< मर्कूस 11 >

1 जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।
Коли наблизились до Єрусалима, до Вітфагії та Віфанії, до Оливної гори, Він надіслав двох Своїх учнів
2 र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
та сказав їм: «Ідіть у село, яке перед вами, і відразу, як зайдете, знайдете прив’язане осля, на яке ще ніхто з людей не сідав; відв’яжіть його й приведіть.
3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”
І якщо хтось спитає вас: „Чому це робите?“, скажіть: „Господь потребує його й відразу відішле назад“».
4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए ।
Вони пішли й знайшли осля, прив’язане на вулиці біля воріт, і розв’язали його.
5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?”
Дехто з тих, що стояли там, сказали їм: «Що ви робите? Чому відв’язуєте осля?»
6 तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए ।
Вони відповіли, як звелів їм Ісус; тоді відпустили їх.
7 दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्‍नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे ।
І привели осля до Ісуса, поклали на нього свій одяг, і Він сів на нього.
8 धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए ।
Багато хто стелив свій одяг по дорозі, інші ж стелили по дорозі гілки, які відрізали на полях.
9 उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्‍ना! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् ।
Ті, що йшли попереду та позаду Нього, викрикували: «Осанна!» «Благословенний Той, Хто йде в ім’я Господа!»
10 हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस्! सर्वोच्‍चमा होसन्‍ना!”
«Благословенне Царство батька нашого Давида, яке надходить!» «Осанна на небесах!»
11 त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।
Коли Він увійшов у Єрусалим, то пішов до Храму й оглянув усе. Та оскільки була вже пізня година, вийшов разом із дванадцятьма та пішли до Віфанії.
12 अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।
Наступного дня, коли виходили з Віфанії, [Ісус] зголоднів.
13 उहाँले पातसहितको अञ्‍जीरको बोट टाढैबाट देख्‍नुभयो । यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनभने यो अञ्‍जीर फल्ने समय थिएन ।
І, побачивши здалека смоковницю, яка була вкрита листям, Він підійшов подивитися, чи немає на ній плодів. Але не знайшов нічого, окрім листя, бо не був ще час для смокви.
14 उहाँले त्यसलाई भन्‍नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने । (aiōn g165)
Тоді промовив до неї: «Нехай же повік ніхто не буде їсти твоїх плодів!» Його учні почули це. (aiōn g165)
15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो ।
Коли прийшли в Єрусалим, [Ісус] увійшов у Храм та вигнав усіх тих, хто продавав і купував у Храмі, перевернув столи тих, хто міняв гроші, та місця тих, хто продавав голубів.
16 उहाँले कसैलाई पनि मन्दिर भएर बेच्‍न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन ।
Він не дозволяв нікому переносити через Храм будь-які речі.
17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्‍नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।”
Навчав і казав їм: «Хіба не написано: „Дім Мій буде називатися Домом Молитви для всіх народів“? А ви зробили з нього „притулок розбійників!“»
18 उहाँले भन्‍नुभएको कुरा मुख्य पुजारीहरू र शास्‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्‍क परेका हुनाले तिनीहरू डराए ।
Первосвященники та книжники почули про це й шукали нагоди вбити Ісуса, але боялися Його, бо весь народ був здивований Його вченням.
19 जब साँझ पर्‍यो, उहाँहरू सहर छोडेर जानुभयो ।
Коли наставав вечір, вони виходили з міста.
20 जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्‍जीरको रुख जरैदेखि सुकेको देखे ।
Вранці, проходячи повз смоковницю, вони побачили, що вона всохла від самого коріння.
21 पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त! तपाईंले सराप दिनुभएको अञ्‍जीरको रुख त सुकेछ ।”
Згадавши, [що сталося напередодні], Петро сказав Йому: ―Равві, ось смоковниця, яку Ти прокляв, всохла!
22 “परमेश्‍वरमा विश्‍वास गर” भनेर येशूले उत्तर दिनुभयो ।
У відповідь Ісус сказав: ―Майте віру в Бога!
23 साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्‍छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्‍वास गर्छ, परमेश्‍वरले त्यही नै गर्नुहुनेछ ।
Істинно кажу вам: якщо хтось скаже цій горі: «Піднесися та кинься в море!» – і не буде сумніватися у своєму серці, а буде вірити, що станеться, як сказав, то так і буде.
24 त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्‍वास गर ।
Тому кажу вам: усе, про що молитесь і просите, вірте, що [ви вже] отримали, – і буде [дано] вам.
25 जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका अपराधहरू क्षमा गरिदिऊन् ।”
І коли стоїте в молитві, то прощайте, коли маєте щось проти когось, щоб і Отець ваш Небесний простив вам провини ваші.
26 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६] तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन ।
Але якщо не прощаєте, і Отець ваш Небесний не простить вам провин ваших.
27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
Вони знову прийшли до Єрусалима. Коли Він ходив у Храмі, до Нього підійшли первосвященники, книжники та старійшини
28 तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?”
й запитали Його: ―Якою владою Ти це робиш? Або хто дав Тобі таку владу робити це?
29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।
Ісус сказав їм: ―Запитаю і Я вас про одне. Скажіть Мені, і Я скажу вам, якою владою це роблю.
30 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो? मलाई जवाफ देओ ।”
Іванове хрещення було з Неба чи від людей? Дайте Мені відповідь.
31 तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?’
Вони ж стали міркувати між собою, кажучи: ―Якщо скажемо: «З неба», Він запитає: «Чому ж ви не повірили йому?»
32 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्‍ना अगमवक्‍ता हुन् भनी मान्थे ।
Якщо ж ми скажемо: «Від людей», – боїмося людей, бо всі вважали Івана пророком.
33 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”
Вони відповіли Ісусові: ―Не знаємо. Ісус сказав: ―Тоді і Я не скажу, якою владою це роблю.

< मर्कूस 11 >