< मर्कूस 11 >
1 जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα καὶ εἰς Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2 र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू हाम्रो सामुन्नेको गाउँमा जाओ । तिमीहरू पस्ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων οὔπω κεκάθικεν· λύσατε αὐτὸν καὶ φέρετε.
3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”
καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπατε· ὁ κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए ।
καὶ ἀπῆλθον καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?”
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;
6 तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए ।
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
7 दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे ।
καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν.
8 धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए ।
καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας, κόψαντες ἐκ τῶν ἀγρῶν.
9 उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्ना! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् ।
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
10 हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस्! सर्वोच्चमा होसन्ना!”
εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυείδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।
Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψὲ ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12 अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।
Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
13 उहाँले पातसहितको अञ्जीरको बोट टाढैबाट देख्नुभयो । यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनभने यो अञ्जीर फल्ने समय थिएन ।
καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων.
14 उहाँले त्यसलाई भन्नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने । (aiōn )
καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. (aiōn )
15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्ने र बेच्नेहरूलाई बाहिर खेद्न थाल्नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्नेहरूको बस्ने मेचलाई पल्टाइदिनुभयो ।
Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν,
16 उहाँले कसैलाई पनि मन्दिर भएर बेच्न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन ।
καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।”
καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
18 उहाँले भन्नुभएको कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्क परेका हुनाले तिनीहरू डराए ।
καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19 जब साँझ पर्यो, उहाँहरू सहर छोडेर जानुभयो ।
Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
20 जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्जीरको रुख जरैदेखि सुकेको देखे ।
Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21 पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त! तपाईंले सराप दिनुभएको अञ्जीरको रुख त सुकेछ ।”
καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, ῥαββεί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22 “परमेश्वरमा विश्वास गर” भनेर येशूले उत्तर दिनुभयो ।
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς, ἔχετε πίστιν θεοῦ,
23 साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ ।
ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.
24 त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्वास गर ।
διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν.
25 जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका अपराधहरू क्षमा गरिदिऊन् ।”
καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६] तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन ।
27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28 तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?”
καὶ ἔλεγον αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς;
29 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
30 यूहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो? मलाई जवाफ देओ ।”
τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31 तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्वास गर्दैनौ?’
καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्ना अगमवक्ता हुन् भनी मान्थे ।
ἀλλὰ εἴπωμεν· ἐξ ἀνθρώπων; ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.
33 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.