ⲡⲉⲓ̈ⲉⲩⲁⲅⲅⲉⲗⲓⲟⲛ ⲛ̅ϩⲏⲧϥ̅ ϩⲙ̅ⲡⲕⲟⲥⲙⲟⲥ ⲧⲏⲣϥ̅ ⲥⲉⲛⲁϣⲁϫⲉ ⲉⲡⲉⲛⲧⲁⲧⲁⲓ̈ ⲁⲁϥ ⲉⲩⲣ̅ⲡⲙⲉⲉⲩⲉ ⲛⲁⲥ.
10 अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् ।
ⲓ̅ⲁⲩⲱ ⲓ̈ⲟⲩⲇⲁⲥ ⲡⲓⲥⲕⲁⲣⲓⲱⲧⲏⲥ ⲟⲩⲁ ϩⲙ̅ⲡⲙⲛⲧ̅ⲥⲛⲟⲟⲩⲥ ⲁϥⲃⲱⲕ ⲉⲣⲁⲧⲟⲩ ⲛ̅ⲛ̅ⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ϫⲉ ⲉϥⲉⲡⲁⲣⲁⲇⲓⲇⲟⲩ ⲙ̅ⲙⲟϥ ⲛⲁⲩ.
11 जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।
ⲓ̅ⲁ̅ⲛ̅ⲧⲟⲟⲩ ⲇⲉ ⲛ̅ⲧⲉⲣⲟⲩⲥⲱⲧⲙ̅ ⲁⲩⲣⲁϣⲉ ⲁⲩⲱ ⲁⲩⲉⲣⲏⲧ ⲛ̅ϩⲉⲛϩⲟⲙⲛ̅ⲧ ⲉⲧⲁⲁⲩ ⲛⲁϥ. ⲁⲩⲱ ⲁϥⲕⲱⲧⲉ ⲛ̅ⲥⲁⲟⲩⲉⲩⲕⲁⲓⲣⲓⲁ ⲉⲧⲃⲉⲑⲉ ⲛ̅ⲧⲁⲁϥ ⲉⲧⲟⲟⲧⲟⲩ.
12 अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तारको खाना खान सक्नुभएको होस्?”
ⲓ̅ⲃ̅ⲁⲩⲱ ϩⲙ̅ⲡϣⲟⲣⲡ ⲛ̅ϩⲟⲟⲩ ⲛ̅ⲁⲧⲑⲁⲃ. ⲛ̅ⲧⲉⲣⲟⲩϣⲁⲁⲧⲡ̅ⲡⲁⲥⲭⲁ ⲡⲉϫⲉⲛⲉϥⲙⲁⲑⲏⲧⲏⲥ ⲛⲁϥ ϫⲉ ⲉⲕⲟⲩⲉϣⲧⲉⲛⲃⲱⲕ ⲉⲧⲱⲛ ⲉⲥⲃ̅ⲧⲉⲡⲡⲁⲥⲭⲁ ⲛⲁⲕ ϫⲉ ⲉⲕⲉⲟⲩⲟⲙϥ
13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ ।
ⲓ̅ⲅ̅ⲁϥϫⲉⲩⲥⲛⲁⲩ ⲇⲉ ⲛ̅ⲛⲉϥⲙⲁⲑⲏⲧⲏⲥ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲁⲩ ϫⲉ ⲃⲱⲕ ⲉϩⲣⲁⲓ̈ ⲉⲧⲡⲟⲗⲓⲥ ⲁⲩⲱ ϥⲛⲁⲧⲱⲙⲛ̅ⲧ ⲉⲣⲱⲧⲛ̅ ⲛ̅ϭⲓⲟⲩⲣⲱⲙⲉ ⲉⲣⲉⲟⲩϣⲟϣⲟⲩ ⲙ̅ⲙⲟⲟⲩ ϩⲓϫⲱϥ ⲟⲩⲁϩⲧⲏⲩⲛ̅ ⲛ̅ⲥⲱϥ
14 जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?”
ⲓ̅ⲇ̅ⲁⲩⲱ ⲡⲙⲁ ⲉⲧϥ̅ⲛⲁⲃⲱⲕ ⲉϩⲟⲩⲛ ⲉⲣⲟϥ ⲁϫⲓⲥ ⲙ̅ⲡϫⲟⲉⲓⲥ ⲙ̅ⲡⲏⲉⲓ ϫⲉ ⲡⲥⲁϩ ⲡⲉ ⲉⲧϫⲱ ⲙ̅ⲙⲟⲥ ϫⲉ ⲉⲣⲉⲡⲁⲙⲁ ⲛ̅ϭⲟⲓ̈ⲗⲉ ⲧⲱⲛ ⲡⲙⲁ ⲉϯⲛⲁⲟⲩⲱⲙ ⲡ̅ⲡⲁⲥⲭⲁ ⲙⲛ̅ⲛⲁⲙⲁⲑⲏⲧⲏⲥ
15 उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।”
ⲓ̅ⲉ̅ⲁⲩⲱ ⲛ̅ⲧⲟϥ ϥⲛⲁⲧⲥⲁⲃⲱⲧⲛ̅ ⲉⲩⲛⲟϭ ⲙ̅ⲙⲁ ⲛ̅ⲧⲡⲉ ⲉϥⲡⲟⲣϣ̅ ⲉϥⲥⲃ̅ⲧⲱⲧ ⲉⲧⲉⲧⲛ̅ⲛⲁⲥⲟⲃⲧⲉ ⲛⲁⲛ ⲙ̅ⲙⲁⲩ.
16 चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।
ⲓ̅ⲋ̅ⲁⲩⲱ ⲁⲩⲙⲟⲟϣⲉ ⲛ̅ϭⲓⲛⲉϥⲙⲁⲑⲏⲧⲏⲥ ⲁⲩⲃⲱⲕ ⲉⲧⲡⲟⲗⲓⲥ ⲁⲩϩⲉ ⲉⲡⲙⲁ ⲕⲁⲧⲁⲑⲉ ⲉⲛⲧⲁϥϫⲟⲟⲥ ⲛⲁⲩ ⲁⲩⲱ ⲁⲩⲥⲟⲃⲧⲉ ⲙⲡ̅ⲡⲁⲥⲭⲁ.
17 जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो ।
ⲓ̅ⲍ̅ⲛ̅ⲧⲉⲣⲉⲣⲟⲩϩⲉ ⲇⲉ ϣⲱⲡⲉ ⲁϥⲉⲓ ⲙⲛ̅ⲡⲉϥⲙⲛⲧ̅ⲥⲛⲟⲟⲩⲥ
18 जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ ।”
ⲓ̅ⲏ̅ⲁⲩⲱ ⲉⲩⲛⲏϫ ⲉⲩⲟⲩⲱⲙ ⲡⲉϫⲉⲓ̅ⲥ̅ ⲛⲁⲩ ϫⲉ ϩⲁⲙⲏⲛ ϯϫⲱ ⲙⲙⲟⲥ ⲛⲏⲧⲛ̅ ϫⲉ ⲟⲩⲛ̅ⲟⲩⲁ ⲉⲃⲟⲗ ⲛ̅ϩⲏⲧⲧⲏⲩⲧⲛ̅ ⲛⲉⲧⲟⲩⲱⲙ ⲛⲙ̅ⲙⲁⲓ̈ ⲛⲁⲡⲁⲣⲁⲇⲓⲇⲟⲩ ⲙ̅ⲙⲟⲓ̈.
19 उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन?”
ⲓ̅ⲑ̅ⲁⲩⲱ ⲁⲩⲁⲣⲭⲓ ⲛ̅ⲙ̅ⲕⲁϩ ⲛ̅ϩⲏⲧ ⲁⲩⲱ ⲉϫⲟⲟⲥ ⲛⲁϥ ⲟⲩⲁ ⲟⲩⲁ ϫⲉ ⲙⲏ ⲁⲛⲟⲕ ⲡⲉ
20 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ ।
ⲕ̅ⲛ̅ⲧⲟϥ ⲇⲉ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲟⲩⲁ ⲡⲉ ⲙⲡ̅ⲙⲛⲧ̅ⲥⲛⲟⲟⲩⲥ ⲡⲉⲧⲛⲁⲥⲡ̅ⲧⲟⲟⲧϥ̅ ⲛⲙ̅ⲙⲁⲓ̈ ϩⲛ̅ⲧϫⲏⲏⲥ
21 मानिसका पुत्र धर्मशास्त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्कार! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ । त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो ।”
ⲕ̅ⲁ̅ϫⲉ ⲡϣⲏⲣⲉ ⲙⲉⲛ ⲙ̅ⲡⲣⲱⲙⲉ ⲛⲁⲃⲱⲕ ⲕⲁⲧⲁⲑⲉ ⲛ̅ⲧⲁⲩⲥϩⲁⲓ̈ ⲉⲧⲃⲏⲏⲧϥ. ⲟⲩⲟⲓ̈ ⲇⲉ ⲙ̅ⲡⲣⲱⲙⲉ ⲉⲧⲙ̅ⲙⲁⲩ ⲡⲉⲧⲟⲩⲛⲁⲡⲁⲣⲁⲇⲓⲇⲟⲩ ⲙ̅ⲡϣⲏⲣⲉ ⲙ̅ⲡⲣⲱⲙⲉ ⲉⲃⲟⲗ ϩⲓⲧⲟⲟⲧϥ̅. ⲛⲉⲛⲁⲛⲟⲩⲥ ⲙ̅ⲡⲣⲱⲙⲉ ⲉⲧⲙ̅ⲙⲁⲩ ⲉⲙⲡⲟⲩϫⲡⲟϥ.
22 तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष् दिनुभयो, र भाँच्नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।”
ⲕ̅ⲃ̅ⲁⲩⲱ ⲉⲩⲟⲩⲱⲙ ⲁϥϫⲓ ⲛ̅ⲟⲩⲟⲓ̈ⲕ ⲁϥⲥⲙⲟⲩ ⲉⲣⲟϥ ⲁϥⲡⲟϣϥ̅ ⲁⲩⲱ ⲁϥⲧⲁⲁϥ ⲛⲁⲩ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ϫⲉ ϫⲓⲧϥ̅ ⲡⲁⲓ̈ ⲡⲉ ⲡⲁⲥⲱⲙⲁ.
23 उहाँले कचौरा लिनुभयो; धन्यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए ।
ⲕ̅ⲅ̅ⲁⲩⲱ ⲛ̅ⲧⲉⲣⲉϥϫⲓ ⲛ̅ⲟⲩⲁⲡⲟⲧ ⲁϥϣⲡ̅ϩⲙⲟ̅ⲧ ⲉϫⲱϥ ⲁϥⲧⲁⲁϥ ⲛⲁⲩ ⲁⲩⲱ ⲁⲩⲥⲱ ⲧⲏⲣⲟⲩ ⲉⲃⲟⲗ ⲛ̅ϩⲏⲧϥ̅.
24 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।”
ⲕ̅ⲇ̅ⲁⲩⲱ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲡⲁⲓ̈ ⲡⲉ ⲡⲁⲥⲛⲟϥ ⲛ̅ⲧⲇⲓⲁⲑⲏⲕⲏ ⲉⲧⲟⲩⲛⲁⲡⲟⲛϥ ⲉⲃⲟⲗ ⲉϫⲛ̅ϩⲁϩ.
25 साँच्चै, म तिमीहरूलाई भन्दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ ।
ⲕ̅ⲉ̅ϩⲁⲙⲏⲛ ⲇⲉ ϯϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲏⲧⲛ̅ ϫⲉ ⲛ̅ⲛⲁⲥⲱ ϫⲓⲛ ⲙ̅ⲡⲉⲓ̈ⲛⲁⲩ ⲉⲃⲟⲗ ϩⲙ̅ⲡⲅⲉⲛⲏⲙⲁ ⲛ̅ⲧⲃⲱ ⲛⲉⲗⲟⲟⲗⲉ ϣⲁⲡⲉϩⲟⲟⲩ ⲉⲧⲙ̅ⲙⲁⲩ. ϩⲟⲧⲁⲛ ⲉⲓ̈ϣⲁⲛⲥⲟⲟϥ ⲉϥⲟ ⲃ̅ⲃⲣ̅ⲣⲉ ϩⲛ̅ⲧⲙⲛ̅ⲧⲉⲣⲟ ⲙ̅ⲡⲛⲟⲩⲧⲉ.
26 जब उहाँहरूले एउटा भजन गाउनुभयो, उहाँहरू जैतून डाँडामा जानुभयो ।
ⲕ̅ⲋ̅ⲁⲩⲱ ⲛ̅ⲧⲉⲣⲟⲩⲥⲙⲟⲩ ⲁⲩⲉ͡ⲓ ⲉⲃⲟⲗ ⲉⲡⲧⲟⲟⲩ ⲛⲛ̅ϫⲟⲉⲓⲧ
27 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्ट हुनेछन् ।’ [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्ने पदावली छैन ।]
ⲕ̅ⲍ̅ⲁⲩⲱ ⲡⲉϫⲉⲓ̅ⲥ̅ ⲛⲁⲩ ϫⲉ ⲛ̅ⲧⲱⲧⲛ̅ ⲧⲏⲣⲧⲛ̅ ⲧⲉⲧⲛ̅ⲛⲁⲥⲕⲁⲛⲇⲁⲗⲓⲍⲉ ϫⲉ ϥⲥⲏϩ ϫⲉ ϯⲛⲁⲡⲁⲧⲁⲥⲥⲉ ⲙ̅ⲡϣⲱⲥ. ⲁⲩⲱ ⲛⲉⲥⲟⲟⲩ ⲥⲉⲛⲁϫⲱⲱⲣⲉ ⲉⲃⲟⲗ.
28 तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
ⲕ̅ⲏ̅ⲙⲛ̅ⲛ̅ⲥⲁⲧⲣⲁⲧⲱⲟⲩⲛ ⲇⲉ ϯⲛⲁⲣ̅ϣⲟⲣⲡ̅ ⲉⲣⲱⲧⲛ̅ ⲉⲧⲅⲁⲗⲓⲗⲁⲓⲁ.
29 पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।”
ⲕ̅ⲑ̅ⲡⲉⲧⲣⲟⲥ ⲇⲉ ⲡⲉϫⲁϥ ⲛⲁϥ ϫⲉ ⲉϣϫⲉⲥⲉⲛⲁⲥⲕⲁⲛⲇⲁⲗⲓⲍⲉ ⲧⲏⲣⲟⲩ ⲁⲗⲗⲁ ⲁⲛⲟⲕ ⲙ̅ⲙⲟⲛ.
30 येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, कि यस रात भाले दुई पल्ट बास्नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”
ⲗ̅ⲡⲉϫⲉⲓ̅ⲥ̅ ⲛⲁⲩ ϫⲉ ϩⲁⲙⲏⲛ ϯϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲁⲕ ϫⲉ ⲛ̅ⲧⲟⲕ ⲙ̅ⲡⲟⲟⲩ ϩⲛ̅ⲧⲉⲓ̈ⲟⲩϣⲏ ⲉⲙⲡⲁⲧⲉⲟⲩⲁⲗⲉⲕⲧⲱⲣ ⲙⲟⲩⲧⲉ ⲛ̅ⲥⲉⲡⲥ̅ⲛⲁⲩ ⲕⲛⲁⲁⲡⲁⲣⲛⲁ ⲙ̅ⲙⲟⲓ̈ ⲛ̅ϣⲙⲛ̅ⲧⲥⲱⲱⲡʾ
31 तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।
ⲗ̅ⲁ̅ⲛ̅ⲧⲟϥ ⲇⲉ ⲁϥⲣ̅ϩⲁϩ ⲛ̅ϣⲁϫⲉ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ϫⲉ ⲉⲥⲉ͡ⲓ ⲉⲧⲣⲁⲙⲟⲩ ⲛⲙ̅ⲙⲁⲕ ⲛ̅ϯⲛⲁⲁⲣⲛⲁ ⲙ̅ⲙⲟⲕ ⲁⲛ. ϩⲟⲙⲟⲓⲱⲥ ⲇⲉ ⲛ̅ⲕⲉⲙⲁⲑⲏⲧⲏⲥ ⲧⲏⲣⲟⲩ ⲁⲩϫⲟⲟⲥ
32 उहाँहरू गेतसमनी भन्ने ठाउँमा आइपुग्नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस ।”
ⲗ̅ⲃ̅ⲁⲩⲱ ⲁⲩⲉ͡ⲓ ⲉϩⲣⲁⲓ̈ ⲉⲩϭⲱⲙ ⲉⲡⲉϥⲣⲁⲛ ⲡⲉ ⲅⲉⲑⲥⲏⲙⲁⲛⲉⲓ ⲁⲩⲱ ⲡⲉϫⲁϥ ⲛ̅ⲛⲉϥⲙⲁⲑⲏⲧⲏⲥ ϫⲉ ϩⲙⲟⲟⲥ ⲛⲏⲧⲛ̅ ⲙ̅ⲡⲉⲓ̈ⲙⲁ ϣⲁⲛϯϣⲗⲏⲗ
33 उहाँले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो ।
ⲗ̅ⲅ̅ⲁⲩⲱ ⲁϥϫⲓ ⲙ̅ⲡⲉⲧⲣⲟⲥ ⲙⲛ̅ⲓ̈ⲁⲕⲱⲃⲟⲥ ⲙⲛ̅ⲓ̈ⲱϩⲁⲛⲛⲏⲥ ⲛⲙ̅ⲙⲁϥ ⲁⲩⲱ ⲁϥⲁⲣⲭⲓ ⲛ̅ϣⲧⲟⲣⲧⲣ̅ ⲁⲩⲱ ⲉⲧⲱⲕⲙ̅ ⲛ̅ϩⲏⲧ.
34 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।”
ⲗ̅ⲇ̅ⲁⲩⲱ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲧⲁⲯⲩⲭⲏ ⲗⲩⲡⲓ ϣⲁϩⲣⲁⲓ̈ ⲉⲡⲙⲟⲩ ϭⲱ ⲛⲏⲧⲛ̅ ⲙ̅ⲡⲉⲓ̈ⲙⲁ ⲛ̅ⲧⲉⲧⲛ̅ⲣⲟⲉⲓⲥ.
35 येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस् ।
ⲗ̅ⲉ̅ⲁⲩⲱ ⲛ̅ⲧⲉⲣⲉϥⲃⲱⲕ ⲉⲑⲏ ⲛ̅ⲟⲩⲕⲟⲩⲉ͡ⲓ. ⲁϥⲡⲁϩⲧϥ̅ ⲉϫⲙ̅ⲡⲕⲁϩ ⲁϥϣⲗⲏⲗ. ϫⲉⲕⲁⲥ ⲉϣⲱⲡⲉ ⲟⲩⲛ̅ϭⲟⲙ ⲛ̅ⲧⲉⲧⲉⲓ̈ⲟⲩⲛⲟⲩ ⲥⲁⲁⲧϥ̅.
36 उहाँले भन्नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पुरा होस् ।”
ⲗ̅ⲋ̅ⲁⲩⲱ ⲛⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ϫⲉ ⲁⲃⲃⲁ ⲡⲓⲱⲧ ⲟⲩⲛ̅ϭⲟⲙ ⲙ̅ⲙⲟⲕ ⲉϩⲱⲃ ⲛⲓⲙ ⲙⲁⲣⲉⲡⲉⲓ̈ⲁⲡⲟⲧ ⲥⲁⲁⲧ ⲁⲗⲗⲁ ⲛ̅ⲑⲉ ⲁⲛ ⲁⲛⲟⲕ ⲉϯⲟⲩⲁϣⲥ̅.
37 उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी पनि मस्त निद्रामा छौ? के एक घण्टा पनि जागा रहन सकेनौ?
ⲗ̅ⲍ̅ⲁⲩⲱ ⲁϥⲉⲓ ⲁϥϩⲉ ⲉⲣⲟⲟⲩ ⲉⲩⲟⲃϣ. ⲁⲩⲱ ⲡⲉϫⲁϥ ⲙ̅ⲡⲉⲧⲣⲟⲥ ϫⲉ ⲥⲓⲙⲱⲛ ⲉⲕⲛ̅ⲕⲟⲧⲕ̅ ⲙ̅ⲡⲉⲕⲉϣⲣⲟⲉⲓⲥ ⲛ̅ⲟⲩⲟⲩⲛⲟⲩ ⲛ̅ⲟⲩⲱⲧ.
38 जागा रहो र परीक्षामा नपरौँ भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ ।”
ⲗ̅ⲏ̅ⲣⲟⲉⲓⲥ ⲛ̅ⲧⲉⲧⲛ̅ϣⲗⲏⲗ ϫⲉⲕⲁⲥ ⲉⲛⲛⲉⲧⲛ̅ⲃⲱⲕ ⲉϩⲟⲩⲛ ⲉⲡⲓⲣⲁⲥⲙⲟⲥ ⲡⲉⲡ̅ⲛ̅ⲁ̅ ⲙⲉⲛ ⲣⲟⲟⲩⲧ ⲧⲥⲁⲣⲝ ⲟⲩⲁⲥⲑⲉⲛⲏⲥ ⲧⲉ.
39 उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो ।
ⲗ̅ⲑ̅ⲁⲩⲱ ⲛ̅ⲧⲉⲣⲉϥⲃⲱⲕ ⲟⲛ ⲁϥϣⲗⲏⲗ ⲉϥⲧⲁⲩⲟ ⲙ̅ⲡⲓϣⲁϫⲉ ⲛ̅ⲟⲩⲱⲧʾ
40 फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्ने भनी तिनीहरूले जानेनन् ।
ⲙ̅ⲛ̅ⲧⲉⲣⲉϥⲉⲓ ⲟⲛ ϣⲁⲣⲟⲟⲩ ⲁϥϩⲉ ⲉⲣⲟⲟⲩ ⲉⲩⲟⲃϣ. ⲛⲉⲣⲉⲛⲉⲩⲃⲁⲗ ⲅⲁⲣ ϩⲟⲣϣ ⲁⲩⲱ ⲛⲉⲩⲥⲟⲟⲩⲛ ⲁⲛ ϫⲉ ⲉⲩⲛⲁϫⲟⲟⲥ ⲛⲁϥ ϫⲉ ⲟⲩ.
41 उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो! समय आएको छ । हेर! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै छ ।
ⲙ̅ⲁ̅ⲁϥⲉⲓ ⲟⲛ ⲙ̅ⲡⲙⲉϩϣⲙⲧ̅ⲥⲱⲱⲡ. ⲁⲩⲱ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲛ̅ⲕⲟⲧⲕ̅ ⲧⲉⲛⲟⲩ ⲛ̅ⲧⲉⲧⲛ̅ⲙ̅ⲧⲟⲛ ⲙ̅ⲙⲱⲧⲛ̅ ⲁⲡϩⲱⲃ ⲉ͡ⲓ ⲉⲃⲟⲗ ⲁⲧⲉⲩⲛⲟⲩ ⲉ͡ⲓ ⲉⲓⲥϩⲏⲏⲧⲉ ⲥⲉⲛⲁⲡⲁⲣⲁⲇⲓⲇⲟⲩ ⲙ̅ⲡϣⲏⲣⲉ ⲙ̅ⲡⲣⲱⲙⲉ ⲉϩⲣⲁⲓ̈ ⲉⲧⲟⲟⲧⲟⲩ ⲛ̅ⲣ̅ⲣⲉϥⲣ̅ⲛⲟⲃⲉ.
42 उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।”
ⲙ̅ⲃ̅ⲧⲟⲩⲛ̅ⲧⲏⲩⲧⲛ̅ ⲙⲁⲣⲟⲛ ⲉⲓⲥϩⲏⲏⲧⲉ ⲁϥϩⲱⲛ ⲉϩⲟⲩⲛ ⲛ̅ϭⲓⲡⲉⲧⲛⲁⲡⲁⲣⲁⲇⲓⲇⲟⲩ ⲙ̅ⲙⲟⲓ̈.
43 उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो ।
ⲙ̅ⲅ̅ⲁⲩⲱ ⲛ̅ⲧⲉⲩⲛⲟⲩ ⲉⲧⲓ ⲉϥϣⲁϫⲉ. ⲁϥⲉ͡ⲓ ⲛ̅ϭⲓⲓ̈ⲟⲩⲇⲁⲥ ⲟⲩⲁ ϩⲙ̅ⲡⲙⲛⲧⲥ̅ⲛⲟⲟⲩⲥ ⲉⲣⲉⲟⲩⲙⲏⲏϣⲉ ⲛⲙ̅ⲙⲁϥ ⲛⲙ̅ϩⲉⲛⲥⲏϥⲉ ⲁⲩⲱ ϩⲉⲛϭⲉⲣⲱⲃ ⲛ̅ⲧⲟⲟⲧⲟⲩ ⲛ̅ⲛⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲛⲙ̅ⲛⲉⲅⲣⲁⲙⲙⲁⲧⲉⲩⲥ ⲙⲛ̅ⲛⲉⲡⲣⲉⲥⲃⲩⲧⲉⲣⲟⲥ.
44 अब, उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”
ⲙ̅ⲇ̅ⲡⲉⲛⲧⲁϥⲡⲁⲣⲁⲇⲓⲇⲟⲩ ⲇⲉ ⲙ̅ⲙⲟϥ ⲁϥϯ ⲛⲁⲩ ⲛ̅ⲟⲩⲙⲁⲓ̈ⲛ ϫⲉ ⲡⲉϯⲛⲁϯⲡⲓ ⲉⲣⲱϥ ⲛ̅ⲧⲟϥ ⲡⲉ ⲁⲙⲁϩⲧⲉ ⲙ̅ⲙⲟϥ ⲛ̅ⲧⲉⲧⲛ̅ϫⲓⲧϥ̅ ϩⲛ̅ⲟⲩⲱⲣϫ̅
45 जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी!” र त्यसले उहाँलाई चुम्बन गर्यो ।
ⲙ̅ⲉ̅ⲁⲩⲱ ⲛ̅ⲧⲉⲣⲉϥⲉ͡ⲓ ⲛ̅ⲧⲉⲩⲛⲟⲩ ⲁϥϯⲡⲉϥⲟⲩⲟⲓ̈ ⲉϩⲟⲩⲛ ⲉⲣⲟϥ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ϫⲉ ⲭⲁⲓⲣⲉ ϩⲣⲁⲃⲃⲉⲓ ⲁⲩⲱ ⲁϥϯⲡⲓ ⲉⲣⲱϥ.
46 त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे ।
ⲙ̅ⲋ̅ⲛ̅ⲧⲟⲟⲩ ⲇⲉ ⲁⲩⲛ̅ⲧⲟⲟⲧⲟⲩ ⲉϫⲱϥ ⲁⲩⲁⲙⲁϩⲧⲉ ⲙ̅ⲙⲟϥ
47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र मुख्य पुजारीका नोकरको कान काटिदिए ।
ⲙ̅ⲍ̅ⲟⲩⲁ ⲇⲉ ⲛ̅ⲛⲉⲧⲁϩⲉⲣⲁⲧⲟⲩ ⲁϥⲧⲉⲕⲙ̅ⲧⲉϥⲥⲏϥⲉ ⲁϥⲣⲉϩⲧ̅ⲡϩⲙ̅ϩⲁⲗ ⲙ̅ⲡⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲁϥⲥⲗⲡⲡⲉϥⲙⲁⲁϫⲉ
48 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ?
ⲙ̅ⲏ̅ⲁϥⲟⲩⲱϣⲃ̅ ⲇⲉ ⲛ̅ϭⲓⲓ̅ⲥ̅ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲁⲩ ϫⲉ ⲛ̅ⲧⲁⲧⲉⲧⲛ̅ⲉ͡ⲓ ⲉⲃⲟⲗ ⲉϭⲟⲡⲧ̅ ⲛ̅ⲑⲉ ⲛ̅ⲟⲩⲥⲟⲟⲛⲉ. ⲙⲛ̅ϩⲉⲛⲥⲏϥⲉ ⲁⲩⲱ ϩⲉⲛϭⲉⲣⲟⲟⲃ
49 जब म तिमीहरूसँग दैनिक हुन्थेँ र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्त्र पुरा होस् भनेर यस्तो भयो ।”
ⲙ̅ⲑ̅ⲛⲉⲓ̈ϩⲁϩⲧⲉⲧⲏⲩⲧⲛ̅ ⲙ̅ⲙⲏⲛⲉ ϩⲙ̅ⲡⲉⲣⲡⲉ ⲉⲓ̈ϯⲥⲃⲱ ⲁⲩⲱ ⲙ̅ⲡⲉⲧⲛ̅ⲁⲙⲁϩⲧⲉ ⲙ̅ⲙⲟⲓ̈ ⲁⲗⲗⲁ ϫⲉⲕⲁⲥ ⲉⲩⲉϫⲱⲕ ⲉⲃⲟⲗ ⲛ̅ϭⲓⲛⲉⲅⲣⲁⲫⲏ
50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।
ⲛ̅ⲁⲩⲱ ⲛ̅ⲧⲉⲣⲟⲩⲕⲁⲁϥ ⲧⲏⲣⲟⲩ ⲁⲩⲡⲱⲧ
51 एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्यसलाई पक्रे, तर
ⲛ̅ⲁ̅ⲟⲩϩⲣ̅ϣⲓⲣⲉ ⲇⲉ ⲛⲉϥⲟⲩⲏϩ ⲛ̅ⲥⲱϥ ⲉϥϭⲟⲟⲗⲉ ⲛ̅ⲟⲩⲥⲓⲛⲇⲱⲛ. ⲁⲩⲁⲙⲁϩⲧⲉ ⲙ̅ⲙⲟϥ
52 उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे ।
ⲛ̅ⲃ̅ⲛ̅ⲧⲟϥ ⲇⲉ ⲁϥⲕⲁⲧⲥⲓⲛⲇⲱⲛ ⲉⲃⲟⲗ ⲛ̅ⲥⲱⲟⲩ ⲁϥⲡⲱⲧ ⲉϥⲕⲏⲕⲁϩⲏⲩ.
53 तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू भेला भएका थिए ।
ⲛ̅ⲅ̅ⲁⲩⲱ ⲁⲩϫⲓ ⲛ̅ⲓ̅ⲥ̅ ⲉⲣⲁⲧϥ̅ ⲙ̅ⲡⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲁⲩⲱ ⲁⲩⲥⲱⲟⲩϩ ⲉⲣⲁⲧϥ̅ ⲛ̅ϭⲓⲛⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲧⲏⲣⲟⲩ ⲙⲛ̅ⲛⲉⲡⲣⲉⲥⲃⲩⲧⲉⲣⲟⲥ ⲙⲛ̅ⲛⲉⲅⲣⲁⲙⲙⲁⲧⲉⲩⲥ.
54 अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पुजारीको घरको आँगनसम्म पछ्याए । तिनी पहरेदारहरूसँगै बसे, जसले न्यानो हुन आगो ताप्दै थिए ।
ⲛ̅ⲇ̅ⲁⲩⲱ ⲡⲉⲧⲣⲟⲥ ⲛⲉϥⲟⲩⲏϩ ⲛ̅ⲥⲱϥ ⲙ̅ⲡⲟⲩⲉ. ϣⲁϩⲟⲩⲛ ⲉⲧⲁⲩⲗⲏ ⲙ̅ⲡⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ. ⲁⲩⲱ ⲛⲉϥϩⲙⲟⲟⲥ ⲉϩⲣⲁⲓ̈ ⲙⲛ̅ⲛ̅ϩⲩⲡⲏⲣⲉⲧⲏⲥ ⲉϥⲑⲙⲟ ⲙ̅ⲙⲟϥ ϩⲁϩⲧⲉⲡⲕⲱϩⲧ
55 अब, मुख्य पुजारीहरू र सबै यहूदी परिषद्ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् ।
ⲛ̅ⲉ̅ⲛⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲇⲉ ⲙⲛ̅ⲡⲥⲩⲛϩⲉⲇⲣⲓⲟⲛ ⲧⲏⲣϥ̅ ⲛⲉⲩⲕⲱⲧⲉ ⲛ̅ⲥⲁⲟⲩⲙⲛ̅ⲧⲙⲛ̅ⲧⲣⲉ ⲉϩⲟⲩⲛ ⲉⲓ̅ⲥ̅ ⲉⲧⲣⲉⲩⲙⲟⲟⲩⲧϥ̅. ⲁⲩⲱ ⲙ̅ⲡⲟⲩϩⲉ ⲉⲟⲩⲟⲛ.
56 किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन ।
ⲛ̅ⲋ̅ⲁⲩⲙⲏⲏϣⲉ ⲅⲁⲣ ⲣ̅ⲙⲛ̅ⲧⲣⲉ ⲉⲣⲟϥ ⲛ̅ⲛⲟⲩϫ ⲁⲩⲱ ⲛⲉⲩⲙⲛ̅ⲧⲙⲛ̅ⲧⲣⲉ ⲛⲉⲩϣⲏϣ ⲁⲛ ⲛⲙ̅ⲛⲉⲩⲉⲣⲏⲩ.
57 कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने,
ⲛ̅ⲍ̅ϩⲟⲓ̈ⲛⲉ ⲇⲉ ⲁⲩⲧⲱⲟⲩⲛ ⲁⲩⲣ̅ⲙⲛ̅ⲧⲣⲉ ⲉⲣⲟϥ ⲛ̅ⲛⲟⲩϫ ⲉⲩϫⲱ ⲙ̅ⲙⲟⲥ
58 “यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु ।’”
ⲛ̅ⲏ̅ϫⲉ ⲁⲛⲟⲛ ⲁⲛⲥⲱⲧⲙ̅ ⲉⲣⲟϥ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ϫⲉ ⲁⲛⲟⲕ ϯⲛⲁⲃⲱⲗ ⲉⲃⲟⲗ ⲙ̅ⲡⲉⲓ̈ⲣ̅ⲡⲉ ⲙ̅ⲙⲟⲩⲛⲅ̅ ⲛ̅ϭⲓϫ ⲁⲩⲱ ϯⲛⲁⲕⲉⲧⲕⲉⲟⲩⲁ ⲛ̅ⲁⲧⲙⲟⲩⲛⲅ̅ ⲛ̅ϭⲓϫ ϩⲛ̅ϣⲟⲙⲛ̅ⲧ ⲛ̅ϩⲟⲟⲩ
59 तापनि तिनीहरूको गवाही एकै मतको भएन ।
ⲛ̅ⲑ̅ⲁⲩⲱ ϩⲓⲛⲁⲓ̈ ⲟⲛ ⲧⲉⲩⲙⲛ̅ⲧⲙⲛ̅ⲧⲣⲉ ⲛⲉⲥⲥⲙⲟⲛⲧ̅ ⲁⲛ.
60 प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि?”
ⲝ̅ⲁϥⲧⲱⲟⲩⲛ ⲇⲉ ⲛ̅ϭⲓⲡⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ϩⲛ̅ⲧⲉⲩⲙⲏⲧⲉ ⲁϥϫⲛⲉⲓ̅ⲥ̅ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲁϥ ϫⲉ ⲛⲅ̅ⲛⲁϣⲁϫⲉ ⲁⲛ ⲗⲁⲁⲩ ⲁϩⲣⲟⲟⲩ ⲛⲁⲓ̈ ⲥⲉⲣ̅ⲙⲛ̅ⲧⲣⲉ ⲉⲣⲟⲕ.
61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्ट हौ?”
ⲝ̅ⲁ̅ⲛ̅ⲧⲟϥ ⲇⲉ ⲁϥⲕⲁⲣⲱϥ ⲁⲩⲱ ⲙ̅ⲡϥ̅ϣⲁϫⲉ ⲗⲁⲁⲩ. ⲡⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲇⲉ ⲟⲛ ⲁϥϫⲛⲟⲩϥ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲁϥ ϫⲉ ⲛ̅ⲧⲟⲕ ⲡⲉ ⲡⲉⲭ̅ⲥ̅ ⲡϣⲏⲣⲉ ⲙ̅ⲡⲉⲧⲥⲙⲁⲙⲁⲁⲧ
62 येशूले भन्नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्नेछौ ।”
ⲝ̅ⲃ̅ⲓ̅ⲥ̅ ⲇⲉ ⲡⲉϫⲁϥ ϫⲉ ⲁⲛⲟⲕ ⲡⲉ ⲁⲩⲱ ⲧⲉⲧⲛ̅ⲛⲁⲛⲁⲩ ⲉⲡϣⲏⲣⲉ ⲙ̅ⲡⲣⲱⲙⲉ ⲉϥϩⲙⲟⲟⲥ ⲛ̅ⲥⲁⲟⲩⲛⲁⲙ ⲛ̅ⲧϭⲟⲙ ⲁⲩⲱ ⲉϥⲛⲏⲩ ϩⲓϫⲛ̅ⲛⲉⲕⲗⲟⲟⲗⲉ ⲛ̅ⲧⲡⲉ.
63 प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र?
ⲝ̅ⲅ̅ⲛⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲇⲉ ⲁⲩⲡⲉϩⲛⲉⲩϩⲟⲓ̈ⲧⲉ ⲉⲩϫⲱ ⲙ̅ⲙⲟⲥ ϫⲉ ⲁϣ ⲛⲉ ⲛ̅ⲕⲉⲙⲛ̅ⲧⲣⲉ ⲉⲧⲛ̅ⲁϩⲉ ⲛⲁⲩ.
64 तपाईंहरूले ईश्वर-निन्दा सुन्नुभएकै छ । तपाईंहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए ।
ⲝ̅ⲇ̅ⲁⲧⲉⲧⲛ̅ⲥⲱⲧⲙ̅ ⲉⲡⲟⲩⲁ ⲛ̅ⲧⲁϥϫⲟⲟϥ. ⲉⲥⲇⲟⲕⲓ ⲛⲏⲧⲛ̅ ⲉⲟⲩ. ⲛ̅ⲧⲟⲟⲩ ⲇⲉ ⲧⲏⲣⲟⲩ ⲁⲩⲧϭⲁⲓ̈ⲟϥ ϫⲉ ϥⲙ̅ⲡϣⲁ ⲙ̅ⲡⲙⲟⲩ.
65 केहीले उहाँलाई थुक्न र उहाँको अनुहार छोप्न र हिर्काउन थाले र भने, “भविष्यवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।
ⲝ̅ⲉ̅ⲁⲩⲱ ⲁⲩⲁⲣⲭⲓ ⲛ̅ϭⲓϩⲟⲓ̈ⲛⲉ ⲉⲛⲉϫⲧⲁϥ ⲉϩⲟⲩⲛ ⲉϩⲣⲁϥ ⲁⲩⲱ ⲉϩⲃ̅ⲥⲡⲉϥϩⲟ ⲁⲩⲱ ⲉⲩϯⲕⲗⲯ ⲉϫⲱϥ ⲉⲩϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲁϥ ϫⲉ ⲡⲣⲟⲫⲏⲧⲉⲩⲉ ⲛⲁⲛ. ⲁⲩⲱ ⲛ̅ϩⲩⲡⲏⲣⲉⲧⲏⲥ ⲁⲩϯⲁⲁⲥ ⲉϩⲟⲩⲛ ϩⲙ̅ⲡⲉϥϩⲟ.
66 पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई ।
ⲝ̅ⲋ̅ⲡⲉⲧⲣⲟⲥ ⲇⲉ ⲉϥϩⲣⲁⲓ̈ ϩⲛ̅ⲧⲁⲩⲗⲏ. ⲁⲥⲉ͡ⲓ ⲛ̅ϭⲓⲟⲩⲉ͡ⲓ ⲛ̅ⲛ̅ϩⲙ̅ϩⲁⲗ ⲙ̅ⲡⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ
67 त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी । त्यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ?”
ⲝ̅ⲍ̅ⲁⲩⲱ ⲛ̅ⲧⲉⲣⲉⲥⲛⲁⲩ ⲉⲡⲉⲧⲣⲟⲥ ⲉϥⲑⲙⲟ ⲙ̅ⲙⲟϥ ⲁⲥϭⲱϣⲧ̅ ⲉϩⲟⲩⲛ ⲉϩⲣⲁϥ ⲉⲥϫⲱ ⲙ̅ⲙⲟⲥ ⲛⲁϥ ϫⲉ ⲛ̅ⲧⲟⲕ ϩⲱⲱⲕ ⲛⲉⲕϣⲟⲟⲡ ⲛⲙ̅ⲓ̅ⲥ̅ ⲡⲛⲁⲍⲁⲣⲏⲛⲟⲥ.
68 तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्दछु । त्यसपछि उनी आँगनमा गए । [टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन् ।]
ⲝ̅ⲏ̅ⲛ̅ⲧⲟϥ ⲇⲉ ⲁϥⲁⲣⲛⲁ ⲉϥϫⲱ ⲙ̅ⲙⲟⲥ ϫⲉ ⲟⲩⲧⲉ ⲛ̅ϯⲥⲟⲟⲩⲛ ⲁⲛ ⲙ̅ⲙⲟϥ ⲟⲩⲇⲉ ⲛ̅ϯϭⲛ̅ ⲉⲣⲉϫⲱ ⲙ̅ⲙⲟⲥ ⲁⲛ ϫⲉ ⲟⲩ ⲁⲩⲱ ⲁϥⲉ͡ⲓ ⲉⲃⲟⲗ ⲉⲑⲁⲉⲓⲧʾ
69 तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्न थाली, “यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो ।”
ⲝ̅ⲑ̅ⲧϩⲙ̅ϩⲁⲗ ⲇⲉ ⲛ̅ⲧⲉⲣⲉⲥⲛⲁⲩ ⲉⲣⲟϥ ⲡⲉϫⲁⲥ ⲛ̅ⲛⲉⲧⲁϩⲉⲣⲁⲧⲟⲩ ϫⲉ ⲡⲁⲓ̈ ⲟⲩⲉⲃⲟⲗ ⲙ̅ⲙⲟⲟⲩ ⲡⲉ.
70 तर उनले फेरि पनि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्चय नै, तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।”
ⲟ̅ⲛ̅ⲧⲟϥ ⲇⲉ ⲟⲛ ⲁϥⲁⲣⲛⲁ ⲙ̅ⲙⲛ̅ⲛ̅ⲥⲁⲕⲉⲕⲟⲩⲓ̈ ⲇⲉ ⲛⲉⲧⲁϩⲉⲣⲁⲧⲟⲩ ⲡⲉϫⲁⲩ ⲙ̅ⲡⲉⲧⲣⲟⲥ ϫⲉ ⲁⲗⲏⲑⲱⲥ ⲛ̅ⲧⲕ̅ⲟⲩⲉⲃⲟⲗ ⲙ̅ⲙⲟⲟⲩ ⲕⲁⲓⲅⲁⲣ ⲛ̅ⲧⲕ̅ⲟⲩⲅⲁⲗⲓⲗⲁⲓⲟⲥ.
71 तर उनले आफैँलाई सराप्न र किरिया हालेर भन्न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।”
ⲟ̅ⲁ̅ⲛ̅ⲧⲟϥ ⲇⲉ ⲁϥⲁⲣⲭⲓ ⲛ̅ⲕⲁⲉⲩⲱ ⲉϩⲣⲁⲓ̈ ⲁⲩⲱ ⲉⲱⲣⲕ ϫⲉ ⲛ̅ϯⲥⲟⲟⲩⲛ ⲁⲛ ⲙ̅ⲡⲉⲓ̈ⲣⲱⲙⲉ ⲉⲧⲉⲧⲛ̅ⲧⲁⲩⲟ ⲙ̅ⲙⲟϥ.
72 तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले उनलाई भन्नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्नुअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।” र उनी धुरुधुरु रोए ।
ⲟ̅ⲃ̅ⲁⲩⲱ ⲁⲡⲁⲗⲉⲕⲧⲱⲣ ⲙⲟⲩⲧⲉ ⲙ̅ⲡⲙⲉϩⲥⲉⲡⲥⲛⲁⲩ. ⲁϥⲣ̅ⲡⲙⲉⲉⲩⲉ ⲇⲉ ⲛ̅ϭⲓⲡⲉⲧⲣⲟⲥ ⲙ̅ⲡϣⲁϫⲉ ⲛ̅ⲑⲉ ⲛ̅ⲧⲁⲓ̅ⲥ̅ ϫⲟⲟⲥ ⲛⲁϥ ϫⲉ ⲙ̅ⲡⲁⲧⲉⲟⲩⲁⲗⲉⲕⲧⲱⲣ ⲙⲟⲩⲧⲉ ⲛ̅ⲥⲉⲡⲥⲛⲁⲩ ⲕⲛⲁⲁⲡⲁⲣⲛⲁ ⲙ̅ⲙⲟⲓ̈ ⲛ̅ϣⲙⲛ̅ⲧⲥⲱⲱⲡ ⲁⲩⲱ ⲁϥϩⲓⲧⲟⲟⲧϥ̅ ⲁϥⲣⲓⲙⲉ.